×

NMB BANK
NIC ASIA

परमादेश

सर्वोच्चले के आधारमा गर्‍यो कोशी प्रदेशका मुख्यमन्त्रीलाई पदमुक्त ?

मन्सुरीले गरेको मतदान संविधान सम्मत मान्न मिलेन : सर्वोच्च

काठमाडाैं | भदौ २१, २०८०

NTC
Premier Steels

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रियामा भएको विवादका सन्दर्भमा फैसला गरेसँगै एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई फेरि नयाँ मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । 

Muktinath Bank

प्रदेशसभामा अध्यक्षता गरेका व्यक्तिले निर्णायक मत दाबी गर्दै मुख्यमन्त्री थापाको पक्षमा गरेको मतदान संविधान सम्मत मान्न नसकिने अदालतको फैसलामा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फैसलामा भनिएको छ, 'थापाले लिएको विश्वासको मतको प्रस्ताव उपर मतदान हुँदा  प्रस्तावको पक्षमा अध्यक्षता गर्ने इस्राइल मन्सुरीको  मत समेत गरी जम्मा ४७ अर्थात् निजको मत बाहेक ४६ मत परी सो प्रस्ताव पारित हुनका लागि आवश्यक ४७ मत प्राप्त हुन सकेको देखिएन।' 


Advertisment
Nabil box
Kumari

सभाको अध्यक्षता गर्ने व्यक्तिले मत हाल्नुपर्ने अवस्था नेपालको संविधानले परिकल्पना गरे पनि सो बमोजिमको अवस्था नै उत्पन्न नभएको अवस्थामा मन्सुरीले थापाको पक्षमा मतदान गरेको अदालतको ठहर छ ।  सो कार्य नेपालको संविधान, संविधानवादको मान्य सिद्धान्त तथा सर्वोच्चबाट प्रतिपादित नजिर सिद्धान्त समेतको प्रतिकूल देखिएको फैसलामा उल्लेख छ ।

Vianet communication

' उल्लिखित प्रस्तावमा निजले गरेको मतदान, सो मत समेत गणना गरी उक्त प्रस्ताव प्रदेश सभाको बहुमतबाट पारित भएको भनी सो सभाले गरेको मिति २०८०भदौ ४ को निर्णय तथा उक्त निर्णयको जानकारी गराउन सोही मितिमा प्रदेश प्रमुखलाई गरेको पत्राचार लगायतका काम कारबाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ। प्रत्यर्थी मध्येका माननीय उद्धव थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न सकेको नदेखिँदा निज स्वतः मुख्यमन्त्री पदबाट पदमुक्त हुने भएकाले सो सम्बन्धमा थप बोलिरहन परेन,' फैसलामा उल्लेख छ ।

प्रदेश सभामा सबैभन्दा बढी सदस्य सङ्ख्या भएको दलको नेताको हैसियतले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम एमाले संसदीय दलका नेता कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको हो । त्यसका लागि सर्वोच्चले ४८ घण्टाको समय नै तोकिदिएको छ ।

'नेपालको संविधान तथा हामीले अवलम्बन गरेको संवैधानिक प्रणालीका दृष्टिकोणले प्रदेश मन्त्रिपरिषद्को गठन, निरन्तरता वा विघटनको निर्णय प्रदेश कार्यकारिणी अधिकार निहित मन्त्रिपरिषद्लाई लामो समयसम्म सो अवस्थामा राखिरहनु उचित नदेखिएकाले प्रस्तुत आदेश प्राप्त भएका मितिले ४८ घण्टा भित्र नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद् गठन गर्नु/ गराउनु भनी प्रत्यर्थी कोशी प्रदेश प्रमुखसमेतका नाउँमा परमादेशसमेत जारी गरिएको छ ,' परमादेशको आदेशमा उल्लेख छ ।

बिहीवार न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापाले लिएको विश्वासको मत बदर हुने फैसला गरेको हो ।

थापाले गत भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । उनलाई सभाध्यक्ष मन्सुरीले पनि मत दिएपछि विवाद अदालतसम्म पुगेको थियो। 

'प्राप्त मत परिणामले सभामा पेस भएको विश्वासको मतको प्रस्तावको पक्षमा प्रदेश सभाको तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत प्राप्त हुन नसकी प्रस्ताव पारित नभएको अवस्थाको परिणाम आएको देखियो। सभामा निर्णयार्थ पेस भएको प्रस्तावको पक्षमा बहुमत प्राप्त हुनु वा नहुनु दुवै स्थिति संविधानतः आफैमा निर्णायक अवस्था मान्नुपर्ने देखिन आउँछ ,' फैसलामा उल्लेख छ ।

फैसलामा अगाडि भनिएको छ, 'नेपालको संविधानको धारा १८६ को प्रतिबन्धात्मक वाक्यांशमा "मत बराबर भएमा" भन्ने वाक्यांशको प्रयोग भएको देखिँदा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन पाउने पूर्वावस्था प्रस्तावमा भएको मतदानमा मतगणना गर्दा मत परिणाम बराबर भएको हुनुपर्ने देखियो तर प्रदेश सभाको मिति २०८० भदौ ०४ को बैठकमा पेस भएको प्रस्तावको विपक्षमा ३० मत परेकोमा सो मत सङ्ख्यालाई नै ४६ मत सरह मानी अध्यक्षता गरेका व्यक्तिले निर्णायक मत भनी गरेको मतदान संविधान सम्मत मान्न मिलेन ।' 

यस्तो छ आदेश

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x