×

NMB BANK
NIC ASIA

ओलीको राजनीतिक भविष्यवाणी

झरेको कपाल फेरि पलाउन थाले, २० वर्ष कसैले आस नगरे हुन्छ– ओली

कास्की | चैत २३, २०८०

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अगाडि बढाएर गरिबी नहटाएसम्म आफूले राजनीतिबाट सन्यास नलिने बताएका छन् । 

Muktinath Bank

उनले एमालेविनाको नेपाल र केपी ओलीविनाको एमाले भन्नेप्रति दया लाग्ने टिप्पणी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले कास्कीको ११ औं जिल्ला सम्मेलनबाट निर्वाचित पदाधिकारीको शपथ कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै ओलीले अरू २० वर्ष राजनीतिमा सक्रिय रहने बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘कसैले एमालेविनाको नेपाल भने, कठै माया लाग्यो । कसैले ओलीविनाको एमाले भने दया लाग्छ । केपी ओली नभइदिएदेखि यसो गरौंला भन्ने लागेको होला, मैले पोहोर साल भनेको थिएँ– जुंगा कालाकाला हुन लागे भनेर । मेरो कपाल जम्मै झरेको थियो । अहिले आफैँ पलाउन थालेको छ, रोपेको होइन । अस्ति नै भनेको थिएँ २० वर्ष अरू कसैले आस नगरे हुन्छ,’ ओलीले भने, ‘यो देशलाई अगाडि बढाएर देशबाट गरिबी हटाएपछि मात्र चौतारोमा बसेर सुस्केरा हाल्ने समय आउँछ । अहिले हामीलाई समय छैन, व्यस्त छौं ।’

Vianet communication

ओलीले सक्रिय राजनीतिबाट विश्राम लिएपछि आफूलाई पार्टीमा वरिष्ठ नेता भन्दै पद नचाहिने बताए ।

‘पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता (झलनाथ)ले हैसियत खोज्दै हिँडेको थाहा छ, माधव नेपालले मलाई के हुन्छ भन्नुहुन्छ ?’ ओलीले भने, ‘जेलमा रहेका नेतालाई ल्याएर जनताले सांसद, प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाइसकेपछि मलाई के चाहियो ? सकेजति काम गर्छु, छाडेपछि वरिष्ठ नेता भनेर छेउमै बस्ने रूचि छैन ।’ 

ओलीले २०८४ सालको चुनावमा एमाले एक्लैले बहुमत ल्याउने गरी मिसन– २०८४ को अभियानमा लागेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x