×

NMB BANK
NIC ASIA

त्रिदेशीय टी–२० क्रिकेट श्रृंखला

घरेलु टोली नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो त्रिदेशीय टी–२० श्रृंखला

काठमाडाैं | फागुन २२, २०८०

NTC
Premier Steels

घरेलु टोली नेपाललाई हराउँदै नेदरल्यान्ड्सले त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको उपाधि जितेको छ ।

Muktinath Bank

मंगलवार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल खेलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले हराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ४ विकेट गुमाएर रन १८९ बनाउँदै पूरा गर्यो । 


Advertisment
Nabil box
Kumari

नेदरल्यान्ड्सको जीतमा मिचेल लेभिटले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५४ रन बनाए । 

Vianet communication

नेपालका बलरहरूले नेदरल्यान्ड्सका ब्याटरलाई अन्तिसम्म पनि अलआउट गर्ने कोसिस गरेका थिए, तर सम्भव भएन ।

नेपालका लागि कुशल मल्ले सर्वाधिक ४ तथा अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । 

यसअघि मंगलवार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

null 

नेपालका लागि आशिफ शेखले ४७ रन बनाए । ३१ बल खेलेका उनले एक चौका र तीन छक्का प्रहार गरे । यस्तै, गुल्सन झाले २४ रन बनाए । कुशल मल्ल २६, कप्तान रोहित पौडेल २५, कुशल भुर्तेल २० र करण केसी ९ रन बनाएर आउट भए । 

दीपेन्द्रसिंह ऐरी भने १ रन मात्रै बनाएर आउट भए । यस्तै आरिफ शेख शून्यमा आउट भए ।

नेदरल्यान्ड्सका लागि लेभी र सिब्रयान्ड, फ्रेड क्लास्सेन, टिम फान गुग्टेन र माइकलले २–२ विकेट लिए । 

यसअघि तीन देश सम्मिलित शृंखलामा शीर्ष २ स्थानमा रहँदै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका थिए । 

लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगका शुरूवाती २ खेल गुमाउँदा पछिल्ला २ खेलमा भने जीत निकालेको थियो । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो ।

तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र चौथोमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x