×

NMB BANK
NIC ASIA

'भारतमा मूल्य घटेको नेक्सन इभी नेपाल आएकै छैन, टियागो पहिल्यैदेखि सस्तो'

काठमाडाैं | फागुन ७, २०८०

NTC
Premier Steels

टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भारतमा मूल्य घटेको भनिएको नेक्सन इभी नेपालमा लन्च नभएको जनाएको छ ।

Muktinath Bank

भारतमा मूल्य घटेपछि नेपाल के हुन्छ भन्ने चासो बढेको छ तर भारतमा मूल्य घटेको भनिएको नेक्सन इभीको नयाँ भेरिएन्ट नेपालमा नआएकाले यहाँ मूल्य घट्ने या बढ्ने अवस्था नरहेको सिप्रदीको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टाटा मोटर्स कम्पनीले आफ्नो ‘टप सेलिङ’ इलेक्ट्रिक गाडी नेक्सन इभी के-३ मोडलको मूल्य १ लाख २० हजार रुपैयाँसम्म घटाएको छ । मूल्य घटाएसँगै अब नेक्सन इभी (सटरेन्ज)को मूल्य १४ लाख ४९ हजार रुपैयाँ कायम भएको छ भने लङ रेन्जको सुरुआती मूल्य १६ लाख ९९ हजार कायम गरिएको टाटाले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी कम्पनीले फास्टेस्ट सेलिङ कार टियागो इभी सबैभन्दा सस्तो भेरियन्टको मूल्य पनि घटाएको छ । टाटा मोटर्सले यसको मूल्य ७० भारु हजार घटाएको हो । मूल्य घटेपछि यसको मूल्य ७ लाख ९९ हजार  भारु कायम गरिएको छ । भारतमा मूल्य घटेपछि नेपालमा यी गाडीको मूल्य के हुन्छ भन्ने चासोको विषय बनेको हो ।

Vianet communication

यसबारे प्रतिक्रिया दिँदै टाटा मोटर्सका एक अधिकारीले लोकान्तरसँग भने, 'भारतमा मूल्य घटेको भनिएको नेक्सन इभीको नयाँ भेरिएन्ट नेपालमा लन्च भएको छैन । नेपालमै नआएको गाडीको मूल्य भारतमा घट्ने बढ्ने हुँदा यहाँ केही असर हुँदैन ।'

टाटाले नेपालमा नाडा अटो शोदेखि अहिलेसम्मै ‘इन्टडक्टरी’ मूल्यमा गाडी दिइरहेको र बीचमा भारतमा मूल्य बढ्दा पनि नेपालमा नबढेको उनको तर्क छ । त्यसकारण तत्काल टियागोको मूल्य घटाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ । यद्यपि भारतमा ७० हजार मूल्य बढेको भनिएको टियागो पनि नेपाल नआइसकेको ती अधिकारीले दाबी गरे ।

'भारतीय बजारमा उनीहरूको आफ्नो हिसाबले प्रतिस्पर्धा हुन्छ, नेपाली बजारमा हाम्रो हिसाबले प्रतिस्पर्धा हुन्छ,' ती अधिकारी भन्छन्, 'त्यसकारण त्यहाँ मूल्य घट्यो भन्दैमा यहाँ तत्काल घटिहाल्नु पर्छ भन्ने छैन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x