×

NMB BANK
NIC ASIA

सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार छ : प्रधानन्यायाधीश

काठमाडाैं | पुस ७, २०८०

NTC
Premier Steels

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार रहेको बताएका छन्। नेपाल बार दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘६८ औँ बार डे’ २०८० का अवसरमा उनले प्रविधिमैत्री सेवा दिन आफूले प्रयत्न गरिरहेको बताए । 

Muktinath Bank

सुधारका पाटो खोज्ने क्रममा प्रविधिमैत्री वातावरण बनाउन आफू लागिपरेको बताउँदै प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिको प्रयोग गरेर अनियमिमता रोक्न सकिने विश्वास व्यक्त गरे। जुनसुकै जिल्लाबाट बकपत्र गर्न काठमाडौँ नै आउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले आफू प्रधानन्यायाधीश नियुक्त भएदेखि विशेष अदालत, श्रम अदालत र वैदेशिक रोजगार न्यायाधीकरणमा भिडियो कन्फ्रेन्समार्फत बहस गर्न सक्ने प्रविधि स्थापना गर्ने प्रयास भइरहेको जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा काठमाडौँ जिल्ला अदालत बारका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले एकअर्कालाई गालीगलौज गरेर न्यायपालिका सुध्रिने अवस्था नरहने भन्दै त्यसलाई कमजोर पार्ने काम कसैबाट पनि नगर्न आग्रह गरे । विशेष अदालत बारका अध्यक्ष अधिवक्ता चुडामणि पौडेलले नेपाल बार एशोसिएसन के गर्दैछ र के गर्न जरुरी छ भनेर समीक्षा गर्न आवश्यक जरुरी रहेको बताए ।
‘स्वतन्त्र न्यायपालिका प्रविधिमैत्री सेवा, सक्षम कानुन व्यवसायी पेसागत मर्यादा’ भन्ने नाराका साथ उच्च अदालत बार एशोसिएसन पाटन, विशेष अदालत बार एशोसिएसन, काठमाडौँ जिल्ला अदालत बार, भक्तपुर जिल्ला अदालत बार, ललितपुर जिल्ला अदालत बार र काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसिएसनको संयुक्त आयोजनामा भएको कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, उच्च अदालत बार पाटनका अध्यक्ष शान्तिराम खतिवडा, नेपाल बारका महिला समिति उपाध्यक्ष आशा राईलगायतले ‘६८ औँ बार डे’ सफलताको कामना गरेका थिए ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x