×

NMB BANK
NIC ASIA

‘भोलि तैंले दिदीको घ’राँ जानुपर्छ, झोलुङ्गो चैया छ रे, बाले बुन्दिनुभा’ख ।’ आमाले बेलुका खाना पस्किँदै भनिन् । 

Muktinath Bank

त्यतिबेला गोपालले ‘हुँ’ मात्र गर्‍यो, खासै प्रतिक्रिया जनाएन तर मनले भने २ वर्षअघि दिदी पुर्‍याउन जाँदा खोला तरेको, वनको बाटो उकालो चढेको ठाउँठाउँमा दिदीले फर्किंदा भाइ नछलियोस् भनेर स्याउला च्याप्दै गएको सबै सम्झ्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबाहेक केही दिनअघि बाबुले पुसको पारिलो घाममा बसेर झोलुङ्गो बुनेको देखेको भए पनि किन भन्ने थाहा पाएको थिएन । अहिले त्यो पनि थाहा पायो । 


Advertisment
Nabil box
Kumari

भोलिपल्ट बिहान उठ्नासाथ ऊ रस्यौटातिर हान्नियो । पुस–माघमा उखु पेल्ने चटारो हुन्थ्यो गाउँमा । बाक्लो कुहिरो र चिसोको समेत वास्ता नगरी बाबु र दाजु सखारै पुगिसकेका थिए रस्यौटामा । पेल्दापेल्दैको एक माना जति उखुको रस लिएर घरतिर लाग्यो । दाजुले किन भन्दा पनि किन पनि होइन भनेर टार्‍यो ।

Vianet communication

घरमा आएर आमा पँधेरातिर लागेको बेला चामलको पातलो रोटी पकायो सोही रसमा मुछेर । खानासाथ आमाले दिदीलाई भनेर कोशेलीबापत दिएकी एक हर्मे घ्यु, एक कचौरा कुराउनी, गोडा बिसेक सेलरोट र चार माना जति च्यूराको झोला पीठमा र झोलुङ्गो टाउकोमा बोकेर दिदीको घरतिर हिँड्यो ।

लुगा भने जाडो महिना भए पनि आफूलाई मन पर्ने नीलो रंगको ट्यार्लिङको कमिज र सेटो रंगको जिनको हाफ पाइन्ट लगाएको थियो । सायद योभन्दा बाहिरफेर निस्किँदा लगाउने लुगा थिएन पनि कि ? जे होस् छोटो र टाइट कपडामा सजिएर हिरो पल्टिन खोज्दा बेलुका कति जाडो हुन्छ भन्नेतिर ध्यानै दिन भ्याएन उसले । दिदीको घर जान घरबाट केही हिँडेपछि खोला तर्नुपर्ने हुन्थ्यो । हिउँदमा खोला खासै ठूलो नभए पनि गणेश हिमालबाट निस्किएकाले पानी चिसो थियो । एक्लै भएको भए त सायद आफैं तथ्र्यो पनि होला तर साथमा दिदीको कोशेली र झोलुङ्गो भएकाले आँट गर्न सकेन । आफूलाई भन्दा पनि साथको चीज बगाउँछ कि भन्ने डर बढी थियो उसलाई । 

यताउता हेर्‍यो एक जना अपरिचित दाजु त्यतै जाल खेल्दै रहेछन् । उनैसित सहयोग माग्यो । धनले गरीब भए पनि मानवीयतामा निकै धनी थियो त्यतिबेलाको समाज । धन भन्ने चीजै त्यस्तै । नभई पनि नहुने, हुँदा पनि मान्छेलाई मान्छेबाटै टाढा गराउने । चिनजान नभए पनि एकै वचनमा उनले खोला तारिदिए ।  

खोलाको बगर हिँडिसकेपछि उकालो लाग्नुपथ्र्यो वनको बाटोबाट । उसले त्यहीँ बसेर खाजा खाने विचार गर्‍यो । भोक त खासै थिएन तर खाजा भने खानै पर्ने थियो । किनकि अहिलेसम्म झोला निकै गह्रौं लागिसकेको थियो । खाजा खाएपछि त्यति भए पनि वजन घट्छ भन्ने उसको सोच थियो । एउटा रोटी खाँदैमा झोला किन हल्का हुन्थ्यो र ? बालबुद्धि भनेको यही होला सायद !

रोटीको टपरी त उघार्‍यो तर खान भने सकेन । किनभने एक त उखुको काचो रसमा मुछेको पीठो, त्यसमाथि पकाउनासाथ टपरीमा बन्द गरेको पूरै काँचो पल्टिसकेको थियो । उखुको रसमा मुछेको रोटी पाक्दैन भन्ने आमालाई थाहा थियो होला तर उसले त्यता ध्यानै दिएन । यतिबेला भने ठूलै गल्ती गरियो जस्तो लाग्यो उसलाई तर लागेर के गर्ने ? गल्ती त भइसकेकै थियो । एउटै टुक्रा पनि खान नसकेर जस्ताको तस्तै त्यतैको ढुंगामा राखेर उकालो लाग्यो । 

घाम अस्ताउन लाग्दा दिदीको घर पुग्यो ऊ । भिनाजु गाउँमा श्राद्ध गर्न गएका अझै फर्केका रहेनछन् । सायद बेसीमा गाईगोरुलाई घाँस–पराल गरेर आउनुपर्ने भएकाले ढिलो भएको होला । दिदी कुचो–कसेर गरिरहेकी रहिछिन् आँगनमा । उसलाई देख्ने बित्तिकै दिदीले भनिन्, ‘लौ झोलुङ्गो बोकेर पो आ’ख यो त । एक्लै आ’को ?’ 

उसले ‘हो, दिदी !’ भन्दै झोलोङ्गो र झोला बिसायो पिँढीमा । यतिबेलासम्म भोक निकै लागिसकेको थियो तर दिदीले सोधिनन् । सायद खाजा खाएर आएको होला भन्ने लागेको हुनुपर्छ । उसले पनि काँचो रोटीको हरिबिजोग बताउन चाहेन ।

साँझ भिनाजु आइपुगे श्राद्धको सिदा बोकेर । आउँदा–आउँदै भिनाजुले भने, ‘ए बाबु ! कति बेला आ’को । बस्दै गर है, भैंसी दोएर आउँछु ।’

यति भनेर भिनाजु भैंसीगोठतिर लागे । दिदी भान्छामा टटाङटुटुङ गर्न लागिन् । उसले सोच्यो सायद दिदी खाना पकाउँदै होलिन् ।

‘यस्तो जाडोमा पनि कट्टु लगाएर पो आ’खौ त ! माथि पनि एकसरो पातलो कमिज देख्या छु, जाडो भा’खैन ?’ भिनाजुले दूधको गौवा दिदीलाई दिँदै भने । उसले ‘भा’खैन भिनाजु !’ भनेर टार्‍यो । जाडो त भएकै थियो । एकसरो कपडामा हिरो पल्टेको स्वाद राम्रैसँग पाइसकेको थियो तर भन्न भने सकेन ।

बेलुका खाना खाइसकेपछि मझेरीमा सुत्यो ऊ भिनाजुसित । दिदी भान्जासित मूल ओछ्याना सुतिन् । मध्यरातमा नराम्रोसँग निसास्सियो । आगो छोपिएको अगेनो अहिले पनि पुतपुताइरहेको थियो । त्यतिबेला अगेनोमा खरानीले छोपेर आगो राख्ने चलन थियो । अन्यथा भोलिपल्ट बिऊ खोज्न गाउँ डुल्नुपर्ने हुन्थ्यो । त्यसैले सबै आगो छोपेर राख्ने गर्थे । उता झ्याल–ढोका बन्द थियो । सायद अक्जिन नपुगेर निसास्सिएको हुनुपर्छ ऊ चिच्यायो । उसको आवाज सुनेर भिनाजुले टुकी बाले । भर्खर दियालो युगलाई बिदा गरी टुकी युगमा प्रवेश गरेको समय थियो त्यो । भिनाजुले टुकी बाल्दासम्म दिदी पनि के भो हँ भन्दै उठिसकेकी थिइन् ।

केही पनि भा’खैन भनेर टार्‍यो उसले तर दिदी–भिनाजुको मनले मानेन । टाटाबाट आ’को सातो गो कि क्या हो भन्दै भिनाजुलाई गायत्री मन्त्रले फुक्न लगाइन् दिदीले । त्यसपछि भने राम्रैसँग निदायो ऊ ।

भोलिपल्ट बिहान दिदी नित्यकर्म सकेर भातभान्छातिर लागिन् । भिनाजु बेसी झरे गाई गोरुलाई घाँसपराल गर्न । ऊ भने पिँडीको डिलमा बसेर भात कुर्न लाग्यो । भात पनि पाक्यो भिनाजु पनि आइपुगे । सँगै बसेर भात खायो र बिदा मागेर घरतिर लाग्यो । दिदीले बाटामा खानु बनेर एउटा रोटी र अलिकति कुराउनी दिएकी थिइन् । बाटाको खाजा त के हुन्थ्यो र ? उसलाई त्यसको मतलबै थिएन । मतलब थियो त केवल रोटी र कुराउनीको । सय पचास पाइला पनि बढेको थिएन रोटी र कुराउनी सिध्यायो । भर्खर भात खाएर हिँडेको भोक त थिएन । तैपनि बालबुद्धि न हो रोटी र कुराउनी देख्यो, पछि किन मन थामिन्थ्यो र ?

फर्किंदा हिजो काचो रोटी फालेको ठाउँ हेर्‍यो तर रोटी थिएन । सायद कुनै जंगली जनावरले खाए होलान् । रित्तो टपरीले भने उसलाई गिज्याइरहेको थियो । खोला भने एक्लै तर्‍यो । किनकि अहिले ऊसँग झोलुङ्गो र कोशेली थिएन । लडे पनि उठ्न सक्छु भन्ने आँट थियो । 

बेलुका घर पुग्यो । घरकाले हालखबर सोधे । उसले पनि सबै हाल बतायो तर काँचो रोटी र पाकेको रोटी कुराउनीको कुरा भने बताएन । खोइ कुन्नि किन हो त्यो कुरा अहिलेसम्म पनि कसैलाई बताएको छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x