×

NMB BANK
NIC ASIA

भुक्तानी नपाएपछि सुदूरपश्चिमका किसान आन्दोलित, सडकमा दूध पोखेर प्रदर्शन

धनगढी | फागुन १८, २०८०

NTC
Premier Steels

दुग्ध विकास संस्थान (डीडीसी)धनगढी दुग्ध वितरण आयोजना अत्तरिया कैलालीले दूधको भुक्तानी नदिएको भन्दै किसानहरू आन्दोलित बनेका छन् । लामो समयसम्म दुग्ध विकास संस्थानबाट दूधको भुक्तानी नभएको भन्दै किसानहरूले चरणबद्ध आन्दोलन शुरू गरेका छन् ।

Muktinath Bank

संस्थानले कैलाली, कञ्चनपुर र डडेल्धुराका किसानहरूबाट दूध सङ्कलन गर्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असोज १६ देखि दूधको भुक्तानी नपाएको भन्दै किसानहरूले आन्दोलनको पहिलो चरण अन्तर्गत बिहीवार अत्तरियाको सडकमै दूध पोखेका हुन् ।


Advertisment
Nabil box
Kumari

एक साताभित्र रकम भुक्तानी नपाए संस्थानको कार्यालय घेराउ लगायतका कार्यक्रम गरिने डडेल्धुराका किसान प्रकाश रोकायाले बताए ।

Vianet communication

‘अन्य पेसा छोडेर पनि हामी अहिले पशुपालनमा लागेका छौं। हामीले उत्पादन गरेको दूधको पैसा समयमै भुक्तानी नपाउँदा कसरी पशु पाल्ने ? उत्पादित दूध सबै बिक्री हुँदैन संस्थानले पनि पैसा नदिए पछि हामीले के गर्ने ? पेसाबाट पलायन हुनुपर्ने अवस्था आइसक्यो',उनले भने ।

अखिल नेपाल किसान महासङ्घका प्रदेश अध्यक्ष मदनराज रेग्मीले दुग्ध विकास संस्थानले किसानको दूध नकिन्ने,थोरै मात्रामा खरिद गरेको दूधको पनि भुक्तानी ६ महिना सम्म दिन नसक्नु चरम लापरबाही भएको बताए ।

‘संस्थानको ध्यान जान आवश्यक छ। किसानका माग सम्बोधनका लागी हामी सशक्त ढङ्गले लाग्छौं । यथाशीघ्र भुक्तानी दिन शुरू नभए आन्दोलनका कार्यक्रम अघि बढाउँछौं,’रेग्मीले भने ।

दूध उत्पादक किसानले असोज १६ देखि माघ मसान्तसम्मको ४ करोड ६४ लाख २ हजार ४७३ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको दुग्ध विकास संस्थान, धनगढी दुग्ध वितरण आयोजना अत्तरिया कैलालीका सङ्कलन शाखा प्रमुख चन्द्रमोहन लेखकले जानकारी दिए ।

‘निजी क्षेत्रसँग हामीले प्रतिस्पर्धा गर्न सकेनौं त्यसैले अहिले समस्या देखिएको छ । फागुन १५ गतेसम्मको हिसाब खाता हेर्ने हो भने पाँच करोड बढीको भुक्तानी दिन बाँकी छ', उनले भने ।

निमित्त कार्यालय प्रमुखसमेत रहेका लेखकका अनुसार गत चैतदेखि दूधको मूल्यमा भएको वृद्धिले बजारमा समस्या देखिएको छ । बजारमा डीडीसीको दूधको मूल्य ९० रुपैयाँ छ भने निजी डेरीले ७० देखि ८० रुपैयाँ प्रति लिटर दूध बिक्री गरिरहेका छन् । जसले गर्दा संस्थानको बिक्रीमा गिरावट आएको छ ।

‘असोज १६ देखि बजारमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छैन । चिसोको समयमा कम नै बिक्री हुन्छ । किसानबाट उत्पादन भएको दूधलाई हामीले पाउडर बनाउनका लागी पठाएका छौं। पाउडर दूध जेठ पछि मात्रै प्रयोगमा आउँछ त्यसैले पनि हामीले समयमै भुक्तानी दिन सकेका छैनौं', लेखकले भने ।

संस्थानले १ देखि १५ गतेसम्मको २३ र २४ गते यस्तै १६ देखि मसान्तसम्मको अर्को महिनाको ७ र ८ गतेसम्म गरी किसानलाई दुई चरणमा भुक्तानी गर्ने गरेको निमित्त कार्यालय प्रमुख लेखक बताउँछन् ।

‘हामीले केन्द्रबाट ४ करोड रकम माग गरेका छौं । एक साता भित्र रकम उपलब्ध हुने आश्वासन पाएका छौं । केन्द्रबाट रकम आए लगत्तै हामी किसानलाई भुक्तानी दिन शुरू गर्छौँ', लेखकले भने ।

अखिल नेपाल किसान महासङ्घ र दुग्ध उत्पादक किसानले उत्पादन भएको दूध खरिद गर्नुपर्ने र बाँकी रहेको बक्यौता रकम भुक्तानी पाउनुपर्ने माग गर्दै सडकमा दूध पोखेर प्रदर्शन गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x