×

NMB BANK
NIC ASIA

माओवादीलाई दुईतिरै ओत

तानातानमा प्रचण्ड: कांग्रेसलाई ‘असोज १७’ को त्रास, एमालेलाई 'पुस १०' को आश

काठमाडाैं | फागुन १३, २०८०

NTC
Premier Steels

२०७४ सालको दशैंमा दुई ठूला कम्युनिस्ट दलको एकता प्रयासले देशको राजनीतिमा नयाँ तरंग सिर्जना गरेको थियो । नेपाली कांग्रेससँग सत्ता साझेदारी र चुनावी गठबन्धनमा रहेको माओवादी केन्द्रले असोज १७ गते कित्ता बदलेर एमालेसँग चुनावी गठबन्धनमात्रै होइन वाम एकता नै गर्ने घोषणा गरेको थियो ।

Muktinath Bank

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सरप्राइज मुभ’ ठानिएको वाम एकताको घोषणासँगै कांग्रेस सशंकित बनेको थियो । प्रचण्डले छापामार शैलीमा कित्ता फेरेर एमालेसँग चुनावी गठबन्धन गर्ने निर्णय गरेपछि कांग्रेसमा भूइँचालो गएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए, माओवादी सरकारमा थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

चुनावी परिणाम पनि स्वाभाविकरूमा एमाले–माओवादीका पक्षमा आयो । वामपन्थी गठबन्धनले झण्डै दुई तिहाइसहित बहुमत प्राप्त गर्‍यो । एमाले–माओवादीबीचको त्यो वाम तालमेलका असर नेपाली राजनीतिमा अहिले पनि कायम छन् । 

Vianet communication

देशका दुई ठूला कम्युनिस्ट पार्टी मिलेर झण्डै दुई तिहाइ बहुमतको सरकार चलाए । उनीहरूले एकता पनि गरे । तर, त्यो लामो समय भने टिकेन, नेकपा विभाजन भयो ।  सरकार चलाउन नसकेर प्रतिनिधि सभा दुई–दुई पटक विघटन भयो । प्राविधिक रूपले बनेको नेकपा मात्र विभाजन भएन, बलियो एमालेले समेत विभाजनको पीडा व्यहोर्नु पर्‍यो । त्यो असोज १७ को धङ्धङी नेपालको राजनीतिमा आजपर्यन्त कायम छ । 

२०७४ सालमा कांग्रेससँगको सत्ता साझेदारी त्यागेर एमालेसँग गठबन्धन गरेपछि राजनीतिक चिन्तक स्व. प्रदीप गिरिले ‘प्रचण्डको आखिरी चमत्कार’ भनेर लेखेका थिए । गिरि बितेर गए, तर नेपालको राजनीतिमा प्रचण्डले चमत्कार गर्न छाडेका छैनन् । २०८४ सालको चुनावअघि प्रचण्डले अर्को चमत्कार गर्नु अवश्यम्भावी छ– कांग्रेसको निर्णयका कारण पनि । 

गोदावरीमा हालै सम्पन्न कांग्रेस महासमिति बैठकले भविष्यमा कसैसँग चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको संगठनात्मक प्रस्ताव पारित गरेको छ । भाषा जे लेखिएको भए पनि त्यो प्रतिवेदनको सार कांग्रेस कार्यकर्तालाई रूखबाहेक अन्यत्र भोट हाल्न बाध्य नपार्ने भन्ने नै हो । 

जसको सिधा अर्थ अहिले सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल नगर्ने भन्ने नै हो । २०७९ मंसिरको चुनावअघि कांग्रेस उपसभापति धनराज गुरुङले नेकपा माओवादी र नेकपा एसलाई लक्षित गर्दै कांग्रेस नामक हात्तीको कानमुनि बस्न खोजेका दल भनेर टिप्पणी गरेका थिए । गठबन्धन भयो, कांग्रेसको भोटले प्रचण्ड र माओवादीको भोटले शेरबहादुर देउवा विजयी भए ।

प्रदीप गिरिको विश्लेषणलाई गलत सिद्ध गर्दै प्रचण्डले नेपालको राजनीतिमा अर्को चमत्कार गरे– चुनावी गठबन्धन एउटासँग र सरकार अर्कोसँग मिलेर बनाए । २०७९ पुस १० गते नेपाली राजनीतिमा अर्को चमत्कार भयो । निकट विगतको कटुता बिर्सेर प्रचण्ड र ओली मिलेर नयाँ सरकार बनाए । प्रचण्डकै शब्दमा आफूलाई प्रधानमन्त्री बनाएर ओलीले एउटा गुण तिरे, अर्को बाँकी छ । 

एमाले माओवादी पाँचौ (२०६५, २०६७, २०७२, २०७४ र २०७९) सत्ता साझेदारी त्यति लामो हुन सकेन । राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेपछि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो । पुस १० गतेको सहमति बिर्सेर प्रचण्डले काँध फेर्दै कांग्रेसलाई बोके । माओवादीको सत्तास्वार्थी चरित्रप्रति इंगित गर्दै कुनै सन्दर्भमा एमाले अध्यक्ष केपी ओलीले भनेका थिए– ‘बिरालो कसैको हुँदैन, जसले कचौरामा धेरै दूधभात दिन्छ, त्यतै जान्छ ।’ 

प्रचण्डलाई कांग्रेस बोझ
कांग्रेस महासमिति बैठकको पूर्वसन्ध्यामा प्रचण्डले कांग्रेसबाट धोका भएको र गठबन्धनमा पुर्नविचार गर्नुपर्ने दिन आउन सक्ने भनेर एउटा चस्का दिए । व्यवहारिक रूपमा संक्रमणकाल नटुंगिएको नेपाली राजनीतिमा प्रचण्डको त्यो एउटा भनाइले सानातिनो छाल नै ल्याइदियो । 

सार्वजनिक खपतको लागि दिएको भए पनि प्रचण्डको अभिव्यक्तिले राष्ट्रिय राजनीतिको कोर्ष चेन्जको संकेत गर्‍यो । प्रचण्डको त्यो अभिव्यक्तिलाई कांगेस महासमितिले मलजल गर्‍यो । सिद्धान्ततः अहिलेको गठबन्धन सत्ता स्वार्थका लागि बनेको गठबन्धन हो । 

null

चरित्र भाइ कांग्रेसकै किन नहोस्, नाम मात्रको भए पनि कम्युनिस्ट पार्टीको एकता नेपाली राजनीतिमा बिकीराख्ने तुरुप हो । गत चुनावमा आएको नयाँ पार्टीहरूको ह्विमले गडबडी गरेन भने अहिले पनि नेपालमा कम्युनिस्ट पार्टीको बाहुल्यता र बहुमत छ । 

कांग्रेस– कम्युनिस्ट मिल्ने कुरा युक्तिसंगत सुनिँदैन, जति कम्युनिस्ट पार्टीको एकता प्राकृतिक सुनिन्छ । २०८४ सालको चुनावअघि फेरि कम्युनिस्ट पार्टीको चुनावी तालमेल अवश्यम्भावी छ । सम्मेलन, अधिवेशनमा चर्का कुरा गरे पनि देशभर खिइँदै गरेको माओवादीलाई बलियो ओत चाहिएकै छ । 

ओलीको नाम सुन्न नचाहने माओवादीका नेताहरूले समेत शुक्रवार ओलीको जन्मदिनको अवसरमा शुभकामना दिए । यसले फेरि पनि वामपन्थी गठबन्धनको आधार बन्दै गएको छनक दिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x