×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

कर्णालीमा एमालेलाई माओवादी बाधक, अन्य प्रदेशमा के छ तयारी ?

काठमाडाैं | चैत २१, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रदेश सरकारहरु टिकाउने र भत्काउने योजनाका साथ दलहरु जुटेका छन् । कांग्रेस नेतृत्वको प्रदेश सरकार भत्काउने प्रयासमा नयाँ समीकरणअनुसार बनेको गठबन्धन छ भने कांग्रेसचाहिँ टिकाउने रणनीतिमा देखिन्छ । 

Muktinath Bank

यता कर्णाली प्रदेशमा भने नयाँ सत्ता समीकरणमा रहेका दलहरुबीच नै विवाद देखिएको छ । सोही विवादले मंगलबारको कर्णाली प्रदेशसभाको बैठक स्थगित भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष कारणवश बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

मंगलवार स्थगित भएको बैठक बुधबार ३ बजे बस्नेछ । बुधबारको बैठकमा विश्वासको मत लिने मुख्यमन्त्रीको अडान छ । केन्द्रमा कर्णाली प्रदेशबारे भागबण्डा हुँदा एमालेको भागमा परेपनि माओवादीका केही नेताले असन्तुष्टि पोख्दै आएका छन् ।
००००
यस्तै अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे राजीनामा दिने तयारी गरेका छन् । मुख्यमन्त्री पाण्डेले बुधवार राजीनामा दिने तयारी गरेको उनका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । 

Vianet communication

केन्द्रमा गठबन्धन फेरिएपछि त्यसको प्रभावले माओवादी केन्द्रले फागुन २३ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसका संसदीय दलका नेता पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । पाण्डेले राजीनामा दिएर फेरि नयाँ प्रक्रियामार्फत आफै मुख्यमन्त्री बन्ने रणनीति लिएका छन् । 
००००
यस्तै बागमतीमा भने  नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त ४ मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् । 

यसअघि सोमबार राति मात्र एकीकृत समाजवादीबाट रमा आले मगर मन्त्री नियुक्त भई मंगलबार बिहान शपथ ग्रहण गरेकी थिइन् । हालसम्म बागमतीमा मौजुदा १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त भएका छन् । १२ मन्त्रालयमा १३ मन्त्री भएकाले अब मन्त्रालय फुटाउने या एक कुनै दलका एक मन्त्रीलाई फिर्ता बोलाउने भन्नेबारे सहमति भएको छैन । यसबारे आगामी दिनमा छलफल गरेर टुंगोमा पुगिने नेताहरुको भनाइ छ । 
००००
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले २२ गते बिहीबार संसद् अधिवेशन  बोलाउने निर्णय गरेको हो । प्रदेशसभाबाट मुख्यमन्त्री डिल्ली चौधरीले विश्वासको मत लिनेछन् । सरकार टिकाउन सकस भएपनि जे हुन्छ त्यही फेस गर्ने उनको योजना छ । 
००००
यसैगरी सुदूरपश्चिम प्रदेशसभा सचिवालयले चैत्र २२ गते प्रदेश सभाको बैठक आह्वान गरेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मतको लागि बैठक आह्वानको सूचना प्रेषित गरेपछि प्रदेश सभाको बैठक आह्वान गरिएको हो ।

फागुन २१ पछि नयाँ सत्ता समीकरण बनेपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो । उनले नागरिक उन्मुक्तिलाई साथमा लिएपनि सो पार्टी विवादमा फसेपछि तनावको स्थिति बनेको छ । उनले विश्वासको मत नपाएमा सरकार ढल्नेछ । 

यस्तै कोशी प्रदेशमा भने मध्यावधिको खतरा रहेकाले के हुन्छ भन्ने अन्योलता कायमै छ । अहिले नै कांग्रेस नेतृत्वको सरकार बदल्न नयाँ समीकरणलाई चुनौती छ । यस्तै मधेसको हकमा भने जसपाकै नेतृत्व निरन्तर हुनेछ । मधेसमा जसपाको नेतृत्व निरन्तर हुने भनेर यसअघि नै केन्द्रीय सत्ता गठबन्धनमा सहमति भइसकेको छ ।
००००
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई सुदृढ र प्रभावकारी बनाउन अध्ययन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा सरोकारवालाबीच भएको छलफलमा गृहमन्त्री लामिछानेले राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागीको नेतृत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । छलफलमा उनले विमानस्थलमा रहेका निकायबीच प्रभावकारी समन्वय गर्न र एक अर्कालाई दोषारोपण नगर्न आग्रह गरे । 
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्को रोस्ट्रममा बोल्न नदिने भएको छ । मंगलवार सभापति शेरबहादुर निवास बूढानीलकण्ठमा बसेको कांग्रेसको पार्टी कार्यसम्पादन समितिको बैठकले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म गृहमन्त्री लामिछानेको जवाफ नसुन्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए । यसैबीच कांग्रेसले बुधबार उपनिर्वाचनको उम्मेदवार टुंग्याउँदैछ ।
००००
घुससहित पक्राउ परेका नेपाल प्रहरीका तत्कालीन प्रहरी नायब उपरीक्षक ९ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रितेन्द्र थापासहितको इजलासले उनलाई मंगलवार २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको पुरानो गठबन्धनबाट समृद्धिको बेग हान्न नसकेपछि नयाँ समीकरण बनाउने जोखिम उठाएको बताएका छन् । प्रधानमन्त्री पद सुरक्षित गर्न भन्दापनि समाजवादको आधार तयार गर्ने इमान्दार प्रयासस्वरुप गठबन्धन फेरेको उनले बताए । 
समाजवादी मोर्चाले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणबाट एउटा तप्का विक्षिप्त भएपनि सरकारले सुशान, समृद्धि र सामाजिक न्यायको अभियानलाई उचाइमा पुर्याउने दाबी गरेका हुन् । 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न चौधरी मंगलवार अपरान्ह सिंहदरबारस्थित उनको कार्यालय गएका थिए ।

प्रधानमन्त्री र आफूबीच सरकारलाई समर्थन गर्ने–नगर्ने भन्ने विषयमा कुरा भएको चौधरीले बताए ।
००००
धरानका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था काठमाडौंमा एकल प्रदर्शन गरेका छन् । २०८४ को निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै उनले काठमाडौंको सडकमा एकल प्रदर्शन गरेका हुन् ।
००००
सहकारीको पैसा अपचलनमा संलग्न रहेको भन्दै गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेमाथि संसदीय छानबिनको माग उठिरहेका बेला रास्वपा अर्का मन्त्रीबारे पनि संसद्मा प्रश्न उठेको छ ।

 श्रम तथा रोजगार मन्त्री डीपी अर्यालसमेत सहकारी ठगीमा मुछिएको भन्दै कांग्रेसले संसदमा आवाज उठाएको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । मंगलबार नेप्से परिसूचक १ दशमलव ८५ अङ्कले घटेर दुई हजार १० दशमलव २१ को विन्दुमा पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x