×

NIC ASIA

संसद्‍मा ओलीको सम्बोधन

नक्कली शरणार्थी प्रकरणमा ओली- यो दबाउन सकिने केसै हैन, मैले भुइँचालो ल्याएँ भन्नु बेकार छ

जेठ ७, २०८०

Prabhu Bank
NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारका पालामा पहिचान गरिएका ४२९ जना वास्तविक शरणार्थी रहेको दाबी गरेका छन् ।

Muktinath Bank

प्रतिनिधिसभाको आइतवारको बैठकमा सम्बोधन गर्दै ओलीले आफू सरकारबाट हटेपछि ९७५ जना नक्कली शरणार्थीको नाम समावेश गरिएको दाबी गरे । '४२९ जना खास शरणार्थी नै थिए । त्यसपछि कागज फेरियो । माथिको कभर उही राखियो, तल व्यक्तिको सूची चाहिँ फेरियो,' ओलीले भने, 'पहिले नै उजुरी परेको रहेछ । त्यतिबेलै केही मान्छे गिरफ्तार भएका रहेछन् । गिरफ्तार गरिएका मान्छेलाई छाडिएछ । केस मिलाउने प्रयास भएछ । कसको सरकार थियो त्यसबेला ? किन छाडियो ? कसको दबाबमा छोडियो ?'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले यो प्रकरणको शुरूआतका बेला आफूविरुद्ध मुद्दैमुद्दा रहेको भन्दै कागजसमेत हेर्न नभ्याएको दाबी गरे ।


Advertisment
Nabil box
Kumari

'मलाई पिंग खेलाकोखेलाई हुनुहुन्थ्यो । मुद्दै मुद्दा, विरोधैविरोध, भित्तामा टाँसिदिन्छु भन्या छ, धूलोमा मिलाइदिन्छु भन्या छ, न मिलाइदिने पो हो कि भन्ने अवस्था थियो,' ओलीले तत्कालीन नेकपाको प्रचण्ड-माधव नेपाल समूहको विरोधतर्फ ‌इंगित गर्दै भने ।

Vianet communication

अहिले भुइँचालोजसरी शरणार्थी प्रकरण आएको भन्दै उनले यो दबाउनै नसकिने केस भएको बताए । 'यो पचाउन सक्ने, दबाउन सक्ने केसै हैन । भुइँचालो मैले ल्याएँ भन्नु बेकार छ । आफैं आएको हो भुइँचालो । यो कुरा भोलि अझ भयावहरूपमा निस्किन्छ । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न,' ओलीले थपे ।

उनले निर्दोषलाई फसाउने प्रयास भइरहेको जिकिरसमेत गरे ।

'कोही दोषी छुट्नु हुँदैन,' ओलीले भने, 'दोषी उम्काउने, निर्दोष फसाउने प्रयास भइरहेको छ ।'

उनले आफ्ना सम्बन्धमा लागेको आरोपहरूको पनि खण्डन गरे । आफूलाई बाघसँग तुलना गर्दै ओलीले थपे, 'बाघ भोकै मर्छ, घाँस खाँदैन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x