भदौ २६, २०८०
लेखक एवं पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनियाबाट ग्रसित पराजुलीको उपचारको क्रममा ललितपुरस्थित बिएण्डबी अस्पतालमा बिहान निधन भएको हो । पराजुलीका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् । पर...
बाह्रखरी मिडिया प्रालिले 'पाँचौं बाह्रखरी कथा प्रतियोगिता'मा सहभागिताका लागि कथाकारहरूलाई आह्वान गरेको छ ।
आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रालिले आगामी असोज मसान्त (३० गते)भित्र इमेलमार्फत कथा पठाउन आह्वान गरेको हो ।
सहभागिताका लागि कम्तीमा १५ सय र बढीमा ४ हजार शब्दसम्मका कथा पठाउन सकिने आयोजकले जनाएको छ ।
आगामी पुस ६ गते विशेष समारोहका बीच विजेता घोषणा गरिने बाह्रखरी डट्कमका प्रधानसम्पादक प्रतीक प्रधानले जानकारी दिए ।
कथाकारहरूलाई सिर्जनाका लागि प्रेरणा र उत्साह प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रधानले बताए ।
उनका अनुसार प्रथम हुने कथाकारलाई १ लाख, दोस्रोलाई ६० हजार र तेस्रोलाई ४० हजार नगदसहित पुरस्कृत गरिने छ ।
उत्कृष्ट २५ भित्र पर्ने अन्य २२ कथाकारले जनही ५ हजार पाउनेछन् ।
इमेल ([email protected], [email protected]) मार्फत प्राप्त हुने कथालाई शुरूमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारी संयोजकत्वको समितिले 'शर्टलिस्ट' गर्नेछ ।
५० वटा कथालाई अन्तिम प्रतिस्पर्धाका लागि निर्णायकसमक्ष पेश गरिने प्रालिले विज्ञप्तिमार्फत जनाएको छ ।
निर्णायकमा समीक्षक प्रा.डा. सावित्री कक्षपति, कथाकार महेशविक्रम शाह र चर्चित लेखक सुविन भट्टराई छन् ।
निर्णायकहरूले प्रथम, द्वितीय र तृतीयसहित उत्कृष्ट २५ कथा छनोट गर्नेछन् ।
प्रतियोगिताको पाँचौं संस्करणलाई 'डिसहोम'ले प्रायोजन गरेको आयोजकले जानकारी दियो । सहभागिताका लागि आयोजकले केही शर्तहरू समेत निर्धारण गरेको छ ।
यस्ता छन् शर्तहरू :
- नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्नेछ ।
- अघिल्ला वर्षका प्रतियोगितामा पठाइएका कथा दोहोऱ्याएर पठाउन पाइने छैन ।
- कथा अप्रकाशित र अप्रसारित (कतै प्रकाशन/प्रसारण नभएको) हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुञ्जेल प्रतियोगितामा पठाइएका कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।
- छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ । 'डिसहोम बाह्रखरी कथा प्रतियोगितामा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न आयोजकसँग पूर्वस्वीकृति अनिवार्य छ ।
- कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ ।
- प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ
- प्रतियोगिताका लागि छानिएका कथाकारलाई आयोजकले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ ।
हेर्नुहोस्, भिडियो :
लेखक एवं पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनियाबाट ग्रसित पराजुलीको उपचारको क्रममा ललितपुरस्थित बिएण्डबी अस्पतालमा बिहान निधन भएको हो । पराजुलीका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् । पर...
नेपाली साहित्यमा चिरपरिचित नाम हो भरत जङ्गम । यसो त बहुमुखी प्रतिभाका धनी हुन् उनी । पत्रकारिता, वकालत, प्राज्ञिक, धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक आदि धेरै क्षेत्रमा जबरजस्त पकड छ उनको...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका छन् । शनिवार शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२&ndas...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...