फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई अवमूल्यन गरे अर्को उथलपुथल ल्याइदिने चेतावनी दिएका छन् ।
रौतहटको गौर नगरपालिका– २ को लालबकैया नदीमा शनिवार झोलुंगे पुलको उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । आफूले पटकपटक राजा महाराजादेखि हस्ती नेताको सामना गरेको भन्दै कमजोर नसम्झन पनि चेतावनी दिए ।
‘राजा वीरेन्द्र, ज्ञानेन्द्रदेखि हस्ती नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसम्म र गिरजाप्रसाद कोइराला मात्रै होइन प्रचण्डसम्मलाई सामना गर्दै आएको छु,’ नेपालले भने, ‘यसैले हाम्रो पनि आफ्नै पहिचान, स्वाभिमान र मूल्य छ, यसलाई कसैले पनि कमजोरीको रुपमा नलिनुस् । यो कुरा बुझे ठीक छ, नभए सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल ल्याइदिन्छौं ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्य–मान्यता र महत्व रहेकाले हल्का रुपमा नलिन सचेत पनि गराए ।
आफूहरू कसैको दास र इशारामा चल्ने पार्टी र व्यक्ति नभएको उनले स्पष्ट पारे । एकीकृत समाजवादीको भूमिकालाई अवमूल्यन नगर्न पनि पनि उनले चेतावनी दिए ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...