×

NIC ASIA

बजेटले जनताका अपेक्षालाई पूरा गर्नुपर्छ : सांसद चौधरी

काठमाडाैं | असार १३, २०८०

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभाबाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका छन् ।

Muktinath Bank

बुधवार प्रतिनिधिसभाले बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले बजेटले जनताका अपेक्षालाई पूरा गर्नुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले विनियोजन भएको बजेटलाई सम्बन्धित निकायले पूर्ण रूपमा सदुपयोग गर्नुपर्ने बताए । उनले मन्त्रालयहरूले बजेट खर्च गर्न सक्नुपर्ने पनि बताए । उनले पुँजीगत खर्चलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले ठोस कदमहरू चालेको पनि बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘देशको विकास खाली बजेटको माध्यमबाट मात्रै हुँदैन । मोनिटरी पोलिसीदेखि लिएर विभिन्न मन्त्रालयहरूले आफूलाई कसरी सञ्चालन गर्छन् ? विकास निर्माणको काममा कसरी आफूलाई उभ्याउँछन् ? अहिलेसम्मको पृष्ठभूमि विकास खर्चमा विनियोजित पैसा हामीले दुईतिहाइ खर्च गर्न सकेका छैनौं । कति पैसा कुन प्रोजेक्टमा लगाउनु जरुरी छ कि लगाएको पैसालाई सदुपयोग गरिकन पूर्ण रूपमा त्यसलाई कार्यान्वयनमा लिएर जानु जरुरी छ । बजेटले अर्थतन्त्रलाई कसरी बढाउने ? पुँजीगत खर्चलाई कसरी कार्यान्वयनमा लिएर जाने प्रभावकारी रूपबाट । त्यसका लागि केही ठोस कदमहरू चाल्ने प्रयास गरेको तपाईं हामी सबैले देखेका छौं । त्यसले निर्णायक भूमिका खेल्न सक्छ कि सक्दैन ? अर्थ मन्त्रालयले मात्रै खेल्दैमा त्यो पूरा हुन्छ कि हुँदैन ? मन्त्रालयगत रूपमा हुने कामहरू गराउने तरिका के हो ? अबको जिम्मेवारी भनेको यो बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ । कार्यान्वयनमा लिएर जानुपर्छ । मानिसमा अब केही हुन्छ भन्ने विश्वास दिलाउनुपर्छ ।’ 

Vianet communication

उनले बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालय मात्रै नभई सबै मन्त्रालय उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x