×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

बालकुमारी घटनापछि सरकारको तीव्र आलोचना, जिम्मेवार अधिकारीमाथि कारबाही

काठमाडाैं | पुस १५, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
शुक्रबार भएको बालकुमारी घटनालाई लिएर सरकारको तीव्र आलोचना भएको छ । यस्तै सरकारले पनि घटनालाई गम्भीरतापूर्वक लिँदै जिम्मेवार अधिकारीमाथि आवश्यक कारबाही अघि बढाएको छ । जसअनुसार गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानेको छ ।

Muktinath Bank

यस्तै, गृहले जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक  सिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।
००००
सरकारले ललितपुरको बालकुमारी क्षेत्रमा शुक्रवार भएको दुई जनाको ज्यान जाने घटनालाई दुःखद् भनेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई जनही १० लाख दिने निर्णय गरेको जानकारी सरकारकी प्रवक्ता रेखा शर्माले दिइन् । शुक्रबार बालकुमारीको झडपमा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको दुःखद् निधन भएको थियो । 
००००
ललितपुरको बालकुमारीमा भएको घटनाको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । विभिन्न राजनीतिक दलका युवाहरूले शनिवार माइतीघरमा प्रदर्शन गरेका हुन् । यस्तै बुटवल, सुर्खेत, दैलेख लगायतका स्थानमा पनि विरोध प्रदर्शन भएको छ ।


Advertisment
Nabil box
Kumari

ईपीएस परीक्षामा फाराम भर्ने विषयमा भएको विवादमा भएको झडपमा दुई जनाको मृत्यु भएसँगै सरकारको आलोचना भइरहेको छ।  प्रहरीको लापरबाहीले अनाहकमा दुई युवाले ज्यान गुमाउनु परेको आरोप लागेको छ । 
००००
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । 
००००
काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत, पाटन जाने भएको छ ।

Vianet communication

अदालतको निर्णयबाट असन्तुष्ट भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत जाने उनका एक वकिलले बताए ।
लामिछाने जिल्ला अदालत काठमाडौंबाट शुक्रवार मात्रै जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका थिए । 

न्यायाधीश शिशिरराज ढकालको इजलासले जबरजस्ती करणीको मुद्दामा किशोरी साबालिग रहे पनि लामिछाने दोषी रहेको ठहर गरेको थियो ।
००००
जनता समाजवादी पार्टी नेपालले आगामी पुस २५ र २६ गतेको राजनीतिक समितिको बैठक र पुस २७ गते बस्ने केन्द्रीय समिति बैठकको कार्यसूचि तय गरेको छ । 

बैठकमा प्रस्तुत हुने चारवटा विषयसूची निर्धारण गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
००००
मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टीले ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाको भत्र्सना गरेको छ । सो पार्टीका प्रवक्ता कञ्चनले शनिबार विज्ञप्ति जारी गर्दै यही विषयसहित जनजीविकाको सवाललाई लिएर चक्काजामसहितको संकर्षको कार्यक्रम घोषणा गरिएको जानकारी दिए ।
००००
नेपाली कांग्रेसले पटक पटक अवसर पाएकालाई राष्ट्रिय सभामा उम्मेदवार नबनाउने निर्णय गरेको छ । 

केन्द्रीय कार्यालय सानेपामा तीन दिनसम्म बसेको बैठकले लामो समय पार्टीमा योगदान गरेका, अवसर नपाएकालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने गरी मापदण्ड बनाएको जानकारी पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिए ।
००००
यसैगरी सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा सबैलाई पद दिन नसक्ने भन्दै चित्त नदुखाउन नेताहरूलाई आग्रह गरेका छन् । 

शनिवार केन्द्रीय समितिको बैठक समापन गर्दै देउवाले गठबन्धन सरकारको बाध्यता बुझिदिन पनि आग्रह गरे । 
‘राष्ट्रिय सभामा थोरै सिट छ । हामी गठबन्धनमा छौँ, त्यसैले सबैलाई उम्मेदवार बनाउन सक्दैनौँ । सबैलाई पद दिन सकिँदैन । चित्त नदुखाउनुहोला’ देउवाले भने, ‘पार्टी बलियो बन्न एक भएर जानुपर्छ, पार्टी भित्र एकता चाहिन्छ ।’
००००
६ प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । शनिबार बिहानै उनीहरूले सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । 

भेटमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरूले नेपालको संविधानमा व्यवस्था भएका साझा अधिकार सूची प्रयोगको व्यवस्था मिलाउन, गत असारमा पोखरामा सम्पन्न मुख्यमन्त्री सम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
००००
नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरूको विद्युत् आपूर्ति विच्छेद गरेको छ । प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका ग्राहकहरूको विद्युत् लाइन काटेको हो ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x