×

नेकपा एसभित्र नेतृत्वको शीतयुद्ध

नेपाल–खनाल सम्बन्धः आवरणमा सैद्धान्तिक लडाइँ, भित्र शक्तिको भोक !

काठमाडाैं | माघ २५, २०८०

एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी (नेकपा एस)मा सँगै हिँड्ने अवस्थामा पुगे पनि अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सौहाद्र सम्बन्ध देखिएको छैन । 

Laxmi Bank

२०७८ भदौ २ गते स्थापना भएपछि वरिष्ठ नेता हुँदै खनाल सम्मानित नेता बनाइएका थिए । तर, पार्टी गठनदेखि नै प्रचण्ड नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोण, सरकारमा सहभागिता लगायत विषयमा देखिएको मतभेद अझै साम्य भएको छैन ।


Advertisment

मुख्यगरी अध्यक्ष नेपाल अहिलेको सत्ता गठबन्धनलाई अझै सहज बनाएर आफू प्रधानमन्त्री हुने लाइनमा छन् । आफू बलियो अध्यक्ष भएका बेला फेरि एकपटक प्रधानमन्त्री हुने सपना नेपालले पालेका छन् । 


Advertisment

केही प्रभावशाली नेता र हजारौंको संख्यामा कार्यकर्ता एमालेमै फर्किने क्रम अझै रोकिएको छैन । नेपालसँग मतभेद जारी रहेपछि बेलाबेला खनाल समेत एमालेमा प्रवेश गर्ने विषय उठ्दै आएको छ ।

पार्टी स्थापनाको साढे दुई वर्ष पुग्नै लाग्दा खनाल एसमै छन् । तर अध्यक्ष नेपालसँग पार्टीको विचार, कार्यशैली र दृष्टिकोणमा एकरूपता छैन । केन्द्रीय परिषद्को बैठकमा गत माघ १५ गते खनालले पार्टीले जबज नै मान्ने भए एमालेमा जाँदा हुने बताएका थिए । 

null

‘महाधिवेशनमा जाँदा नीति र कार्यक्रममा स्पष्ट हुनुपर्दछ । कहिले हामी जबज पनि भन्छौँ, कहिले समाजवाद पनि भन्छौँ, कता जाने त ? जबजै तपाईं भन्नुहुन्छ भने त ठूलो जबजतिर किन नजाने भन्छन् त मान्छेले । ठूलो जबजवाला त एमाले छ,’ खनालले भनेका छन्, ‘हामीले जबज भन्यौं भने त हामीले भनको सुन्नेभन्दा केपीले भनेको बढ्ता सुन्ने खतरा हुन्छ । हामी क्लियर हुनुपर्छ । समाजवादमा जाने हो भने समाजवाद र पुँजीवादबीचको भिन्नता के हो ? यो कुराको बारेमा शीरदेखि तीरसम्म छ्याङ्ग हुनुपर्‍यो ।’ 

तर नेपालले जवाफमा जबजको प्याटेन्ट राइट आफूहरूसँग पनि भएको दाबी गरे । जबज छाडे पार्टी नै समाप्त हुने उनको भनाइ थियो । ‘जनताको बहुदलीय जनवादले हाम्रो पार्टीलाई नयाँ उचाइँमा पुर्‍याएको छ । यसलाई हामीले छाड्यौं भने यो पार्टीले आफ्नो इतिहास गुमाउने छ । यो पार्टीको पहिचान समाप्त हुनेछ । बहुदलीय प्रतिस्पर्धाको मान्यतालाई छाडेर एक दलीय तानाशाही व्यवस्थामा जान सकिँदैन । त्यसो हुनाले हामी बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौं । त्यसको प्याटेन्ट राइट हामीसँग छ,’ नेपालले भनेका थिए, ‘त्यसको नेता मदन भण्डारी कम्युनिस्ट आन्दोलनका त्यस्तो विचारक हुनुहुन्थ्यो, जसले यो विचार अगाडि सार्नुभयो । त्यसो हुनाले जनताको बहुदलीय जनवादको उपादेयता सकियो, यसको कुनै काम छैन, यसलाई मिल्काइदिऊँ भन्ने खालको मान्यता आत्मघाती र आत्मसमर्पणवादी हो ।’ 

एमाले स्थापना हुँदा मदन भण्डारीले जनताको बहुदलीय जनवाद अगाडि सारेका थिए । तर तत्कालीन अवस्थामा खनालले नौलो जनवाद अगाडि सारे । खनालको नौलो जनवादको पक्षमा माहोल सिर्जना भएन । 

भण्डारीको निधनपछि नेपाल एमालेको महासचिव भए । २०६४ मा माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो दल भयो । पार्टी पराजित भएपछि नेपालले १५ वर्षदेखि चलाउँदै आएको पार्टीको महासचिव पद छोडिदिए । नेपाल र केपी ओली एकातिर भए पनि खनालले अध्यक्षमा अप्रत्याशित बाजी मारे । पछि केपी ओली शक्तिमा आएपछि फेरि खनाल र नेपाल नजिक देखिए । एमाले विभाजनपछि दुवै सँगै छन् । तर विवाद र आरोपप्रत्यारोप पनि रोकिएको छैन ।

प्रधानमन्त्री नबनी नछाड्ने मनस्थितिमा रहेका नेपाल त्यसअघि कुनै हालतमा अध्यक्षबाट हट्न चाहँदैनन् । बरु महाधिवेशन घर्काएर भए पनि एकपटक प्रधानमन्त्री भएरै छाड्ने हुटहुटीमा नेपाल रहेको नेताहरू बताउँछन् । 

परिषद् बैठकले ७० वर्षको उमेरहद हटाएपछि खनालले पनि आगामी महाधिवेशनबाट अध्यक्ष बन्ने तयारी गरेका छन् । तर खनालको यो तयारीपछि नेपाल थप आक्रोशित देखिन्छन् । पार्टी उपाध्यक्ष बेदुराम भुसालको पुस्तक विमोचन कार्यक्रममा नेपाल खनालमाथि खनिएका थिए । 

‘हिजो पार्टीको विचार नै परिवर्तन गरेर जबजलाई दक्षप्रजापतिको टाउको भन्ने,’ नेपालले आक्रोशपूर्ण रूपमा भने, ‘आज फेरि यसलाई समाप्त पार्न लाग्ने विचारलाई कुनै पनि हालतमा ठीक भन्न सकिँदैन ।’

जबज छाड्ने भन्दा बोक्नुपर्नेमा कुरामा नेताहरूको साथ रहेकाले नेपाल खनालको मागमा दायाँबायाँ हुने अवस्थामा नदेखिएको एक नेता बताउँछन् । 

नेकपा एसका नेता जगन्नाथ खतिवडा दुई नेता कहिले मिलेको र कहिले नमिलेकोजस्तो देखिनु स्वाभाविक भएको बताउँछन् । 

‘उहाँहरू २५ सालदेखि सम्बन्धमा हुनुहुन्छ । यो भनेको ५५ वर्षभन्दा लामो समय हो । यसबीचमा वादविवाद पनि भएका छन् । एकताका लागि विमर्श पनि भएका छन्,’ खतिवडाले भने, ‘नयाँ पार्टीका लागि विद्रोह गरेर एक ठाउँमा उभिने अवस्थासम्म पनि पुग्नुभयो । यसैले एकताको प्रयास गर्ने, नयाँ पार्टी गठन गर्ने मात्रै होइन कतिपय सैद्धान्तिक विषयमा पनि आरोप प्रत्यारोप चल्ने गर्छ, यो राजनीति गर्नेका लागि अस्वाभाविक होइन ।’

नेकपा एसका केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिना ३२ सालमा कोअर्डिनेसन केन्द्र बनाउँदादेखि दुई नेताबीच कहिले विवाद र कहिले एकता देखिँदै आएको बताउँछन् । 

null

‘३२ सालमा कोअर्डिनेसन केन्द्र बनाउँदादेखि नै दुई नेताबीच फरक मत देखिन्छ । रुस लाइन कि चीन लाइनको कम्युनिस्ट पार्टी बनाउने भन्ने विवाददेखि अन्य धेरै सन्दर्भमा विवाद र एकताको शृंखला देखिएका छन्,’ उनी भन्छन्, ‘यसपटक झलनाथले म अध्यक्षमै उठ्छु भनेर भन्नुभएको छैन, तर ७० वर्षे उमेरहद हटाउने विषयलाई पार्टीले पास गरेपछि नेपालले आफ्नो लागि ठाउँ खोले तर नयाँ पुस्तालाई नछाड्ने भए भनेर म पनि के कम छु भन्ने खनाललाई लागेको हुन सक्छ ।’

यतिमात्रै होइन, शक्ति सन्तुलनलाई हेर्ने दृष्टिकोणले नै अहिलेको समस्या निम्त्याएको उनले बताए ।  ‘जबज कि समाजवादभन्दा महत्त्वपूर्ण विषय शक्ति सन्तुलनलाई हेर्ने दृष्टकोण हो । कांग्रेससँग मिलेर जाने कि वामपमन्थीसँग मिलेर जाने भन्नेमा पनि पार्टीमा कुरा मिलिरहेको छैन,’ उनी भन्छन्, ‘गठबन्धन, समजवादी मोर्चा अनि वामपन्थी मिलेर जाने भन्ने विषय छन् । यी विषयको अलमलले संगठनको काम फिटिक्कै भएको छैन । यो अहिलेको मुख्य चिन्ता हो ।’

जबज नै मानेर जाने हो भने एमालेभन्दा फरक छौं भनेर पुष्टि कसरी गर्ने भन्ने प्रश्न कार्यकर्ता तहबाटै उठेको उनी बताउँछन् । ‘जबज नै भनेर जाने हो भने ठूलो पार्टी एमाले नै छ । कार्यशैली उही हो भने अध्यक्ष मात्रै फरक हो । एमालेको विधानजस्तै अनि नाम र नेतृत्व मात्रै फरक हो भने नयाँ पार्टी किन ? भन्ने प्रश्न पनि छन्,’ उनी भन्छन्, ‘सबैथोक एउटै हुने हो भने त नयाँ छौं भनेर मात्रै हुँदैन, विचार, नीति, कार्यशैली, हिजोको विद्रोहको औचित्य पुष्टि हुने गरी अघि बढौं भन्ने मत धेरै छ । तर पार्टी नेतृत्व नै अलमलमा देखिन्छ ।’

राजनीतिक समझदारीका आधारमा नेपाल अध्यक्ष हुँदा पनि नहुँदा पनि प्रधानमन्त्री बन्न सक्ने उनले बताए । ‘पार्टीमा एउटा अध्यक्ष अर्को प्रधानमन्त्री भनेर कुरा भएको हो । एक व्यक्ति एक जिम्मेवारी भनेर अध्यक्षले नेपालले नै भन्नुभएको हो,’ उनी भन्छन्, ‘उहाँ प्रधानमन्त्री हुँदा पार्टी अध्यक्ष अर्को हुँदा पनि पार्टीमा आपत्ति हुँदैन ।’

पुराना कम्युनिष्ट नेता राधाकृष्ण मैनाली फुटेर बनेको पार्टीले प्रस्ट सैद्धान्तिक बाटो समाएर फुटको औचित्य पुष्टि गर्नुको साटो पदीय भागबन्डाको चरम अभ्यास गरेको बताउँछन् । 

‘एमालेबाट फुटेर बनेपछि औचित्य पुष्टि गर्न पनि सैद्धान्तिक रूपमा प्रस्ट भएर पार्टी मिलेर अगाडि बढ्नुपर्ने हो । तर, मिल्नुको सट्टा पद लिने र नपाउने अस्वस्थ खेल समाजवादीमा देखिएको छ,’ मैनाली भन्छन्, ‘यो भनेको सैद्धान्तिक मतभेद होइन, पदीय महत्त्वाकांक्षा र कमाउधन्दाको नांगो रूप हो ।’ 

भन्नलाई नेपालले जबज र खनालले यसको विरोध गरे पनि यो आवरणमात्रै भएको विश्लेषण उनले गरे । ‘देखाउनलाई उनीहरूले आफूहरूको लडाईं सैद्धान्तिक हो भन्ने देखाउन खोजेका छन् । तर, यो आवरण मात्रै हो । मुख्य लडाईं को अध्यक्ष बन्ने र सानो पार्टी भए पनि कसले शक्ति आर्जन गर्ने भन्ने हो,’ उनी भन्छन्, ‘सानो दल भए पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेर शक्तिमा टिकिरहने खेलमा दुवै नेता छन् । दुवैमा पदीय लोभ कम देखिँदैनन् ।’

सानो दलको भए पनि पार्टी अध्यक्षको रूपमा कूटनीतिक भेटघाट गर्न पाए आफूलाई शक्तिमा राखिरहन सकिन्छ भन्नेमा नेपाल रहेको मैनाली बताउँछन् । ‘माधव आर्यघाट नपुग्दासम्म पद छोड्दैनन् । उनलाई ओलीले लखेटेजस्तो देखिएको थियो । तर ओली अध्यक्ष भएकोमा माधवले जहिल्यै आक्रोश व्यक्त गरिरहे । 

अहिले सानो दलको भए पनि प्रधानमन्त्री हुने पार्टी अध्यक्षको रूपमा कुटनीतिक भेटघाट गर्न पाए आफूलाई शक्तिमा राखिरहन सकिन्छ भन्नेमा उनी देखिन्छन्,’ मैनाली भन्छन्, ‘झलनाथ पनि कम छैनन् । माधवपछि मैं हुँ भन्ने छ । १०/१५ सिटको पार्टी भए पनि २/४ महिना प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि केही कमाइन्छ भन्ने देखिन्छ । अरु सैद्धान्तिक कुरा आवरण र भन्ने कुरामात्रै हुन् ।’

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x