×

NIC ASIA

नाम मात्रैका ‘सुपथ मूल्य पसल

काठमाडौंबाहिर नाम मात्रैका ‘सुपथ पसल’: कतै खुलेकै छैनन्, भएकामा सामान पाइँदैन

विराटनगर | असोज २४, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

संघीय सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा सुपथ मूल्यका सहुलियत पसलहरू सञ्चालन गरिरहेको दाबी गर्छ । चाडपर्वलक्षित सहुलियत पसलबाट सर्वसाधारणले सुपथ मूल्यमा उपभोग्य वस्तु पाउने सरकारी दाबी छ । 

काठमाडौंका विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालनमा आए पनि उपत्यकाबाहिर भने धेरै ठाउँमा सञ्चालनमा आएका छैनन् । पूर्वी नेपालमा अहिलेसम्म कुनै सहुलियत पसल सञ्चालनमा आएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश र स्थानीय सरकारहरू यसबारे अनभिज्ञ छन् । कोशी प्रदेश सरकारको कृषि, उद्योग तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले सुपथ मूल्यका पसलहरू सञ्चालन गर्ने सम्बन्धमा संघीय मन्त्रालयबाट कुनै परिपत्र नआएको बताए ।  ‘अहिलेसम्म हामीलाई संघीय सरकारबाट यसका लागि कुनै परिपत्र वा समन्वयको प्रस्ताव आएको छैन, त्यस्तो प्रस्ताव आएको खण्डमा हामी सुपथ मूल्य पसल सञ्चालन गर्न आवश्यक समन्वय गर्छौं,’ उनले भने । प्रदेश सरकारले पनि सुपथ मूल्य पसल सञ्चालन गर्नेबारे कुनै निर्णय नगरेको उनले बताए । प्रदेश मात्रै होइन स्थानीय सरकार पनि यसबारे बेखबर छन् । 


Advertisment
Rupse Holidays
Nabil box

विराटनगरका उपभोक्ता अधिकारकर्मीहरूले प्रदेश सरकार र विराटनगर महानगरपालिकालाई सुपथ मूल्य पसल सञ्चालन गर्न केही समयअगाडि नै आग्रह गरेका थिए । तर, प्रदेश सरकार र महानगर दुवैले यस विषयमा कुनै चासो नदेखाएको उनीहरूको गुनासो छ । 

Vianet communication

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महानगरले छुट्टै सहुलियत पसल सञ्चालन नगरेको बताए । ‘नगर परिषद्मा यस विषयमा छलफल भएको थियो, दशैँ तिहारलाई लक्षित गरेर मात्र होइन सबै दिन चल्ने गरी केही पसल चलाउनुपर्छ भनेर प्रस्ताव आएको थियो,’ अधिकृत पराजुलीले भने, ‘अहिलेसम्मको अभ्यासमा सरकारी निकायले चलाएका यस्ता पसलहरू सफल भएका छैनन् । त्यसैले केही अध्ययन गरेर मात्र अगाडि बढ्ने भन्ने भयो ।’ सुपथ मूल्य औषधि पसल भने सञ्चालन गर्नेतर्फ महानगर अगाडि बढेको उनले जानकारी दिए । 

संघीय सरकारले देशका ४७ जिल्लामा सहुलियत मूल्यका पसल सञ्चालन गर्ने निर्णय गर्दा मोरङलाई पनि समेटेको छ । तर, मोरङमा अहिलेसम्म सहुलियत मूल्यमा उपभोग्य वस्तुहरू पाइने एकीकृत पसल सञ्चालन भएको छैन । बरु मन्त्रालयले आफू मातहतको खाद्य संस्थान, साल्ट ट्रेडिङ कम्पनी र कृषि मन्त्रालयअन्तर्गतको दुग्ध विकास संस्थानलाई पत्राचार गरेर सहुलियत दिएर आफ्नो उत्पादन बिक्री गर्न पत्राचार गरेको छ । 

खाद्य संस्थानको विराटनगर कार्यालयका लेखा प्रमुख हरि भण्डारीले काठमाडौंजस्तो धेरै सामान पाउने गरी पसल सञ्चालन नभएको जानकारी दिए । मन्त्रालयको निर्णयअनुसार खाद्य संस्थान, साल्ट ट्रेडिङ कम्पनी, दुग्ध विकास संस्था आदिले विराटनगरमा पनि  सहुलियत मूल्यमा उपभोक्तालाई आफ्नो उत्पादन बिक्री गर्न थालेको उनले बताए । 

खाद्य संस्थानको विराटनगरस्थित गोदामबाट सहुलियत मूल्यमा स्टिम जिरा मसिनो चामल बिक्री गरिरहेको छ । संस्थानसँग स्टिम जिरा मसिनो चामलबाहेक अरू वस्तु छैन । 

संस्थानले यसअघि प्रतिकिलो ८३ रुपैयाँमा बिक्री गर्दै आएको उक्त चामल अहिले प्रतिकिलो ७ रुपैयाँ कम (७६ रुपैयाँ)मा उपलब्ध गराइरहेको छ । 

यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनले नुन र चिनी सहुलियत मूल्यमा बिक्री गरिरहेको छ भने डीडीसीले दूध र घिउमा छुट दिएको छ । योबाहेक उपभोक्ताले बजारबाटै दैनिक उपभोग्य वस्तु किन्नुको विकल्प छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x