×

NMB BANK
NIC ASIA

बजेट गरीबमारा छ, हाम्रो गम्भीर असहमति छ : गोकर्ण विष्ट

काठमाडाैं | जेठ २९, २०८०

NTC
फाइल फोटो
Premier Steels

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव एवं सांसद गोकर्ण विष्टले सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा गम्भीर असहमति रहेको बताएका छन् ।

Muktinath Bank

प्रधानमन्त्री र अर्थमन्त्री सहितका शक्तिशाली मन्त्रीहरूका लागि मात्रै बजेट विनियोजन गरिएकाले त्यसप्रति आफ्नो पार्टीको आपत्ति रहेको उनको तर्क थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार प्रतिनिधि सभाको दोस्रो बैठकमा ‘विनियोजन विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सचिव विष्टले विनियोजन विधेयक अत्यन्तै अन्यायपूर्ण, विभेदकारी रहेकाले आफूहरूले छलफल गर्न समेत नचाहेको बताए । उनले विनियोजित बजेट गरीब जनताको हित विपरीत आएको जिकीर गरे । सचिव विष्टले भने, ‘यो गरीबमारा छ । यसले गरीब जनताको हित गर्न सक्दैन । दोस्रो यो बजेटले मानव सूचकांकमा पछि परेका क्षेत्र र जनताहरूको जीवनलाई माथि उठाउने गरी विनियोजन गर्नु पर्दथ्यो । खासगरी उपचार नपाएर अकालमा जीवन गुमाउने जनताहरू, अस्पतालको अनुहार देख्न नपाउने जनताहरूको संरक्षणका लागि स्वास्थ्यमा, जनताको उपचारमा विनियोजन थप्नु पर्दथ्यो । पढ्न नपाएर भारतका गल्लीहरूमा चौकीदारको रूपमा जीवन जीउन बाध्य नेपालका बालबालिका र युवाहरूलाई शिक्षामा सुविधा दिनका लागि, गुणस्तरीय शिक्षाका लागि विनियोजन बढाउनु पर्दथ्यो तर त्यो प्रकारको अवस्था देखिँदैन । एक प्रकारले भन्ने हो भने यो विनियोजन अकालमा मानिसहरूको जीवनलाई संरक्षण गर्न योग्य छैन र पढ्न नपाएको नागरिकहरूलाई पढेर योग्य नागरिक बनाउनका लागि यो विनियोजन सबल छैन । तेस्रो कुरा, विनियोजन अत्यन्तै अन्यायपूर्ण, विभेदपूर्ण छ । जहाँजहाँ मन्त्रीहरू हुनुहुन्छ । खासगरी प्रधानमन्त्री, अर्थमन्त्री लगायतका शक्तिशाली मन्त्री, विनियोजन त्यहाँ छ । एक प्रकारले भन्ने हो भने आफ्नो हात जगन्नाथ भन्ने एउटा उखान छ नि ! त्यही प्रकारको स्थिति छ । माननीय सदस्यहरूको नाममा त उहाँले ५ करोड विनियोजन गर्नुभयो तर अर्बौं रुपैयाँ प्रधानमन्त्री, अर्थमन्त्री सहितका मन्त्रीहरूको क्षेत्रमा लैजानु भयो । एउटा उखान छ– धान–चामल धामीलाई, व्यथाजति हामीलाई । पैसा जति मन्त्रीहरूको आफ्नो ठाउँमा, बदनामी संसद्लाई, सांसदहरूलाई । यो प्रकारको स्थिति यो विनियोजनले देखाएको छ र त्यसैगरी आज देशैभर पिउने पानीको अभावमा लाखौं, करोडौं जनता काकाकुल बनेका छन् । पिउने पानीमा विनियोजन थप्नु पर्दथ्यो । रकम थप्नु पर्दथ्यो । यो सबै हिसाबले यो बजेट अन्यायपूर्ण छ, विभेदकारी छ । यो सामाजिक न्यायको हिसाबले बेठीक छ र यो उत्पादनशील क्षेत्रमा विनियोजन हुन सकेको छैन । न यसले उत्पादन वृद्धि गर्छ, न यसले आर्थिक वृद्धि गर्छ । न रोजगारी वृद्धि गर्छ, न देशलाई समृद्ध बनाउँछ । यसले देशलाई ऋण थप्ने गरी टाँट पल्टाउने गरी लैजान्छ । अर्को प्रकारले भन्ने हो भने समाजलाई नकारात्मक दिशामा लैजान्छ । परिणाम हामीलाई कंगाल बनाउँछ । त्यसकारण यो विनियोजनमा छलफल पनि गर्ने कि नगर्ने ? छलफल गर्न पनि लायक यो विनियोजन छ कि छैन भन्ने प्रश्न त छ नै । संसदीय प्रक्रियामा छलफल त गर्नुपर्ने हन्छ तर यसमा हाम्रो गम्भीर असहमति छ ।’


Advertisment
Nabil box
Kumari

सचिव विष्टले विनियोजन बजेटमा उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, मुलुकलाई समृद्ध बनाउने कुनै पनि खालको योजना नरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x