१२ असार २०८३, शुक्रबार

संसदीय सुनुवाइ समितिले गर्‍यो प्रस्तावित ३ राजदूतको सुनुवाइ

साउन १७, २०८०
काठमाडौं
संसदीय सुनुवाइ समितिले गर्‍यो प्रस्तावित ३ राजदूतको सुनुवाइ

संसदीय सुनुवाइ समितिले ३ देशका राजदूतमा प्रस्तावित व्यक्तिहरूको सुनुवाइ गरेको छ ।

समितिको बुधवार बसेको बैठकले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका राजदूत स्थायी प्रतिनिधिमा नियुक्तिका लागि प्रस्तावित लोकबहादुर थापाको सुनुवाइ गरेको हो । 

स्वीट्जरल्याण्डका लागि आवासीय राजदूतमा प्रस्तावित रामप्रसाद सुवेदी र फ्रान्सका लागि आवासीय राजदूत सुधिर भट्टराईको पनि सुनुवाइ गरेको छ । प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाएमा २ देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताए ।

फ्रान्सका लागि आवासीय राजदूतका लागि प्रस्तावित सुधिर भट्टराईले फ्रान्स युरोपेली संघको महत्त्वपूर्ण सदस्य भएको भन्दै नेपाल सम्बन्धी छलफलमा नेपालको पक्षमा फ्रान्सबाट लबिङ हुने अवस्था सिर्जना गर्ने बताए । उनले २ देशबीचमा उच्चस्तरीय राजनीतिक भ्रमणहरू गराउन पहल गर्ने पनि बताए ।

उनले भने, ‘नेपाल र फ्रान्सबीच उच्च राजनीतिक स्तरमा वार्ता, संवाद र भ्रमणको आदानप्रदान थप बढाउनुपर्ने म आवश्यकता देख्छु । राजनीतिक सम्बन्धलाई थप सुदृढीकरण गर्न नेपाल र फ्रान्सबीच रहिआएको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन उच्चस्तरीय राजनीतिक भ्रमणहरूको आदानप्रदान गराउन संवाद र पहल गर्नेछु । सम्बन्धलाई थप सुदृढ बनाउन परराष्ट्र मन्त्रालयबीच स्थापित संयन्त्रका बैठक तथा यसका निर्णयहरूलाई समन्वय र अनुगमन गर्नेछु । नेपालको संघीय संसद र फ्रान्सको संसदबीच निर्माण भएका नेपाल–फ्रान्समैत्री समूहहरूलाई आपसी सम्बन्ध विस्तार गर्न, अनुभव आदानप्रदान गर्न, नेपालको हित प्रवद्र्धन गर्न संसदीय प्रतिनिधि मण्डलको भ्रमण आदानप्रदानको विषयलाई प्राथमिकता दिनेछु । फ्रान्स युरोपेली संघको महत्त्वपूर्ण सदस्य भएको सन्दर्भमा नेपाल सम्बन्धी छलफलमा नेपालको पक्षमा फ्रान्सबाट लबिङ हुने अवस्था सिर्जना गर्नेछु र नेपाल–फ्रान्सबीच जलवायु परिवर्तन, वातावरण संरक्षण, हरित विकासको क्षेत्रमा सहकार्य गर्नेतर्फ पहल गर्नेछु ।’

भट्टराईले २ देशको परराष्ट्र मन्त्रालयबीच स्थापित भएका संयन्त्रका बैठक तथा यसका निर्णयहरूलाई समन्वय र अनुगमन गर्ने पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्