×

NMB BANK
NIC ASIA

नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ, १ लाख ३९ हजार रुपैयाँ बरामद

बुटवल | असोज २५, २०८०

NTC
Premier Steels

पश्चिम नवलपरासीबाट नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ परेका छन् ।

Muktinath Bank

पक्राउ पर्नेमा तनहुँको ऋषिङ्ग गाउँपालिका–३ बस्ने २५ वर्षीय सुरज विक र पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्णबहादुर विश्वकर्मा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय नवलपरासीले नक्कली नोटसहित बुधवार उनीहरूलाई पक्राउ गरेको थियो । लगत्तै प्रहरीले नक्कली नोट छाप्ने मेसिन बरामद गरेको हो ।


Advertisment
Nabil box
Kumari

जिल्लाको बर्दघाट बजारको विनय होटल एण्ड रेष्टुरेण्टबाट १ लाख ३९ हजार नक्कली नोटसहित उनीहरू पक्राउ परेका थिए ।

Vianet communication

बर्दघाटमा पक्राउ परेका उनीहरूले बयानका क्रममा नक्कली नोट बनाउका लागि प्रयोग गर्ने मेसिन बुटवलमा राखेका बताएका थिए ।

सोही आधारमा बुटवलको अन्नपूर्ण खाजा तथा खाना घरबाट मेसिन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) काजीकुमार आचार्यले बताए ।

१ हजार दरका नक्कली नोटसहित पक्राउ परेका उनीहरूबाट नोट बनाउनका लागि प्रयोग हुने कागज, स्ट्याम प्याड, स्केललगायतका समानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

null

मोबाइल फोन बन्द गरेर ह्वाट्सएपबाट कुराकानी गर्दै आएका उनीहरूलाई महिला प्रहरीमार्फत हनी–ट्रयापमा पारेर पक्राउ गरिएको थियो ।

उनीहरू लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू चाडपर्वको मौका पारेर नेपाल आएका थिए ।

यसैबीच नक्कली नोट बनाउने गिरोह नै रहेको प्रहरीले जनाएको छ ।


बुधवार नै उनीहरूकै समूहमध्येका २ जना तनहुँमा पक्राउ परेका एसपी आचार्यले बताए । अनुसन्धानमा अहिलेसम्म ४ जना रहेको पाइएको उनले बताए ।

नक्कली नोट बजारमा साटेर सक्कली लिनका लागि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका बजार क्षेत्रलाई लक्षित गरेर उनीहरू दुई समूहमा विभाजन भएका प्रहरीले जनाएको छ ।

‘यिनीहरूले ठूलो रकम दिएर नक्कली नोट साट्ने गरेको पाइएन, पसलमा १ सयको सामान किनेर ९ सय सक्कली नोट लिँदै हिँडेको पाइयो’ एसपी आचार्यले भने । 

पक्राउ परेका उनीहरूलाई मुद्रासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x