×

NIC ASIA

कोशीमा फुट्यो कांग्रेसको भंगालो

कोशीमा एमालेसँग मिलेर शेखरले विद्रोह गरेपछि अब के गर्छ संस्थापन पक्ष ?

काठमाडाैं | असोज २५, २०८०

Prabhu Bank
NTC
Premier Steels

आफूलाई बेवास्ता गरेपछि नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि नेकपा (एमाले)सँग मिलेर पार्टीमा विद्रोह गरेका छन् । कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको नाममा सहमति नजुटेपछि सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्यो । यसपछि शेखरले विद्रोह गरेका हुन् । 

Muktinath Bank

सत्ता गठबन्धनले आङ्बोलाई मुख्यमन्त्री बनाउन ४७ जनाको हस्ताक्षर बुझाएर दाबी विरोध गरेका थिए । लगत्तै शेखर पक्षका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ जनाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले आफ्ना सबै २९ जना (कार्कीसहित), माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरी ४७ जनाको सांसद पुर्याएर पहिले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर शेखर पक्षका ८ सांसद उपस्थिति भएर सनाखत गर्दै एमालेका सांसदको सहयोगमा मुख्यमन्त्रीमा कार्कीलाई अगाडि सारेका हुन् । केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने कांग्रेस सांसदमा उनका अलावा शमशेर राई, इन्दिरा थापा, रामकुमार खत्री, मानबहादुर लिम्बू ,सुनीताकुमारी गुरुङ, लीलाकुमारी राई र गोविन्द गिरी छन् ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

पहिलेदेखि नै शेखरले कार्कीलाई मुख्यमन्त्री बनाउन जोड गर्दै आएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तयार भएका थिएनन् । तर आफूसँग कुनै छलफल नै नगरी आङ्बोको नाममा सहमति गरेपछि शेखर पक्ष एमालेसँग मिलेर मुख्यमन्त्री दाबी गर्ने पक्षमा पुगेको हो । 

‘कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर शेखर दाइले निरन्तर प्रयास गर्नुभएकै हो । सभापतिलाई दुईपटक भेट्दा महामन्त्री मान्दैनन् भनेर देखाउनुभयो । महामन्त्री दुवैजना सम्पर्कमा आएनन् । प्रधानमन्त्रीसँग सोध्दा तपाईंको सभापतिले मान्नुभएन भनेर देखाउनुभयो,’ शेखरनिकट स्रोतले लोकान्तरलाई भन्यो, ‘पार्टीको जिम्मेवार नेता भए पनि उहाँसँग सल्लाह नमागीकन माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने समझदारी गरे । यसपछि सविधानले खुला राखेको विकल्पमा गएका हौं ।’ तर कांग्रेसको पार्टी संस्थापनले भने कोशीमा पार्टीभित्रको विद्रोहलाई आफ्नो चाहनाविपरीत भएको अप्रत्याशित भनेको छ । 

‘हिजोसम्म कोशीको विषयलाई लिएर असन्तुष्टि थियो । कांग्रेसले आफ्नै नेतृत्वमा मुख्यमन्त्री बनाउने नभए गठबन्धनभित्रैबाट बनाएर बाहिर नजाने निर्णय गरेको हो । तर कोशीमा असामान्य परिस्थिति आउने घटनाक्रम भएका छन्,’ कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘कोशीमा एउटा भंगालो फुट्यो । अब नेतृत्वको बैठक बसेर सामान्य, असामान्य, गम्भीर के भनेर धारण बनाउने हो भन्नुहोला । कांग्रेसकै नेता यत्तिको तहसम्म जानुहोला भन्ने लागेको थिएन ।’

कांग्रेसकै सांसदको हस्ताक्षर माओवादीका आङ्बो र पार्टीकै कार्की दुवैतिर प्रयोग भएपछि अब के होला भन्ने प्रश्नमा विश्वकर्माले प्रदेश प्रमुखले निर्णय लिने बताए ।

null 

‘आङ्बोलाई मुख्यमन्त्री बनाउन कांग्रेसका सबै सांसदको हस्ताक्षर बुझाइएको छ । उताबाट पनि कांग्रेसकै मुख्यमन्त्री बनाउन भन्दै हस्ताक्षर भएको बुझेका छौं,’ विश्वकर्माले भने, ‘अब यस्तोमा प्रदेश प्रमुखले तत्काल नियुक्त नगरी केही समय लिनुहोला भन्ने लागेको छ ।’ 

आफूले विश्वासको मत (४७ मत) पाउन नसक्ने देखेपछि एमालेबाट मुख्यमन्त्री भएका हिक्मत कार्कीले पदबाट राजीनामा दिएका थिए । लगत्तै प्रदेश प्रमुखले संविधानको १६८ (५) अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी गर्न शुक्रवार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए । एक दिनअगावै दुवै पक्षले मुख्यमन्त्रीमा दाबी गरे पनि फेरि सांसदको हस्ताक्षरले विवाद भएको छ । 

कोशीमा भइरहेको तनावका बीच कांग्रेस कोशी संसदीय दलका उपनेता हिमाल कार्कीले पदबाट राजीनामा दिएका छन् । संसदीय दलका नेतासँग कुरा नमिलेपछि राजीनामा दिएको उनले बताएका छन् । ‘मलाई दलको नेताले उपनेतामा मनोनित गर्नुभएको हो, उहाँसँग कुरा नमिलेपछि राजीनामा गरेको हुँ,’ उनले भने । 

कोशीमा कांग्रेसका सांसदले विद्रोह गरेको विषयमा प्रश्न गर्दा उनले पनि अनभिज्ञता प्रकट गरे । ‘सत्ता गठबन्धनबाट कांग्रेसका सबै सांसदको हस्ताक्षर बुझाएको सुनेका छौं । तर यिनै मध्येका केदार कार्कीको नाम पनि उल्लेख छ,’ हिमालले भने, ‘अर्कोतर्फबाट मुख्यमन्त्रीमा केदारले नै दाबी गर्नुभएको छ । उहाँहरूले बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी गरेपछि अब नियुक्त होला होला ।’

यता कोशी कांग्रेसले शुक्रबार आवश्यक निर्णयको लागि कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रसँगको समन्वयमा बैठक गरेर आवश्यक निर्णय लिने तयारी कांग्रेस कोशीको रहेको एक नेताले जानकारी दिए । 

तर संविधानको यो धाराअन्तर्गत सांसदले पार्टी बाहिरको उम्मेदवारलाई समर्थन गर्दा वा फरक समीकरण बनाउँदा कारबाही गर्ने र ह्वीप लगाउन मिल्दैन । 

तर शेखर समूहबाट विद्रोह गरेका ८ सांसदले गठबन्धनले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको दाबी गरेका छन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x