×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

चौधरी रिहा भएपनि अनुसन्धान निरन्तर, संसदमा कांग्रेसमाथि तेर्सियो प्रश्न

काठमाडाैं | माघ २५, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल ।
विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कूल त्यही १० रोपनी जग्गामा अवस्थित छ, जुन विनोद चौधरीलगायतले विभिन्न तिकडम गरी हडपेका थिए ।

Muktinath Bank

महाराजगञ्ज चोकबाट झण्डै डेढ किलोमिटरको दूरीमा रहेको बाँसबारीलाई अहिले ुप्राइम लोकेसनु मानिन्छ । भीआईपी बस्ती र बढ्दो सेवा सुविधाका कारण यस क्षेत्रमा जग्गाको मूल्य छोइनसक्नु छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको कुरालाई आधार मान्दा विनोद चौधरी र उनको परिवारले हडपेको सो जग्गाको हालको मूल्य २ अर्ब हाराहारीमा पर्ने देखिएको छ । काठमाडौं महानगरपालिका– ३ का वडाध्यक्ष प्रेमकुमार थापाले सो जग्गाको मूल्य प्रतिआना १ करोडभन्दा माथि रहेको बताए ।
००००
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीको संलग्नता रहेको बताएका छन् । यस सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न उनले कांग्रेसको ध्यानाकर्षण गराए । 


Advertisment
Nabil box
Kumari

बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद सुवालले उद्योगीको भेषमा चौधरी ग्रुपले बाँसबारीको जग्गा हडपेको सम्बन्धमा कांग्रेसको धारणा माग गरेका हुन् ।  
००००
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन् ।

Vianet communication

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिरी जमानीमा रिहा भएका हुन् । उनीहरु रिहा भएपनि जग्गा घोटाला प्रकरणमा अनुसन्धान निरन्तर हुनेछ । 
००००
जनमत पार्टीका सांसद अब्दुल खानले विकास निर्माणको काममा ढिलाइ भए संसद्भित्र अनसन बस्ने चेतावनी दिएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद खानले विकास निर्माणका काम ढिलाइ भए अनसन बस्ने चेतावनी दिएका हुन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सरकारी जग्गा किर्ते गर्ने र सरकारी ठगीमा संलग्नलाई कारबाही गर्न कसले रोक्यो भनी सत्तापक्षसँग प्रश्न गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा सभापति लामिछानेले लामो समय सरकारमा रहेका दलका सांसदले नयाँ दलप्रति छेडखानी गरेको भन्दै आक्रोश पोखेका हुन् ।
००००
६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस भएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी सङगठन ‘इन्टरपोल’ले रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
००००
गिरिबन्धु टी स्टेटलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

संवैधानिक इजलासले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७८ वैशाख १३ गते गरेको निर्णय बुधवार बदर गरिदिएको हो ।
००००
संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई बुधबार बिहान सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

यसअघि प्रतिनिधि सभाका सचिव रहेका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारबाटै लागु हुने गरी संसद्को महासचिवमा नियुक्त गरेका थिए ।
००००
प्रदेशको नामकरण पहिचानका आधारमा फेरि गर्न माग गर्दै आन्दोलन गरिरहेको पुनः नामकरण संयुक्त संघर्ष समिति कोशी प्रदेश सरकारसँग वार्ता गर्न तयार भएको छ । 

कोशी प्रदेश सरकारले वार्तामा आउन आह्वान गर्दै औपचारिक पत्र पठाएको लामो समयसम्म आन्दोलनरत पक्षले पत्रको जवाफ नफर्काएर संशय पैदा भएको बेला समितिले बुधवार वार्ता गर्ने निर्णय गरेको हो ।
००००
१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय कलंकीका सर्भेक्षक  पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवा’का लेखापढी कर्मचारी नेत्रमणी पोखरेल समेतलाई पक्राउ गरेको हो ।
००००
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले क्यानडासँगको शृंखलाका लागि विशेष तयारी गर्न नपाएपछि राम्रो नतिजा निकाल्ने प्रयास गर्ने बताएका छन् । 

क्यानडासँगको शृंखलाअघि बुधवार आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले यस्तो प्रतिक्रिया दिएका हुन् ।
 युवा खेलाडीसम्मिलित टोली राम्रो भएको प्रतिक्रिया दिँदै उनले सियिनर खेलाडी प्रधानमन्त्री कपमा ब्यस्त हुनु र जुनियर पनि भर्खरै यू–१९ विश्वकप खेलेर फर्किएकाले सँगै रहेर विशेष तयारी गर्न नपाएको स्पष्ट पारे ।
००००
सांसदहरूले सवारीसाधन दुर्घटना न्यूनीकरणका उपायसहित संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
बुधवार संसद्मा प्रस्ताव दर्ता गराइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले जानकारी दिइन् ।
सचेतकसमेत रहेकी डाँगीले आफ्नै पार्टीका सांसद सन्तोष परियारलाई लिएर रास्वपाकी सभामुख देवराज घिमिरेकहाँ गइ प्रस्ताव दर्ता गराएकी हुन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक ४ दशमलव ९२ अङ्कले बढेर २ हजार ९० दशमलव ६४ को विन्दुमा कायम भएको हो ।

बुधबार विभिन्न तीन सय १३ कम्पनीका ७७ लाख ३२ हजार दुई सय ३४ कित्ता शेयर ६५ हजार चार सय ६३ पटक खरिद बिक्री हुँदा रु २ अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ बराबरको कारोबार भएको छ ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक विद्यालयमा दिएको अभिव्यक्तिको चर्को विरोध हुन थालेको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाको साजिलाल माध्यमिक विद्यालयको वार्षिक उत्सवका कार्यक्रममा उनले दिएको अभिव्यक्ति विवादमा तानिएको हो । 

दुई दिनअघि उनले गरेको भाषणको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । ‘म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेच्नमा बस्नेले केबल लेख्न पढ्न मात्र जान्यो, ऊ अहिले खरिदार छ म अहिले मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्र जान्यो ’ उनले भनेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x