×

NMB BANK
NIC ASIA

लुम्बिनीबाट शुरू भएको तरंग कोशीमा पनि

एमाले कोशीमा प्रदेश अधिवेशनको ज्वरो: ओली र विद्याका नाममा ध्रुवीकरणको संकेत

काठमाडाैं | भदौ २२, २०८०

NTC
Premier Steels

नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरूबीच ध्रुवीकरण देखिन थालेको छ ।

Muktinath Bank

अझै लुम्बिनी प्रदेशमा निर्वाचनबाट नेतृत्व चयन भएपछि कोशीमा विभिन्न पदका आकांक्षीहरू निर्वाचनसम्मै जानुपरे पनि पछाडि नहट्ने भनेर तयारीमा जुटेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले कोशीको अधिवेशन असोज १२ र १३ गतेका लागि तय भएको छ । कोशी पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश हो । साथै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समेत गृह प्रदेश भएकाले ओली र भण्डारीको कित्तामा बाँडिने गरी आकांक्षीहरूबीच ध्रुवीकरण देखिन थालेको हो ।


Advertisment
Nabil box
Kumari

त्यसो त एमाले राजनीतिमा केपी र विद्या लामो समयदेखि एउटै गुटमा रहँदै आएका छन् । तत्कालीन पार्टी उपाध्यक्ष विद्यालाई राष्ट्रपति बनाउन पनि केपीको महत्त्वपूर्ण भूमिका थियो । अर्कातर्फ मदन भण्डारी फाउन्डेसनको जगमा आफ्नो गुट बलियो बनाएर केपी पार्टी नेतृत्वमा पुगेका थिए । मदन भण्डारीको विरासत बोकेकी विद्याको साथ ओलीलाई नेतृत्वमा पुग्ने मुख्य आधार बनेको थियो ।

Vianet communication

राजनीतिमा ओली–विद्या सम्बन्ध अहिलेसम्म ‘विन–विन’कै स्थितिमा छ । मुलुककै सर्वोच्च पद (राष्ट्रपति)मा दुई कार्यकाल बिताइसकेकी विद्या फेरि राजनीतिमा फर्किन सक्ने चर्चाका बीच उनलाई केन्द्रमा राखेर एमालेमा ध्रुवीकरण हुने संकेत देखिएको हो ।

भदौ १० गते नेकपा एमाले कोशी प्रदेशको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीमा विद्यादेवी भण्डारीलाई कसैले निषेध नगरेको बताएका थिए ।

राजनीतिमा ओली–विद्या सम्बन्ध अहिलेसम्म ‘विन–विन’कै स्थितिमा छ । मुलुककै सर्वोच्च पद (राष्ट्रपति)मा दुई कार्यकाल बिताइसकेकी विद्या फेरि राजनीतिमा फर्किन सक्ने चर्चाका बीच उनलाई केन्द्रमा राखेर एमालेमा ध्रुवीकरण हुने संकेत देखिएको हो ।

‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो ? कसले रोक्छ ? कसरी रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं,’ ओलीले पूर्ण बैठकलाई सम्बोधन गर्दै भनेका थिए ।

उनले कोशीका नेताहरू पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न गएको प्रसंग पनि निकालेका थिए । ‘

विनोद ढकाल, शेरधन राईलगायतका नेताहरूले भेट्नुभएको रहेछ । हाम्रै पूर्व उपाध्यक्ष समेत भएकाले भेटघाट गर्नु सामान्य हो,’ यसो भनिरहँदा उनको हाउभाउ भने सहज देखिएको थिएन ।

एमाले कोशी प्रदेश अध्यक्षका लागि हाल चार नेताको नाम चर्चामा छ ।

हालका अध्यक्ष तुलसी न्यौपाने तथा नेताहरू विनोद ढकाल, घनश्याम खतिवडा र टीकाराम चेम्जोङले अध्यक्षका लागि लाइन मिलाउने प्रयास गरिरहेका छन् ।

केन्द्रीय सदस्य विनोद ढकाल मोरङका नेता हुन् । संगठनमा बलियो पकड भए पनि संसदीय चुनाव उनलाई अफाप सिद्ध हुँदै आएको छ । साथै, पछिल्लो समय अध्यक्ष ओलीसँग पनि उनको त्यति राम्रो सम्बन्ध नरहेको समकक्षीहरू बताउँछन् ।

‘संसद् विघटन गर्नु गलत हो भनेर ढकालले केही नेताहरूसँग भन्नुभएको रहेछ,’ ढकालका एक समकक्षीले भने, ‘उक्त कुरा ती नेताहरूले अध्यक्ष ओलीलाई लगेर सुनाएछन् । त्यसपछि सम्बन्ध बिग्रिएको हो ।’ 

ओलीले बैठकमा बोलेको प्रसंग उद्धृत गर्दै जिज्ञासा राख्दा ढकालले पूर्व राष्ट्रपति भण्डारीसँग भेटेको स्वीकारे । ‘उहाँ राष्ट्रपति हुँदा पनि भेट्ने गरेको थिएँ, अहिले पनि काठमाडौं गएका बेला भेट्छु,’ ढकालले लोकान्तरसँग भने ।

अध्यक्ष केपी शर्मा ओली

***

हालका अध्यक्ष तुलसी न्यौपाने संखुवासभाका हुन् । उनी २०७४ मा प्रदेशसभा सदस्यमा चुनिएका थिए । संखुवासभाबाटै प्रतिनिधित्व गर्ने नेता राजेन्द्र गौतमसँग कुरा नमिलेपछि माधव नेपालतिर लागेका न्यौपाने एमाले विभाजनअघि ओलीतिरै फर्किएका थिए ।

तत्कालीन अवस्थामा उनलाई प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनाइएको थियो । सो समय माधव नेपाल समूह छाडेर एमालेमै बसेका भीम आचार्य मुख्यमन्त्री थिए ।

नेकपाकालमा हालका सभामुख देवराज घिमिरे प्रदेश अध्यक्ष थिए । उनीपछि न्यौपानेलाई प्रदेश अध्यक्ष बनाइएको थियो । अहिले पनि न्यौपानेले अध्यक्षमा दोहोरिन चाहेका छन् ।

***

मोरङकै पुराना नेता घनश्याम खतिवडा पनि प्रदेश अध्यक्ष बन्ने दौडमा छन् । घनश्यामलाई पूर्वका प्रभावशाली नेतामध्ये एक गुरु बरालले साथ दिएका छन् । राजनीतिमा बराललाई ओलीका समकक्षी भन्ने गरिएको छ ।  

धनकुटाका टीकाराम चेम्जोङ पनि अध्यक्षको लाइनमा छन् । उनी प्रदेश कमिटीको उपाध्यक्ष पनि छन् । चार नेताले खुलेर दाबी गरे पनि उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् । जिल्ला–जिल्ला पुगेर माहोल बनाउनेमा उनीहरूको ध्यान केन्द्रित छ ।

आकांक्षीहरू अध्यक्ष कि पूर्व राष्ट्रपति भनेर ध्रुवीकृत हुँदैछन् । झापाबाहेकका जिल्लामा पूर्व राष्ट्रपति भण्डारीको राम्रो पकड र प्रभाव छ ।

पूर्व राष्ट्रपति क्याम्पबाट उम्मेदवार बन्न चाहेका ढकाललाई प्रदेश १ (हाल कोशी)का संस्थापक मुख्यमन्त्री शेरधन राईको पनि साथ छ ।

भोजपुरका शेरधनलाई पनि पूर्व राष्ट्रपति भण्डारीनिकट मानिन्छ । भण्डारीको माइती भोजपुर नै भएकाले उनीहरूले दिदीभाइको साइनो लगाउने गरेका छन् ।

कोशी प्रदेश सरकारको नेतृत्व (मुख्यमन्त्री)मा पुनर्बहाली गरेका हिक्मत कार्की र संस्थापक मुख्यमन्त्री शेरधन राईबीच पछिल्लो समय सम्बन्ध बिग्रिएको छ ।

प्रदेश नामकरणका बेला पहिचानको विषयलाई लिएर कार्की र राईबीच दूरी बढेको हो । निकटस्थहरूका अनुसार पहिचानवादी आन्दोलन चलिरहेका बेला राईले सहयोग चाहिन्छ कि कमरेड भनेर कार्कीलाई सोधेका थिए । तर, कार्कीले केही चाहिँदैन भनेर वास्ता नगरेको उनीहरूको दाबी छ ।

कार्की र विनोद ढकालबीच पनि विद्यार्थीकालदेखि नै सुमधुर सम्बन्ध रहन नसकेको नेताहरू बताउँछन् ।

पूर्व मुख्यमन्त्री शेरधन राईले सकेसम्म सहमतिका लागि प्रयास गर्ने र त्यसो हुन नसके लुम्बिनीमा जस्तै निर्वाचन हुने बताए । अहिले नै ४/५ जना आकांक्षी देखिएकाले निर्वाचनको सम्भावना प्रबल रहेको उनको भनाइ छ ।

‘कोशी प्रदेशमा अध्यक्ष ओली वा पूर्व राष्ट्रपति भण्डारीको आशीर्वाद पाएर नेतृत्वमा पुग्छु भन्ने कसैले सोच्नुभएको छ भने त्यो गलत हो । पूर्व राष्ट्रपति राजनीतिमा आउने/नआउने पनि अहिलेसम्म टुंगो छैन । कुनै नेतालाई उहाँको आशीर्वाद छ भन्ने कुरा गलत हो,’ राईले लोकान्तरसँग भने, ‘त्यसैगरी अध्यक्षको नाम जोडिनु पनि गलत नै हो ।’

‘प्रदेश कार्यकारी कमिटी हो । पावर एक्सरसाइज गर्न सक्ने हैसियतको पद भएकाले पनि सबैको चासो हुनु स्वाभाविक हो,’ राईले लोकान्तरसँग भने, ‘आफूलाई क्वालिफाइड ठानेर दाबेदारका रूपमा प्रस्तुत हुनुलाई अन्यथा मान्न मिल्दैन ।’

पूर्व राष्ट्रपतिलाई जोडेर चर्चा गरिनु गलत भएको उनले बताए ।

‘कोशी प्रदेशमा अध्यक्ष ओली वा पूर्व राष्ट्रपति भण्डारीको आशीर्वाद पाएर नेतृत्वमा पुग्छु भन्ने कसैले सोच्नुभएको छ भने त्यो गलत हो । पूर्व राष्ट्रपति राजनीतिमा आउने/नआउने पनि अहिलेसम्म टुंगो छैन । कुनै नेतालाई उहाँको आशीर्वाद छ भन्ने कुरा गलत हो,’ राईले लोकान्तरसँग भने, ‘त्यसैगरी अध्यक्षको नाम जोडिनु पनि गलत नै हो ।’

ओली र भण्डारीका अलावा उपाध्यक्ष सुवास नेम्वाङ, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू अग्नि खरेल, गुरु बराल, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल, राजेन्द्र गौतम, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डितलगायत यही प्रदेशका हुन् ।

कतिपय भने अध्यक्ष ओलीले विशाल भट्टराईलाई प्रदेश अध्यक्ष बनाउने भनेर वाचा गरिसकेको दाबी गर्छन् । भट्टराईको हकमा पूर्व राष्ट्रपति भण्डारीको पनि समर्थन रहने उनीहरूको दाबी छ ।

यसरी गरिँदैछ प्रतिनिधि छनोट

कोशी प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट शुरू भएको छ ।

प्रदेश कमिटीका सचिव चिन्तन पाठकका अनुसार कोशीमा एमालेका ९४ हजार पार्टी सदस्य छन्, तिनैभित्रबाट १ हजारदेखि ११ सय प्रतिनिधि प्रदेश अधिवेशनमा सहभागी हुनेछन् ।

चारवटा इकाइबाट प्रतिनिधि छनोट गरिने उनले बताए ।

दलित र मजदुर प्रतिनिधि संघीय निर्वाचन क्षेत्रबाट छानिने छन् भने पालिकाबाट खुला प्रतिनिधिहरू चयन हुनेछन् । त्यस्तै  जनसंगठनका प्रतिनिधिहरू प्रदेश इकाइबाट चयन हुनेछन् ।

सबै इकाइबाट महिला र युवा प्रतिनिधित्व सुनिश्चित गरिने पाठकले बताए ।

सचिव पाठकका अनुसार एमाले कोशी प्रदेश कमिटीले भदौ २३ गते (शनिवार) एकै दिन प्रदेशमा थपिएका १८ हजार नयाँ सदस्यलाई शपथ गराउनेछ ।

असोज ५ गते सबै इकाइमा प्रतिनिधि छनोट हुनेछन् । ‘प्रतिनिधिहरूको नाम असोज ७ भित्र प्रदेशमा आइसक्नुपर्ने कार्यतालिका रहेको पाठकले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x