×

NIC ASIA


काठमाडौं २ असोज– काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको अंकोलोजि वार्डको ४४२ नम्बरको शैयामा मलिन अनुहारमा बसिरहेकी थिइन् काभ्रेकी रोशनी त्रिपाठी । उनकै छेउमा रहेकी उनकी आमा सिता त्रिपाठीको अनुहारमा बेचैनी थियो ।

रोशनीका आमाछोरी एक महिना अघिदेखि कान्ति बाल अस्पतालमा कष्टपूर्ण दिनहरु गुजार्दैछन छन् । सिताकी १४ वर्षकी छोरी रोशनी त्रिपाठीलाई रक्त क्यान्सर भएको छ ।

काभ्रेकै जनचेतना माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै गरेकी रोशनीलाई दुई महिना अघि बारम्बार ज्वरो आउँने र खोकी लाग्ने समस्या देखिन थाल्यो । रोशनी विरामी परेपछि सुरुमा उनी आमाले नजिकैको मेडिकलबाट औषधि ल्याएर खुवाइन् । तर रोशनीलाई मेडिकलको औषधिले निको भएन । निको नभएपछि काभ्रेको एक अस्पतालमा भर्ना गराइन् । एक साता सम्म अस्पतालमा भर्ना गरेर एन्टिबाइटिक खाएपछि रोशनीको खोकी र ज्वरो कम हुदै गयो ।

अस्पातलले एक साता पछि घर लैजाने अनुमति दियो । तर घर लगेको भोलिपल्टबाट रोशनीलाई फेरी एक सय ३ डिग्रीको ज्वारो आयो । अस्पतालमा भर्ना भएर एक सातासम्म औषधि खादा पनि निको नभएपनि आफन्तहरुको सल्लाहमा सिताले छोरी रोशनीलाई महाराजगञ्जको बाल कान्ति अस्पतालमा ल्याइन् । बाल कान्ति अस्पतालले भर्ना गरेर रोशनीको उपचार सुरु ग-यो । कान्तिमा उपचारको क्रममा रगत जाँच गर्दा रोशनीलाई ‘ब्लड क्यान्सर’ भएको रिर्पोट आयो ।

‘शुरुमा छोरीलाई लगातार ज्वारो आयो, गाउँमै सिटामोल किनेर खान दिए, सिटामोलले ठिक नभएपछि काभ्रेको अस्पताल लगे, त्यहापनि निको भएन अनि यहा ल्याएकी थिए’ रोशनीकी आमा सिताले लोकान्तरलाई बताइन् ,‘यहाँ ल्याएको ५ दिन पछि रगत जाँच गर्दा ब्लड क्यान्सर भएको थाहा भयो ।’

छोरीलाई ब्लड क्यान्सर भएको थाहा पाएपछि सिता छाँगाबाट खसेजस्तै भइन । घरबाट २० हजार लिएर छोरीको उपचार गराउन उनी काठमाडौं आएकी थिएन । ‘२० हजार रुपैया लिएर अस्पताल आएको दश हजार रुपैया काभ्रे मै सकियो । बचेको दश हजार लिएर काठमाडौंको बाल कान्तिमा भर्ना गरे । आफुसंग भएको पैसाले नपुगेपछि माइतिका आफन्तहरुको सहयोगमा छोरीको उपचार गराइरहेकि छु’ उनले भनिन् ।

रोशनीको उपचारमा खटिएका डा. कैलाश शाहले उनको राम्रोसंग नियमित उपचार भए क्यान्सर निको हुने बताएका छन् । सुरुको एक महिना अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएकाले रोशनीलाई अस्पतालमै राखिएको डा. शाहले बताए । ‘अहिले हप्तामा तीन पटक रगत जाँच गराएका छौं । आवश्यक औषधिहरुपनि दिएका छौं’ डा साहले लोकान्तरसँग भने, ‘अस्पतालको निगरानीमा नियमित उपचार ग-यो भने उनको क्यान्सर ठिक हुनसक्छ ।’ डा साहका अनुसार रोशनीले २ वर्ष सम्म नियमित उपचार गराउनु पर्छ र चार महिना सम्म त अस्पताल नियमित आइरहन पर्छ ।

आशा छ निको हुने

ब्लड क्यान्सर हुने बालबालिकामा समयमा नियमित उपचार पाएमा ४२ प्रतिशत निको हुने सम्भावना भएको डा. साह बताउछन् । आर्थिक अवस्था कमजोर भएकाले अस्पतालले रोशनीको नियमित चेकजाच, रगत परिक्षण र शैयाको शुल्क लिएको छैन । आवश्यक औषधी भने उनिले आफन्तहरुको सहयोगमा किन्दै आएकी छन् ।
छोरी रोशनीको दुई वर्षसम्म उपचार गराउदा ठिक हुने भएपनि कसरी उपचार औषधि उपचार खर्च जुटाउने भनेर सिता अन्यौलमा परेकि छिन् । ‘अहिले सम्म त माइती तिरका आफन्तले दिएको खर्चबाट औषधी किनेर खुवाउदै छु । एक महिनामा नै डेढ लाख जति खर्च भइसकेको छ, दुई वर्षसम्म कसरी खर्च जुटाउनु । केहि सोच्नै सकेको छैन ।’ उनले आफ्नो पिडा लोकान्तरलाई सुनाइन् ।

रोशनीको उपचारको लागि ६ लाख सम्म खर्च लाग्ने डाक्टर साहले बताएका छन् । तर सितासंग न त्यति धेरै पैसा छ, न त सम्पति नै । १६ वर्षको उमेर विवाह गरेकी सिताको दुई छोरी छन् । उनी एकल महिला हुन् । आफ्नी छोरीको उपचार खर्च गर्ने स्थिति नभएको सिताल बताइन् ।

‘श्रीमान् वित्नुभएको ९ वर्ष भयो । त्यो घटनालाई विर्सीएर यी दुुईछोरीको मुख हेरेर बसेकी थिए । मेलापात गरेर जसोतसो हुर्काउदै थिए, । जेठी छोरीलाई अहिले क्यान्सर भयो’ गहभरी आसु भर्दै सीताले भनिन्, ‘लोग्ने भइदिएको भए आधार हुन्थ्यो अब छोरीको उपचार खर्च कसरी जुटाऊ ?’

श्रीमान् वित्दा सीता २४ वर्षकी थिइन भने छोरीहरु पाँच र एक बर्षका । श्रीमान्को मृत्यु पछि सासुले गरीखाने ३ रोपनी जति बारी दिएको भएपनि सो बारी आफनो नाममा नभएको सीताले बताइन् ।

‘सासुको खेतबारी दुबै छ मलाई बारी मात्रै दिएका छन् । त्यहि बारी पनि मेरो नाममा छैन । अर्कै संग जान्छे भनेर नामसारी गर्दिएनन् ।’ सिताले दुखेसो पोखिन्, ‘सासुले म बाचुन्जेर नामसारी गर्दिन्न भन्नुहुन्छ । आफ्नो नाममा भैदिएको भए । त्यहि बारी धितो राखेर भएपनि छोरीको उपचार गराउथे. ।’

छोरी रोशनीलाई क्यान्सर भएपछि अस्पतालमै एक महिना देखि रहकी सितालाइ अब २ वर्षसम्म छोरीको उपचार खर्च कसरी जुटाउने र आफु नै पनि कसरी बाच्ने भनेर समस्यामा परेकी छन् । छोरीको उपचारमा कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने आशा छ सितालाई ।

निको भएपछि स्कूल जान्छु

कक्षा नौ मा पढ्दै गरेकि रोशनी अहिले अस्पतालमा उपचारत छिन् । उपचार भएपछि स्कूल जाने चाहना छ रोशनीको । ‘विरामी भएदेखि स्कूल जान पाएको छैन । स्कूल जान मन छ । डाक्टरले निको हुन्छ भन्नुभएको छ । ठिक भएपछि स्कूल जान्छु’ रोशनीले लोकान्तरलाई भनिन् ।

रोशनीलाई बचाउन ९८१३८०८८७८नम्बरमा फोन गरेर सहयोग गर्न आमा सीताले अपील गरेकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x