
सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन छाड्ने चेतावनी दिएको छ ।
गौर हत्याकाण्डका बारेमा आफूहरुलाई निशाना बनाउने काम भए गठबन्धन छोड्ने चेतावनी जसपाले दिएको हो ।
सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकपछि एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले भने, ‘जसपाका साथीहरुले हामीलाई गठबन्धनमा यसरी नै टार्गेट गरिरहने हो भने गठबन्धनमा रहने, नरहने सोच्नुपर्छ भन्नेखालको शंकास्पद कुरा व्यक्त भएको छ ।’
यो विषयलाई कानूनसम्मत ढंगले टुंग्याउने कुरा भएको उनले बताए ।