×

NMB BANK
NIC ASIA

कोशी प्रदेशको सत्ता राजनीति

कोशीको किचलोमा अर्को मोडः मुख्यमन्त्रीप्रति विश्वास, दलहरूबीच अविश्वास !

एमाले-माओवादी झगडा, तानातानमा मुख्यमन्त्री कार्की

विराटनगर | कात्तिक २, २०८०

NTC
Premier Steels

मुख्यमन्त्री केदार कार्कीले भारी मत पाएर विश्वासको लिएपछि पनि कोशी प्रदेशमा उस्तै किचलो देखिएको छ । मुख्यमन्त्रीले विश्वासको मत पाएर तत्कालीन अस्थिरता रोकिए पनि प्रदेशसभामा रहेका दलहरूबीच भने एकअर्काप्रति अविश्वास उस्तै देखिएको हो । यससँगै कोशी सत्तामाथिको किचलोले अर्को मोड लिएको छ ।  

Muktinath Bank

प्रदेशसभामा विश्वासको मतको प्रस्तावमाथिको छलफलमा नेकपा (एमाले) संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोप्रति लक्षित गर्दै खरो टिप्पणी गरे । उनले आङ्बोको नाम भने नलिइ भने, ‘सत्ता गठबन्धनले अमुक नेतालाई मुख्यमन्त्री बनाउने भएपछि हामी रन्थनियौं, हामी विक्षिप्त भयौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो क्रममा एमाले संसदीय दलका नेता कार्कीले हिम्मत गरेको भन्दै मुख्यमन्त्री कार्कीको भने प्रशंसा गरेका थिए । 


Advertisment
Nabil box
Kumari

‘केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि हामी विक्षिप्त भयौँ । यो संविधानअनुकूल भएन । गठबन्धनले यहाँका अमुक नेताको नाममा सहमति गरेको विज्ञप्ति आयो । त्यसपछि हामी रन्थनियौँ । त्यही बेला केदार कार्कीले हिम्मत गर्नुभयो । हामीले समर्थन गर्यौँ । उहाँलाई हामीले समर्थन गर्यौं र मध्यावधिमा जानसक्ने चक्रको अन्त्य गर्यौं,’ उनले थपे ।

Vianet communication

एमालेका कार्कीको यो अभिव्यक्तिले माओवादी केन्द्रका आङ्बोसँग उनको कटुताको पारो कुन हदसम्म उच्च रहेको भन्ने देखायो ।

कार्कीले प्रदेशसभामा गरेको उक्त अभिव्यक्तिको प्रतिक्रियास्वरुप माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले पनि त्यसको खरो प्रतिवाद गरे । उनले  गठबन्धनको अन्तरविरोधमा खेलेर सरकारमा किन घुसेको ? भन्दै कार्कीमाथि प्रश्न तेस्र्याए । उनले एमालेलाई नैतिकता भए सरकारबाट बाहिरिन आग्रह गरे ।

‘अनैतिक ढंगले गठबन्धनको अन्तरविरोधमा खेलेर र संविधानका केही प्रावधानलाई ख्यालमा राखेर एमाले जबरजस्ती गठबन्धनभित्र घुसेको छ । म उहाँहरूलाई आग्रह गर्न चाहन्छु– सरकारबाट बाहिरिएर नैतिकता प्रदर्शन गरोस्,’ आङ्बोले भनेका थिए । त्यसपछि एमाले झनै आक्रोशित भयो । माओवादी केन्द्रले आफैँले नैतिकता देखाएर सरकारमा आउनु नहुने एमालेको तर्क थियो । 

यी दुई नेता र दलबीचको नोकझोँक मिलाउने जिम्मा अब नवनिर्वाचित मुख्यमन्त्री केदार कार्कीको काँधमा आएको विश्लेषण गरिएको छ । एमाले र माओवादी केन्द्रको झगडाबीच मुख्यमन्त्री कार्कीले भने सहमतीय सरकार बनाउनेमा जोड दिए । 

‘अघिल्ला मुख्यमन्त्री (हिक्मत कार्की)ले पनि सहमतीय सरकारको प्रयास गर्नुभएको थियो । म पनि त्यही प्रयास गर्छु । छिट्टै मन्त्रिमण्डल विस्तार हुन्छ । माओवादी केन्द्रसँगै अरू सबै दलसँग वार्ता गर्छौं । सबैको सहयोग लिएर सरकार अगाडि बढ्छ । सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ,’ उनले स्पष्ट पारे । 

मुख्यमन्त्री कार्कीले सहमतिको कुरा गरे पनि एमाले र माओवादी केन्द्र दुवैलाई मिलाउनु उनका लागि चुनौती देखिन्छ । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनै हुँदैन भन्ने एमालेको अडान र एमालेलाई सरकारमा किन बसेको तुरुन्त निस्क भन्ने माओवादीलाई मिलाउने चुनौती उनीमाथि छ ।

किनकि, मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, उनकै नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसदले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री कार्कीले पाएको भारी मतका पछि दलहरूको आ–आफ्नै स्वार्थ प्रधान पक्ष रहेको विश्लेषण गर्न सकिन्छ । 

दलहरूको स्वार्थ र बाध्यताको फाइदा मुख्यमन्त्री केदार कार्कीलाई भएको छ ।  आफ्नै दल कांग्रेस र सत्ता गठबन्धनको संस्थागत निर्णयको विपक्षमा उभिएर विद्रोह गर्दै मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले समर्थन गरेको थियो । गठबन्धनभित्रको असन्तोषमा खेल्न कार्कीलाई मुख्यमन्त्री बन्न सघाएको एमालेलाई त्रसित पार्ने गरी गठबन्धन दलहरूले पनि विश्वासको मत दिएका छन् । यसले पनि कोशीमा दलहरूबीच अविश्वास बढाएको हो । 

कांग्रेसको विद्रोही पक्ष डा शेखर कोइराला पक्षका कार्कीलाई सघाएको एमाले सरकारमा गठबन्धनका दलहरूको प्रवेश रोक्न लागेको छ । अर्कोतिर गठबन्धन दलहरू भने कार्की नेतृत्वको सरकारलाई आफ्नै बनाउने प्रयासमा लागेका छन् । 

मुख्यमन्त्री कार्कीले प्रायः सबैजसो दलको मत पाएपछि कोशीको सत्ता राजनीति फेरि एकपटक रोचक मोडतिर अघि बढेको छ ।  विद्रोह गर्नका बाबजुद पनि आफ्नै दल कांग्रेसले उनलाई विश्वासको मत दिएको छ । कांग्रेस माओवादी केन्द्रसहितको गठबन्धनमा पनि छ । यस्तोमा आफ्नै दल कांग्रेस सामेल गठबन्धनको दबाब एकातिर उनीमाथि छ ।

अर्कोतिर आफूलाई मुख्यमन्त्री बनाउन सघाउने एमालेको दबाब पनि झेलिरहेका उनले उत्तिकै झेलिरहेका छन् । यसअघि एमालेलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका मुख्यमन्त्री कार्कीले अब सरकार कसरी थप विस्तार गर्छन् भन्ने विषयले प्रदेशको राजनीतिको नयाँ यात्रा तय गर्ने विश्लेषण गरिएको छ ।

  


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x