असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
राजनीतिशास्त्री, संविधानविद्, अर्थविद् र प्राध्यापकले समकालीन नेतृत्वको भिजन र हुटहुटी बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री हुँदा जत्तिको पनि नभएको बताएका छन् । नेपाली कांग्रेसले बीपीको ११० औं जन्मजयन्तीका अवसरमा केन्द्रीय कार्यालय ललितपुरको सानेपामा गरेको बीपी साहित्य महोत्सवमा उनीहरूले बीपीमा ६५ वर्ष अगाडि भएको जत्ति भिजन र हुटुहटी समकालीन नेतृत्वमा नभएको बताएका हुन् । ‘बीपीले नपाएको १५ वर्ष’ सेसन कार्यक्रमका सहभागी उनीहरूले बिपीको चिन्तन, योजना र कार्यशैली लोभलाग्दो भएको बताएका हुन् ।
कांग्रेस महामन्त्री गगन थापाले सहजीकरण गर्दै बीपीले नपाएको १५ वर्षमा मात्रै होइन र नेपाल र नेपालीले नै गुमाएको १५ वर्ष भन्दै सहभागीलाई प्रश्न गरेका थिए ।
थापाको प्रश्नमा राजनीतिशास्त्री र लेखक हरि शर्माले बीपीले १८ महिना पाउँदा भूमिसुधार, औद्योगिक विकास र परराष्ट्र प्रभावकारी काम गर्न सकेको बताए ।
‘हाम्रो राजनीतिमा बीपीले के देखाउनुभएको छ भने १८ महिनामा पनि काम गर्न सकिन्छ । उहाँले भूमिसुधार, औद्योगिक विकास र परराष्ट्र नीतिमा सुधारका काम गर्नुभयो,’ शर्माले भने, ‘राजनीतिककर्मीमा चिन्ता देखिन्छ । काम गर्ने र हुटहुटी कार्यक्रम चाहिन्छ भन्ने मुख्य विषय हो ।’
शर्माले विभिन्न पदमा भएका र जान खोज्नेले बीपीको पदचापको सकारात्मक प्रभावलाई आत्मसात गर्नुपर्ने बताए ।
‘अहिले पनि पार्टी राजनीतिमा पदमा भएका र जान खोज्ने थुप्रै हुनुहुन्छ । यस्तोमा बीपीले १५ वर्ष पाएको भए के हुन्थ्यो भन्ने मात्रै पनि होइन । अवसर पाउँदा बीपीले थालेको प्रयासमा के गर्यौं भन्ने मुख्य विषय हो,’ उनले भने ।
‘परिवर्तन सम्भव छ तर हुटहुटी चाहिन्छ’ भन्ने बिपीबाट आजको पुस्ताले सिक्नुपर्ने उनको भनाइ छ ।
२०१५ सालको निर्वाचनपछि जेठमा संसद्को बैठक बसे पनि बीपीले असोजमा नै भूमिसुधारको कार्यक्रम ल्याएका थिए ।
अर्थविद् एवं प्राध्यापक अच्युत वाग्लेले बीपीलाई आर्थिक पाटोबाट चिन्ने र पढ्ने काम नै नभएको बताए ।
‘बीपीले दोस्रो पञ्चवर्षीय योजना प्रस्तुत गर्दा आवधिक योजना र विकासका लाग २२ करोडको योजना ल्याउनुभयो । तर अर्कोमा १ अर्ब ९६ करोडको आयो । यो भनेका ९ गुणा बढी हो । यसमा पनि विकास खर्च १ अर्ब ५२ करोड थियो,’ वाग्लेले भने, ‘बीपी भूमि सुधार मुख्य हो भनेर लाग्नुभयो । जमिनसँग जुध्ने, खेल्ने र जोत्ने हो भन्ने उहाँको मान्यता थियो । सातौं र आठौं योजनामा पनि यस्तै अन्तर थियो । यसले पनि के देखाउँछ भने बीपी भिजनरी हुनुुहुन्थ्यो । स्रोत, साधन र योजनावद्ध विकासको चिन्तक हुनुहुन्थ्यो भन्ने देखाउँछ ।’
संविधानविद् विपिन अधिकारीले बीपीको रुपान्तरणको उर्जा झ्यालखानामा बन्धक भएको बताए । ‘बीपीले १५ वर्ष पाउनुभएको भए भूमि सुधार, शिक्षा, विकास र आधारभूत संरचनाको विकास हुन्थ्यो,’ अधिकारीले भने, ‘तर बीपीको रुपान्तरणका उर्जा झ्यालखानामा बन्धक भयो ।’
प्राध्यापक मञ्चलला झाले बीपीले १८ महिना अवसर पाउँदा १६ सय विद्यालय बनाएको बताइन् ।
‘१८ महिनाको अवसर पाउँदा बीपीले १६ सय विद्यालय स्थापना गर्नुभयो । यो सहज राजनीतिक अवस्थामा पनि सम्भव हुने कुरा थिएन । केही न केही निरंकुशतमा हुँदा पनि उहाँले गर्नुभयो,’ झाले भनिन्, ‘तर अहिले अरबौं लगानी लगाउँदा पनि २० औं वर्षसम्म पनि योजना पूरा भइरहेका छैनन् ।’
बीपीले १५ वर्ष पाएको भए अहिले नेपालीले विदेश जाने र ५ केजी मलका लागि प्रहरीको लाठी खाने दिने नआउने उनले बताइन् ।
बीपीमा समाजको विविधतालाई जोड्ने गज्जबको शैली भएको पनि उनले बताइन् ।
‘बीपीमा तराई, पहाड भन्ने भावना थिएन । उहाँका योजना र कार्यक्रममा समाजका विविधतलाई हेर्नुभयो,’ उनले भनिन्, ‘प्रत्येक नेपालीलाई मध्यम वर्षको बनाउने उहाँको सपना थियो । यस्तो भएको हामी ४० वर्ष अघि नै विकासशील देशमा प्रवेश गर्ने थियौं ।’
तर पटकपटक सरकारमा गए पनि कांग्रेसले बीपी मान्यतालाई पूरा नगरेको उनले बताइन् ।
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...