×

NMB BANK
NIC ASIA

सरकार घेराबन्दी पर्ला तर फाइल खोल्न छाडिन्न : मन्त्री गुरुङ

स्याङ्जा | भदौ २४, २०८०

NTC
Premier Steels

कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन कायम गर्ने सन्दर्भमा पछाडि नहट्ने दाबी गरेका छन् । नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जा सदरमुकाममा विपी कोइरालाको एक सय १०औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘विपी विचार गोष्ठी’ कार्यक्रममा उनले सुशासन कायम गराउने सन्दर्भमा कसैलाई पनि छाड्न हुन्न भन्ने पक्षमा आफू रहेको बताए ।

Muktinath Bank

“सुशासन कायम गर्ने क्रममा ठूला फाइलहरु खोल्दा सरकारलाई घेराबन्दी हुन पनि सक्छ”, उनले भने, “सुशासन कायम हुन्छ भने सरकार ढलेर केही फरक पर्दैन ।” कुनै पनि पार्टीको मुख नहेरी जो सुकै भए पनि भ्रष्टाचारीहरुलाई कानुनी कारबाहीमा ल्याउनैपर्छ भन्ने पक्षमा आफू सदैव उभिने उनको दाबी थियो । “भोलि सरकार रहला नरहला, म पदमा रहुँला नरहुँला त्यसले केही फरक पार्दैन”, उनले भे, “तर भ्रष्टाचारी भनेको भ्रष्टाचारी नै हो जो सुकै भए पनि कानुनी दायरामा ल्याउनै पर्छ भन्ने पक्षको अडानमा म रहन्छु ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसका केन्द्रीय उपसभापतिसमेत रहेका मन्त्री गुरुङले विपीले देखाएको मार्गदर्शनमा हिँड्न सके ठीक र हिँड्न नसक्नेहरु गलत हुने बताए । “विपीले देखाएको मार्गदर्शनलाई व्यवहारमा कार्यान्वयन गर्न नसके काम छैन”, उनले भने, “बोलेरभन्दा पनि कर्मबाट विपीका मार्गदर्शनहरुलाई पछ्याउँदै हिँड्न सकेको खण्डमा सफलता प्राप्त हुन्छ ।”


Advertisment
Nabil box
Kumari

प्रतिनिधिसभा सदस्य एवं कांग्रेस स्याङ्जा जिल्ला सभापति राजु थापाले आज पनि विपीका सिद्धान्तहरु उत्तिकै सान्दर्भिक रहेको बताए । विचार गोष्ठीमा गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्याल, महेश भट्टराई, गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य भागवतप्रकाश मल्ल लगायतले मन्तब्य व्यक्त गरेका थिए । कांग्रेस स्याङ्जाले पार्टी कार्यालय स्याङ्जामा खुल्ला रक्तदानसमेत गरेको थियो ।रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x