कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
धनगढी | माघ २७, २०८०
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको एक वर्षे कार्यकाल पूरा भएको छ । गत वर्षको माघ २७ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा ठूलो दलका हैसियतले नेपाली कांग्रेस संसदीय दलका नेता शाहको नेतृत्वमा सरकार गठन भएको थियो । मुख्यमन्त्री शाह नेतृत्वको सरकार गठन भएको आज एक वर्ष पूरा भएको हो । मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत प्राप्त गरेका थिए । उनलाई सत्ता गठबन्धनमा सहभागी दल नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ ।
प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारका एक बर्से उपलब्धि सार्वजनिक गरिएको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री शाहले सानातिना कामलाई उपलब्धि माने पनि एक वर्षको अवधिमा प्रदेश सरकारले महत्त्वपूर्ण उपलब्धि भने हासिल गर्न सकेको छैन ।
सुदूरपश्चिम स्वरोजगार कोषबाट १४ सहकारीमार्फत् ४६२ जनालाई १० करोड ३० लाख कर्जा, सुदूरपश्चिमको आर्थिक सर्वेक्षण प्रकाशन, विभिन्न प्रतियोगिता सञ्चालन, कर्मचारीहरूलाई तालिम, कृषीयन्त्र उपकरण र अनुदान वितरण, सडकहरू निर्माण प्रक्रियाको थालनी लगायतलाई प्रमुख उपलब्धि मानिएको छ ।
अनुगमन, भ्रमण र बैठकलाई नै उपलब्धि मानिएको छ । इजरायल घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका ७ जना विद्यार्थीका परिवारलाई दुई/दुई लाखका दरले रकम सहयोग, बझाङ भूकम्प प्रभावितहरूको उद्धार तथा राहत वितरणमा ११ करोड खर्च, जाजरकोट भूकम्प पीडितहरूका लागि १ करोड रकम सहयोग, सुदूरपश्चिममा प्राकृतिक विपत्तिको समयमा निरीक्षण, उद्धार तथा राहत सामग्री सहयोग, स्थलगत अवलोकन अनुगमन, ९ वटै जिल्लामा भ्रमणलाई प्रदेश सरकारको उपलब्धि मानिएको छ ।
यस्तै नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माण, प्रथम चौमासिकमा रहेको १४ प्रतिशत न्यून प्रगति दरलाई बढाएर ३३ प्रतिशत पुर्याइएको, स्थानीय तहमा आवश्यक आकस्मिक योजनामा खर्च गर्ने परिपाटीको विकास गरिएको र वित्तीय हस्तान्तरण कूल बजेटको ८.२५ स्थानीय तहलाई गरिएकोलाई उपलब्धि मानिएको छ ।
धार्मिक पर्यटनको विकासका लागि मानस खण्ड सम्मेलन र प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सम्पन्न गरिएको सुदूरपश्चिम प्रदेशमा सञ्चालन भइरहेका र सम्भाव्यता भएका सेती ६, पश्चिम सेती, वेतन कर्णालीलगायत जलविद्युत आयोजना र गौरवका तथा बहुवर्षीय आयोजनाको प्रत्यक्ष अवलोकनगरी समयमै काम सम्पन्न गर्न निर्देशन दिइएको, आइसीसी यू–१९ विश्वकपमा छनोट भएका सुदूरपश्चिमका खेलाडीहरूलाई प्रोत्साहन स्वरूप १ लाख र ५० हजार रुपैयाँ प्रदान, यस्तै पुरुष टी–२० विश्वकप २०२४ मा सुदूरपश्चिमबाट छनोट भएका सिनियर खेलाडीहरूलाई समेत प्रोत्साहन स्वरूप जनही २ लाख प्रदान गरिनुलाई पनि उपलब्धिका रूपमा राखिएको छ ।
अन्तर प्रदेश मुख्यमन्त्री बैठक विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक, राष्ट्रिय समस्या समाधान समिति बैठक, पीएलजएिसपी बैठकलगायतलाई पनि एक बर्से उपलब्धि मानिएको छ ।
मन्त्रिपरिषद् बैठकबाट ५ वटा संशोधन विधेयकहरू प्रदेश सभामा पठाइएकोमा २ वटामा सैद्धान्तिक सहमति प्रदान गरिएको, २ वटा नियमावली, ८ वटा कार्यविधि र ३ वटा मापदण्ड निर्माण गरिएको सरकारको एक वर्षे उपलब्धिमा उल्लेख छ ।
सरकार गठन भए यता २५ पटक मन्त्रिपरिषद् बैठक बसेको बताइएको छ । शाह नेतृत्वको सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट सरकारमा सहभागी छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र राज्यमन्त्री गीता माल, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, कृषि राज्यमन्त्री कैलाश चौधरी र नेकपा एकीकृत समाजवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री नरेश बहादुर शाही सरकारमा सहभागी छन् ।
४ मंसिर २०७९ मा सम्पन्न निर्वाचनबाट सुदूरपश्चिम प्रदेश सभामा दोस्रो कार्यकालका लागि ५३ जना सांसद निर्वाचित भएका थिए । केन्द्रीय सरकारकै समीकरणअनुसार सुदूरपश्चिममा पनि नेकपा एमालेको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपा गठबन्धनको सरकार बनेको थियो ।
पुस २७ गते एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिनाभित्रै मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री रावलले विश्वासको मत लिन ढिला गरे । त्यसको केही समयमै केन्द्रमा सरकार समीकरण फेरियो । विश्वास लिने अन्तिम दिन मुख्यमन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीले मत नदिएपछि उनी नेतृत्वको सरकार ढलेको थियो ।
यस्तो छ सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से उपलब्धि:
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...