×

NIC ASIA

संयमता गुमाउँदै प्रहरी

सीडीओ–प्रहरी समन्वय अभावमा जथाभावी गोली, ढल्दै निहत्था नागरिक

काठमाडाैं | पुस २३, २०८०

Prabhu Bank
NTC
Premier Steels

नागरिकलाई सुरक्षा प्रदान गर्ने जिम्मेबारी पाएको नेपाल प्रहरीकै गोलीबाट एक साताको बीचमा ३ जनाको ज्यान गएको छ ।

Muktinath Bank

पछिल्लोपटक शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका– ५ मा स्वस्थ्यचौकी स्तरोन्नतिको विषयमा विवाद भएर तनावको स्थिति आउँदा प्रहरीले गोली चलाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भयो । उनको शव आइतबार बल्ल घटनास्थलबाट उठाइएको छ । अहिले पोस्टमार्टमका लागि लगिएको छ ।


Advertisment
Nabil box
Kumari

स्थानीय प्रशासनले शुक्रबार साँझ ५ः३० बजेदेखि शनिबार बिहान ८ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । पछि आइतबार बिहानसम्मका लागि थपियो ।

Vianet communication

शनिबार गृह मन्त्रालयले घटना छानबिनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।

साथै, मृतक परिबारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय समेत भएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाहीमा तानिएका छन् । 

गोली चलेको विषयमा जिल्ला प्रशासन कार्यालय र प्रहरीबीच समन्वयको अभाव देखिन्छ । जिल्ला प्रशासनले गोली चलाउन आफूहरूले आदेश नदिएको बताउँदै आएको छ ।

‘हामीले गोली चलाउन आदेश दिएका छैनौं, कसरी गोली चलेको हो भन्ने विषयमा अनुसन्धान हुँदैछ,’ सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले लोकान्तरसँग भने ।

घिमिरेका अनुसार मृतक जयशंकरको टाउकोमा गोली लागेको छ । 

सामाजिक सञ्जालहरूमा आएको  भिडिओमा प्रहरीले परैबाट गोली हानेको स्पष्ट देख्न सकिन्छ । तर, प्रहरीले भने हतियार खोस्न आएपछि गोली चलाउनु परेको बताउँदै आएको छ ।

‘थप मद्दत जाँदा बाटो छेकेर हतियार खोस्न लाग्दा प्रहरीले गोली चलाउनुपर्ने अवस्था आएको हो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियार थारूले लोकान्तरसँग भने ।

प्रहरीले भीड नै नभएको ठाउँमा ताकेर गोली हानेको देखिएको भिडियोबारे जिज्ञासा राख्दा पञ्जियारले अर्कै ठाउँको भिडियो हुन सक्ने बताए ।

‘सामाजिक सञ्जालमा आएको भिडिओ प्रहरीले भीडलाई तिरबितर पारेपछिको वा घटनास्थलकै अर्को ठाउँको पनि हुन सक्छ, हामीले अनुसन्धान गरिरहेका छौं,’ डीएसपी पञ्जियारले भने ।

टाउकोमै गोली कसरी लाग्यो भन्ने प्रश्नमा उनले प्रहरीले टाउकोमा गोली नै नहान्ने बताए । ‘प्रहरीले टाउकोमा गोली हान्दैन, हाने पनि खुट्टामा हान्छ,’ उनले भने । 

डीएसपी पञ्जियारले यो अनुसन्धानको विषय भएको बताए ।

‘यो अनुसन्धानको विषय हो । प्रहरीले नै हानेको गोलीले मृत्यु भएको भन्ने यकिन भएको छैन र अरू हतियार भेटिएको अवस्था पनि छैन,’ पञ्जियारले लोकान्तरसँग भने ।

****

केही दिनअघि पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा तथा गोली चलाउँदा २ जनाको ज्यान गएको थियो ।

ईपीएस कोरिया भाषा परीक्षाको विषयमा विद्यार्थीहरूले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउनुका साथै अत्यधिक बल प्रयोग गरेको थियो ।

त्यसक्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भयो । 

घटनामा कमजोरी भएको भन्दै गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको थियो । 

प्रहरीका फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पीएओलाई पनि निलम्बन गरिएको छ । 

तत्कालीन सीडीओले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बताएका थिए । 

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले १६ गते राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएर गोली चलाउन आदेश नदिइएको बताए ।

सामान्यतया प्रहरीले भीड नियन्त्रण गर्नका लागि पहिले चेतावनी दिने, पानी फोहोरा प्रयोग गर्ने, अश्रुग्यास प्रयोग गर्ने लगायतका प्रक्रिया अवलम्बन गर्नुपर्छ । त्यसपछि मात्र हवाइफायर गर्न सकिन्छ । तर, पछिल्ला दुई घटना हेर्दा प्रहरीले सिधै गोली प्रहार गरेको देखिन्छ ।

प्रहरी भने अवस्था नियन्त्रणभन्दा बाहिर जाँदा गोली चलाउने अधिकार आफूहरूसँग रहेको बताउँछ । 

‘सार्वजनिक सम्पत्ति हानीनोक्सानी हुँदा प्रहरीले भीड नियन्त्रणमा लिन गोली चलाउनु पर्ने अवस्था आउँछ,’ प्रहरी प्रधान कार्यालयका सहायक प्रवक्ता एसएसपी दानबहादुर कार्कीले भने ।

आदेशविना गोली चलाएको विषयमा विभिन्न समितिहरू बनेर अनुसन्धान भइरहेकाले थप बताउन नसक्ने एसएसपी कार्कीको भनाइ छ ।

प्रहरीले संयमता अपनाएनः विज्ञ 

प्रहरीले घटनाको आकलन गर्न नसक्दा गोली चलाउनुपर्ने अवस्था आएको विज्ञहरू बताउँछन् ।

पूर्व एआईजी नवराज ढकालले पछिल्लो समय प्रहरीले संयमता गुमाउन थालेको टिप्पणी गरे । 

‘नागरिकको ज्यान गएको छ । प्रहरीले भीडमा संयमता गुमाएको देखिन्छ । त्यसरी गोली चलाइहाल्ने अवस्था थियो कि थिएन भन्ने अनुसन्धान हुनुपर्छ,’ पूर्वएआईजी ढकालले भने ।

प्रहरीले अहिले छाती ताकेर गोली हान्नुपर्ने परिस्थिति नरहेको पूर्व गृहसचिव आत्मराम पाण्डे बताउँछन् । प्रहरी र जिल्ला प्रशासन कार्यालयबीच समन्वय अभाव देखिएको उनले बताए ।

‘गोली नै हाल्नु पर्ने अवस्था होइन, यहाँ प्रहरी र प्रशासनबीच समन्वयको अभाव देखिएको छ,’ पूर्व गृहसचिव पाण्डेले लोकान्तरसँग भने । पछिल्ला दुई घटनाको सूक्ष्म अध्ययन गरेर त्यस्ता घटना दोहोरिन नदिनेतर्फ लाग्नुपर्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x