पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कोशीमा नेपाली कांग्रेसका ८ सांसदले विद्रोह गरेपछि यसको असर अन्य प्रदेशमा पनि पर्न सक्ने देखिएको छ ।
डा. शेखर कोइराला पक्षका ८ सांसदले विद्रोह गरेर कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि बागमती प्रदेशमा पनि सत्ता समीकरणको फेरबदलका विषय उठेका छन् ।
नेपाल प्रेस युनियनले गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका ४ सांसदले बागमती सरकार बदल्न प्रस्ताव गरेको बताएका हुन् ।
‘आज बिहानमात्रै बागमती प्रदेशका ४ जना सांसदहरू आउनुभयो । बागमतीमा हामी ठूलो पार्टी हौं । हामी माओवादीलाई मान्दैनौं । सरकार बदलौं र हाम्रो नेतृत्वमा सरकार बनाऔं ।’ गगनले भने ।
आफूलाई यस्तो प्रस्ताव लिएर आउनेलाई थापाले सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाकोमा जान भनेको पनि जानकारी दिएका हुन् । प्रस्ताव लिएर आउने को हो भनेर थापाले खुलाएनन् । तर कोशीको विद्रोहको बाछिटा बागमतीमा पनि आएको उनको भनाइले पुष्टि गर्छ ।
‘कोशीमा विद्रोह भएपछि बागमतीमा पनि केही बाछिटा देखिएका छन् । नतिजा यसैको प्रयत्नस्वरुप सांसदहरू काठमाडौं आएका हुन् सक्छन्’ गगन थापा निकट स्रोत भन्छ, ‘तत्काल बागमतीमा सरकार बदलिँदैन भन्ने थाहा भए पनि आधार तयार गरौं भनेर नेताहरू काठमाडौं आएको हुन सक्छ ।’
पेचिलो कांग्रेसको आन्तरिक समीकरण
संसदीय दलको निर्वाचनमा बहादुरसिंह लामाले इन्द्र बानियाँलाई पराजित गरेयता बागमती कांग्रेसमा तनावको स्थिति छ ।
पार्टी सभापति देउवासमेत लामाको पक्षमा लागेपछि लामाले २१ र बानियाँले १६ मत ल्याएका थिए । तर दुवै संस्थापन निकटका लामा र बानियाँबीचको द्वन्द्व अहिले पनि साम्य भएको छैन । यसैले कोशीको मोडल बागमतीमा लागू गर्न दबाब पुगेको एक सांसद बताउँछन् ।
‘लामा र बानियाँ दुवै संस्थापन निकट हुन् तर उनीहरूबीच द्वन्द्व पनि उत्तिकै छ । किनकि आफ्नो पहुँच र प्रभाव हुँदा पनि दलको निर्वाचनमा हार्नुपर्दा बानियाँलाई ठूलो तनाव छ । यस्तोमा दलको नेता लामा भए पनि सांसदमा पकड भने बानियाँकै छ’ ती सांसद भन्छन्, ‘यस्तोमा कोशी मोडल नै भन्ने त होइन तर ठूलो दलको रुपमा कांग्रेसले गठबन्धन भित्रबाटै बागमतीको नेतृत्व गर्नुपर्छ भन्ने बहस ठीकै हो ।’
कोशीको जस्तै गरी आकार आउने गरी बागमतीमा विद्रोह नहुने तर कांग्रेस नेतृत्वमा सरकार बनाउन छलफल भएको ती सांसद बताउँछन् ।
‘बागमतीमा कांग्रेस र माओवादीबीच आधा–आधा कार्यकाल मुख्यमन्त्री चलाउने समझदारी भएको छ । अहिले नै कार्यकाल आधा भएको छैन तर कांग्रेसभित्र अब हामीले सरकारको नेतृत्व गर्ने गरी छलफल अगाडि बढाउनुपर्छ भनेर दलका नेताबीच भेटघाट भएको छ’ ती सांसद भन्छन्, ‘कोशीमा जसरी विद्रोहा नहोला र अब बागमतीमा आफ्नै मोडलको प्रक्रियामा अगाडि बढ्ने तयारी गर्न ठूलो दबाब छ ।’
ती सांसदका अनुसार बागमतीको सरकार, कांग्रेसका मन्त्रीको कार्यसम्पादनमा सभापति देउवा र उनी पक्षीय सांसद नै सन्तुष्ट नरहेको बताइन्छ । यही असन्तुष्टिकाबीच कोशीलाई देखाउँदै सभापतिसहित शीर्ष नेतालाई मनाउन सांसदहरू काठमाडौं धाएको ती सांसद बताउँछन् ।
आफ्नो प्रभाव रहेको ठाउँमा लामा हाबी भएदेखि नै असन्तुष्ट बन्दै आएका बानियाँले कोशीको ताजा अवस्थालाई देखाउँदै सहमतिको सरकारमा जोड दिएका नेताहरू बताउँछन् । कांग्रेस सरकारमा रहे पनि बहुमत सांसद माओवादी नेतृत्वको वर्तमान सरकारसँग असन्तुष्ट रहेका छन् ।
संसदीय दलमा १६ मत ल्याए पनि बानियाँलाई समर्थन गर्ने सांसदको बहुमत रहेको अर्का एक सांसद बताउँछन् । ‘विविध कारणले उहाँले १६ मत पाउनुभएको थियो । तर अहिले उहाँलाई समर्थन गर्ने सांसदको संख्या २० हाराहारी पुगिसकेको छ’ ती सांसद भन्छन्, ‘दलको नेता फेर्ने गरी प्रक्रियामा प्रवेश नगरेको मात्रै हो । तर उकुसमुकुस धेरै छ । यही उकुसमुकुस लिएर सांसदहरू महामन्त्री गगन थापालाई भेट्न काठमाडौं आएका हुन् ।’
कोशीमा जस्तो गरी बागमतीमा विद्रोह गरेर एमालेसँग मिल्ने र सरकार परिवर्तन गराउन सक्ने 'स्ट्रेन्थ' डा. शेखर कोइराला पक्षसँग छैन । तर सरकार फेरिने अवस्थामा दबाब पुर्याउन सक्ने मत भने शेखर पक्षसँग रहेको छ ।
कोशीको जस्तो प्रदेशसभाका अप्ठ्यारो अंकगणित बागमतीमा छैन । यसैले कोशीमा जस्तै गरी एमालेसँग मिलेर सरकार परिवर्तन गराउने सामथ्र्य शेखरसँग नभएको नेताहरू बताउँछन् ।
तर संस्थापनभित्रैको उकुसमुकुसले भने बागमतीमा ठूलो दल कांग्रेस नेतृत्वमा सरकार बनाउन दबाब रहेको बागमतीका कांग्रेस सांसद कुन्दनराज काफ्ले बताउँछन् ।
के छ बागमतीको अंकगणित ?
बागमतीको ११० सिटको प्रदेशसभामा २१ सिट भएको तेस्रो दल माओवादीका शालिकराम जमकट्टेल मुख्यमन्त्री छन् । बागमतीमा कांग्रेस ३७ सिटसहित पहिलो, एमाले २७ सिटसहित दोस्रो दल छ ।
यस्तै, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...