×

NMB BANK
NIC ASIA

रोकियो अफगान–पाक सीमामा झडप

काठमाडाैं | चैत ६, २०८०

NTC
Premier Steels

पाकिस्तानी हवाई हमलाले अफगानिस्तान–पाकिस्तान सीमामा निम्त्याएको झडप रोकिएको तालिवान सरकारका प्रवक्ताले मङ्गलबार बताएका छन् । 

Muktinath Bank

“लडाइँ रोकिएको छ र स्थिति शान्त छ”, तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एएफपीलाई भने । पाकिस्तान सरकारले सोमबार बिहान अफगानिस्तान खोस्त र पाक्तिका प्रान्तको सीमा क्षेत्रमा आक्रमण गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इस्लामाबादले आफ्नो भूमिमा भएको आक्रमणको जिम्मेवार लडाकुलाई हमला गरेको बताए पनि तालिवान सरकारले आक्रमणमा परी ज्यान गुमाउनेमा महिला र बालिबालिका गरी आठ सर्वसाधारण रहेको बताएको छ । 


Advertisment
Nabil box
Kumari

अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार यहाँको सीमावर्ती सेनाले भारी हतियारसहित सिमानामा रहेको पाकिस्तानी सैन्य चौकीहरूलाई निशाना बनाएर पाकिस्तानी हमलाको जवाफ दिएको थियो । 

Vianet communication

पाकिस्तानी सीमावर्ती जिल्ला कुर्रमका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार अफगान सैनिकहरूले उक्त क्षेत्रमा मोर्टार प्रहार गरेका थियो । “झडपमा तीन सैनिक चौकी र सर्वसाधारणका पाँच घरमा आंशिक क्षति पुगेको छ, चार सुरक्षाकर्मीसहित नौ जना घाइते भएका छन्, सीमामा हाल मौनता छाएको छ”, नाम नखुलाउन आग्रह गर्दै एक अधिकारीले भने । 

सन् २०२१ मा अफगानस्तानमा तालिवान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबीच सीमा तनाव बढ्दै गएको हो । इस्लामाबादले काबुलको तालिबान सरकारले लडाकूहरूलाई शरण दिएको र उनीहरूलाई पाकिस्तानी सरकारमा हमला गर्न अनुमति दिएको आरोप लगाएको छ । काबुलले भने आरोप अस्वीकार गर्दै आइरहेको छ । 

विवादित सीमामा चेकपोष्ट निर्माणलाई लिएर बारम्बार झडपहरू भइरहेका छन् भने अध्यागमन मतभेदका कारण व्यापारिक नाकाहरु बन्द रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x