२६ जेठ २०८३, मंगलबार
आईसीसी विश्वकप लिग–२

लगातार विकेट गुमाउँदा नामबियाविरुद्ध दबाबमा नेपाल

फागुन ९, २०८०
काठमाडौं
लगातार विकेट गुमाउँदा नामबियाविरुद्ध दबाबमा नेपाल

आईसीसी विश्वकप लिग २ को तेस्रो खेलमा नामिबियाविरुद्ध लगातार विकेट गुमाउँदा नेपाल दबाबमा देखिएको छ । ६.२ ओभरमा ३८ रन बनाएर बलियो शुरूआत गरे पनि नेपाल नामिबियाविरुद्ध त्यसपछि भने दबाबमा आएको हो । 

टिमको रन ३८ हुँदा ओनपर कुशल भुर्तेत १८ रन बनाउँदा बोल्ड भए । त्यसपछिको एक बललगत्तै अनिल साह पनि दुई बलमा खाता नै नखोली क्याचआउट हुन पुगे ।

लगत्तै ८औं ओभरमा देव खनाल पनि ५ बलमा शून्य रनमा आउट भएपछि नेपाल बलियो अवस्थाबाट कमजोर अवस्थामा देखिएको हो । 

त्यसपछि ओपनर आशिफ शेख र कुशल मल्लले फेरि आक्रामक रन बनाउन शुरू गरेका छन् । शेखले ३५ र मल्लले १४ रन बनाएर खेलिरहेका छन् । 

कीर्तिपुरमा जारी खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको हो । पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । 

त्यसपछि नेदरल्याण्डसलाई सहजै पराजित गर्न नेपाल सफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्