×

NIC ASIA

संसदीय सुनुवाइ समितिले गर्‍यो प्रस्तावित ३ राजदूतको सुनुवाइ

काठमाडाैं | साउन १७, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

संसदीय सुनुवाइ समितिले ३ देशका राजदूतमा प्रस्तावित व्यक्तिहरूको सुनुवाइ गरेको छ ।

समितिको बुधवार बसेको बैठकले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका राजदूत स्थायी प्रतिनिधिमा नियुक्तिका लागि प्रस्तावित लोकबहादुर थापाको सुनुवाइ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वीट्जरल्याण्डका लागि आवासीय राजदूतमा प्रस्तावित रामप्रसाद सुवेदी र फ्रान्सका लागि आवासीय राजदूत सुधिर भट्टराईको पनि सुनुवाइ गरेको छ । प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाएमा २ देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताए ।


Advertisment
Rupse Holidays
Nabil box

फ्रान्सका लागि आवासीय राजदूतका लागि प्रस्तावित सुधिर भट्टराईले फ्रान्स युरोपेली संघको महत्त्वपूर्ण सदस्य भएको भन्दै नेपाल सम्बन्धी छलफलमा नेपालको पक्षमा फ्रान्सबाट लबिङ हुने अवस्था सिर्जना गर्ने बताए । उनले २ देशबीचमा उच्चस्तरीय राजनीतिक भ्रमणहरू गराउन पहल गर्ने पनि बताए ।

Vianet communication

उनले भने, ‘नेपाल र फ्रान्सबीच उच्च राजनीतिक स्तरमा वार्ता, संवाद र भ्रमणको आदानप्रदान थप बढाउनुपर्ने म आवश्यकता देख्छु । राजनीतिक सम्बन्धलाई थप सुदृढीकरण गर्न नेपाल र फ्रान्सबीच रहिआएको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन उच्चस्तरीय राजनीतिक भ्रमणहरूको आदानप्रदान गराउन संवाद र पहल गर्नेछु । सम्बन्धलाई थप सुदृढ बनाउन परराष्ट्र मन्त्रालयबीच स्थापित संयन्त्रका बैठक तथा यसका निर्णयहरूलाई समन्वय र अनुगमन गर्नेछु । नेपालको संघीय संसद र फ्रान्सको संसदबीच निर्माण भएका नेपाल–फ्रान्समैत्री समूहहरूलाई आपसी सम्बन्ध विस्तार गर्न, अनुभव आदानप्रदान गर्न, नेपालको हित प्रवद्र्धन गर्न संसदीय प्रतिनिधि मण्डलको भ्रमण आदानप्रदानको विषयलाई प्राथमिकता दिनेछु । फ्रान्स युरोपेली संघको महत्त्वपूर्ण सदस्य भएको सन्दर्भमा नेपाल सम्बन्धी छलफलमा नेपालको पक्षमा फ्रान्सबाट लबिङ हुने अवस्था सिर्जना गर्नेछु र नेपाल–फ्रान्सबीच जलवायु परिवर्तन, वातावरण संरक्षण, हरित विकासको क्षेत्रमा सहकार्य गर्नेतर्फ पहल गर्नेछु ।’

भट्टराईले २ देशको परराष्ट्र मन्त्रालयबीच स्थापित भएका संयन्त्रका बैठक तथा यसका निर्णयहरूलाई समन्वय र अनुगमन गर्ने पनि बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x