×

NMB BANK
NIC ASIA

भेट्रान्स फुटबलको उपाधि लेकसाइडलाई

कास्की | चैत ९, २०८०

NTC
Premier Steels

पोखरामा सञ्चालन भएको ३५ वर्ष उमेरमाथिको ‘एट ए साइड भेट्रान्स’ फुटबल प्रतियोगिताको उपाधि लेकसाइडले जितेको छ । पूर्व फुटबल रेफ्री स्व कृष्ण गिरी सम्झनामा यही चैत ७ गतेदेखि फेवाताल किनारस्थित बाराहीघाट खेलमैदानमा पहिलो संस्करणको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा गार्डेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै लेकसाइड पहेँलो च्याम्पियन बन्न सफल भयो ।

Muktinath Bank

उपाधि विजेता लेकसाइडले ट्रफीसहित रु एक लाख एक हजार एक सय ११ नगद पायो भने उपविजेता गार्डेनले रु ५१ हजार एक सय ११ मा चित्त बुझायो । खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा निर्णय गरिएको हो । पेनाल्टी सुटआउटमा लेकसाइडका गोलरक्षक विशाल बस्नेतले गार्डेन एफसीका विनोद गुरुङको प्रहार विफल बनाएपछि लेकसाइडले उपाधि चुम्न सफल भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बस्नेत प्रतियोगिताको उत्कृष्ट गोलरक्षक घोषित हुँदैै नगद रु पाँच हजार पुरस्कारसमेत पाए । प्रतियोगितामा लेकसाइडका मिली गुरुङ सर्वोकृष्ट खेलाडी घोषित हुँदै रु १० हजार नगद पुरस्कार पाए । प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रूपमा एनए भेट्रानका कन्या गुरुङले रु पाँच हजार पाउनुभयो । अनुशासित टिम लेकसाइड सेतोले रु १० हजार पुरस्कार पायो । उत्कृष्ट प्रशिक्षकका रूपमा लेकसाइडका राम भुजेल घोषित भए । 
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल लगायतले पुरस्कार वितरण गरेका थिए । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x