×

NMB BANK
NIC ASIA

नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा रुपन्देहीका एक शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडाैं | फागुन २३, २०८०

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका एक स्थायी शिक्षकविरुद्ध नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

Muktinath Bank

श्री केरवानी माध्यमिक विद्यालयका स्थायी शिक्षक दुर्गादत्त शर्माउपर विशेष अदालत, काठमाडौंमा बुधवार शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देवदह नगरपालिका वडा नम्बर– ५ मा सञ्चालित उक्त विद्यालयका शिक्षक शर्माले स्नातकोत्तर (एमए) तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी देवदह आदर्श बहुमुखी क्याम्पसको सहायक प्राध्यापक पदमा नियुक्ति लिएर कार्यरत रहँदै आएका थिए । 


Advertisment
Nabil box
Kumari

शिक्षक शर्माले भारतको गोरखपुर विश्वविद्यालयबाट नक्कली शैक्षिक लब्धाङ्क पत्र र प्रमाणपत्र ल्याएको पाइएको अख्तियारका प्रवक्ता धिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Vianet communication

‘शिक्षक शर्माले भारतको गोरखपुर विश्वविद्यालयबाट एमए तह उत्तीर्ण गरेको नक्कली शैक्षिक लब्धाङ्क पत्र र प्रमाणपत्रहरू पेश गरी विश्वविद्यालय अनुदान आयोगबाट वार्षिक रुपमा नियमित अनुदान लिने क्याम्पसको सहायक प्राध्यापक पदमा नियुक्त भएको पुष्टि हुन आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम सजाय हुन मागदाबी लिई बुधवार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।’

null
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x