×

NMB BANK
NIC ASIA

सहकारी ठगी

शिवशिखर सहकारी प्रकरण : केदार शर्माका ४३ कम्पनी, ८ अर्ब विदेश लगेको खुलासा

काठमाडाैं | असार १२, २०८०

NTC
Premier Steels

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी सहकारी संस्थाको १२ अर्ब २३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका केदारनाथ शर्माको ४३ वटा कम्पनीमा लगानी रहेको पाइएको छ ।

Muktinath Bank

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले शर्मालाई पक्राउ गरेपछि उनले शिवशिखर अर्गनाइजेनबाट ४३ वटा कम्पनीमा लगानी गरेको तथ्य मंगलवार सार्वजनिक भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका उनले निक्षेपकर्ताको रकम अपचलन गरेर ८ अर्ब रुपैयाँ नेपालबाहिर लगेको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

उनले भारतमा मात्रै ६ अर्ब लगेको अनुसन्धानका क्रममा भेटिएको सीआईबीले जानकारी दिएको छ । त्यहाँ उनको शिवशिखर अर्गनाइजेसन भारत भन्ने संस्था रहेको छ । 

Vianet communication

भक्तपुरमा शिवशिखर र मोरङमा तुलसी सहकारी खोलेका शर्माले दुवै सहकारीको पैसा अपचलन गरेका छन् ।

उनले शिवशिखरको १० अर्ब ७७ करोड र तुलसी सहकारीको १ अर्ब २४ करोड रुपैयाँ निक्षेपलाई अपचलन गरेको पाइएको छ । 

बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र अन्य सञ्चालकविरुद्ध सहकारी विभाग र सीआईबीमा उजुरी दिएका थिए । 

सोही उजुरीका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए ।

एक सूचना जारी गरी सीआईबीले भक्तपुरमा कार्यालय भई काठमाडौं, ललितपुरका विभिन्न क्षेत्रको सेवा केन्द्रमा बचत गरी रकम फिर्ता नपाएका बचतकर्ताहरूलाई सम्पर्कमा आउन अनुरोध समेत गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x