×

NMB BANK
NIC ASIA

कोशी प्रदेश पछिल्लो समय राजनीतिको प्रयोगशालाजस्तो बनेको छ । विशेषगरी प्रदेश सभाको दोस्रो कार्यकाल शुरू भएदेखि कोशीमा एकपछि अर्को अस्थिर प्रयोग भइरहेका छन् । गत चुनाव (२०७९ मंसिर ४) मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले चुनावी गठबन्धन गरेका थिए । चुनावको परिणामपछि केन्द्रमा गठबन्धन फेरियो । माओवादी अध्यक्ष प्रचण्डले राजनीतिमा 'उथलपुथल' गर्दै एमालेलगायत दलहरूसँग सहकार्य गरेर सरकारको नेतृत्व गरे । केन्द्रसँगै प्रदेशमा पनि नयाँ समीकरण बन्यो । राप्रपासमेत कोशी सरकारमा सहभागी भयो । 

Muktinath Bank

२०७९ पुस २४ दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बने एमालेका हिक्मतकुमार कार्की । उनले झन्डै ६ महिना सरकारको नेतृत्व गरे ।  राष्ट्रपति चुनावमा केन्द्रमा गठबन्धन फेरिएपछि एमाले नेतृत्वको सरकार असार १५ मा ढल्यो । बजेट बनाउने बेलामा माओवादीले सरकार छाडेपछि मुख्यमन्त्री कार्कीले अध्यादेशबाट बजेट ल्याएका थिए  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्ड फेरि उथलपुथल गरेर पुरानै गठबन्धनमा फर्किएपछि कोशीमा राजनीतिक अस्थिरता सिर्जना भयो । त्यसयता केन्द्रसँगै कोशीमा पनि पटकपटक उथलपुथल भइरहेको छ । कांग्रेस, माओवादी एकीकृत समाजवादी र जसपाको समर्थनमा कांग्रेस नेता उद्धव थापा (असार २१) मुख्यमन्त्री बने । उनले सभामुखको समेत हस्ताक्षर प्रयोग गरेपछि एमाले सर्वाेच्च अदालत पुग्यो । साउन ११ मा अदालतले थापाको नियुक्ति बदर गरिदियो । त्यसपछि सभामुख बाबुराम गौतमको राजीनामा गराएर थापा पुनः साउन १६ मा दोस्रो पटक मुख्यमन्त्री बने ।


Advertisment
Nabil box
Kumari

थापा सरकारको नेतृत्वमा फर्किएपछि भदौ ४ मा विश्वासको मत लिने तयारी थियो । थापालाई विश्वासको मत लिनबाट रोक्न एमालेले सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने आफ्ना सांसदलाई अनुपस्थित गरायो । एमालेबाट उपसभामुख बनेकी सृजना दनुवार अचानक ‘बिरामी’ परिन् । प्रदेशसभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले आफैं पनि मुख्यमन्त्री थापालाई मत दिए । त्यो पनि अदालतले बदर गरिदियो । प्रदेश सरकारले पहिलो पटक बजेट होलिडेसमेत मनाउनुपर्ने बाध्यता आयो । 

Vianet communication

एमाले फेरि सर्वाेच्च गयो । भदौ २१ गते एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वाेच्चले परमादेश दियो । भदौ २२ मा एमालेका कार्की पुनः मुख्यमन्त्री नियुक्त भए । 

असोज २० मा विश्वासको मत पाउन नसकेपछि कार्कीले संसद्मा सम्बोधन गर्दै राजीनामा दिएका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान प्रदेश प्रमुख परशुराम खापुङले गरेका थिए । 

तत्कालीन सत्तारूढ गठबन्धनले माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । आङबोलाई छेक्न नेकपा एमाले र कांग्रेसको संस्थापन इतर समूह लागेको थियो । उनीहरू सफल पनि भए । कांग्रेसका ८ सांसदको विद्रोह गराएर एमालेको समर्थनमा असोज २७ मा केदार कार्की मुख्यमन्त्री बने । कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीलाई कात्तिक १ प्रदेशसभामा राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएका थिए ।

गएको फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता सहयात्रा तोड्दै एमालेसँग सहयात्रा थालेपछि प्रदेशमा फेरि समीकरण फेरिएको छ । पहिला मुख्यमन्त्री बन्न आङबोलाई छेकेको एमालेलाई भने तिनै आङबोको साथ चाहिएको छ । अहिले एमाले माओवादीले थालेको प्रक्रिया फेरि पनि सर्वाेच्च अदालतमा पुगेर मात्र किनारा लाग्ने अनुमान गर्न थालिएको छ । 

करिब ६ महिनाअगाडि संविधानको धारा १६८ को उपधार ५ अनुसार मुख्यमन्त्री भएका केदार कार्कीको सरकारलाई विस्थापित गर्ने प्रक्रिया प्रदेशसभामा बहुमत सांसद रहेका एमाले र नेकपा माओवादी केन्द्रले प्रक्रियाको प्रारम्भ गरेका छन् । 

कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकार विस्थापित गरेर नयाँ सरकार बनाउने प्रक्रिया अगाडि बढाउन एकैसाथ एमाले र माओवादीले पाँच कदम चालेका छन् । सत्ता गठबन्धनले एमाले संसदीय नेता हिक्मतकुमार कार्कीलाई कोशीमा नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । त्यसअनुसार एमालेका ३९ र माओवादीका १३ गरी ५२ सांसदले हस्ताक्षर गरेको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभामा दर्ता गरिएको छ ।

गठबन्धनकै दलहरू नेकपा एकीकृत समाजवादीले भने तत्काल सरकारबाट फिर्ता नहुने जनाएको छ । एमाले र माओवादी मात्रै मिल्दा पनि प्रदेशसभामा स्पष्ट बहुमत पुग्छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सांसद चाहिनेमा दुई दलसँग ५२ सांसद छन् ।

सरकारलाई समर्थन दिएका दलहरूले समर्थन फिर्ताको घोषणा गरेसँगै संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेका छन् । उनलाई दिएको समर्थन फिर्ता लिने एमाले र माओवादी निर्णयले प्रदेशमा फेरि एकपटक सरकार फेरबदलको खेल दोहोरिने निश्चित भएको छ । 

कोशीमा पछिल्लो पटक भएका राजनीतिक घट्नाक्रमले जटिल मोडमा पुर्‍याएको छ ।  सरकार बनाउन उल्लेख भएका संविधानका सबैधारा उपधाराको प्रयोग कोशीमा भएको छ । सरकार गठनको अन्तिम विकल्प मानिएको संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू मुख्यमन्त्री बनेको दाबी गरेर प्रदेशसभा विघटनगरी नयाँ निर्वाचनको सिफारिस गर्ने राजनीतिक मोडमा केदार कार्की छन् । उनले जोखिमपूर्ण विकल्प मोल्छन् कि मोल्दैनन् त्यो भने हेर्न बाँकी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x