×

NMB BANK
NIC ASIA

चर्चामा भारतको लोकसभा निर्वाचन

भारतको चुनावमा कसैले नउठाएको तर निकै महत्त्वपूर्ण एउटा मुद्दा

काठमाडाैं | बैशाख ९, २०८१

NTC
Premier Steels

भारत जस्तो ठूलो देशका लागि जलवायु परिवर्तनको समस्या कत्तिको कठिन छ भन्ने कुरा बुझ्न साँच्चै गाह्रो छ ।  

Muktinath Bank

यसका लागि केही उदाहरण काफी छैनन् । यदि विगत २ वर्षयताका घटनाक्रम हेर्ने हो भने जलवायु परिवर्तनको समस्याबारे केही भेऊ भने पाउन सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसारकै ठूलो लोकतन्त्र भएको मानिने भारतमा लोकसभा निर्वाचन भर्खरै शुरू भएको छ । यो लोकसभा निर्वाचनमा अत्यन्त जरुरी तर कुनै दलले नउठाएको मुद्दा हो जलवायु परिवर्तनको असर ।


Advertisment
Nabil box
Kumari

सन् २०२२ को अन्त्यदेखि अहिलेसम्मका केही घटनाक्रमले भारत जलवायु परिवर्तनका कारण निरन्तर आघात खेपिरहेको छ भन्ने पुष्टि हुन्छ ।

Vianet communication

२०२२ को सेप्टेम्बरको मनसुनी वर्षाले भारतको बैंगलोर शहर चुर्लुम्म डुब्यो । केही अभिजात वर्गका व्यक्तिको घर र कर्पोरेट टावरबाहेक आम जनताको बस्ती डुबानमा पर्यो । केहीले ज्यानसमेत गुमाउनुपर्यो ।

२०२३ को मार्चमा कर्नाटक राज्यको जङ्गलको आगलागीका कारण केही दिनसम्म वातावरण धुँवामय भयो । लाखौँ जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्यो ।

त्यसपछि अप्रिल २०२३ मा गर्मीको शुरुवातमा मुम्बईको हेभिङ्ग, आर्द्र महानगरमा  भएको ठूलो जमघटमा गर्मीकै कारण एक दर्जन मान्छेको ज्यान गयो । त्यसलगत्तै जुलाईमा बाढीका कारण दिल्लीको सम्पूर्ण भाग पानीमा डुब्यो ।

त्यही गर्मीमा २४ करोड भन्दा बढी मान्छे लु लागेर अस्पताल भर्ना हुन पुगे । हिमाली क्षेत्रमा पर्ने हिउँ कम हुँदै गइरहेको छ । अहिले पुनः गर्मी र निर्वाचन सँगसँगै शुरू भएका छन्, तर जलवायु परिवर्तनको कारण र असरबारे कुनै चर्चा भएको छैन ।

भारतको मौसमको प्रभाव देशको सिमाना भित्र मात्र निहित छैन । यो विश्वव्यापी चिन्ताको विषय हो । जब भारतले  गर्मीको लहरका कारण गहुँ निर्यातमा प्रतिबन्ध लगाउँछ वा बैंगलोर डुबेका कारण आईटी निर्यातलाई सुस्त बनाउँछ , त्यतिबेला संसारभरका लाखौंको जीवन प्रभावित हुन्छ ।

चीन र अमेरिकापछि भारत विश्वको  तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने देश हो । यो विश्वको  सबैभन्दा द्रुत बृद्धि हुने प्रमुख अर्थतन्त्र पनि हो ।

भारतले जलवायु परिवर्तनलाई कसरी सम्हाल्छ, त्यो सबैको चासोको विषय हो ।

तर, सत्तारुढ भारतीय जनता पार्टी  (भाजपा) र  कांग्रेसका चुनावी घोषणापत्रमा वातावरणबारे केही उल्लेख भए पनि   भारतमा चल्ने ६ साता लामो लोकसभा निर्वाचनमा  मुख्य मुद्दाका रूपमा जलवायु परिवर्तन स्थापित नहुनु अचम्मको कुरा हो ।  

अष्ट्रेलिया,  बेलायत  र  अमेरिका जस्ता कतिपय देशहरूमा जलवायु नीतिकै कारण चुनाव उलटफेर हुने अवस्था छ ।

किनभने जलवायु राजनीति विकासशील देशमा फरक देखिन्छ । यी देशहरूमा 'जलवायु' उल्लेख गरिएको घोषणापत्रको सट्टा जीविकोपार्जन र निरन्तर कल्याणकारी मुद्दाहरू प्रमुख बन्न जान्छन् ।

जलवायु परिवर्तनको असराकै कारण देखिने वर्षौंको खडेरीपछि किसानहरू ऋण माफी र सिँचाइ सुविधा माग्ने गर्छन् । परिणाम होइन, त्यसपछि उत्पन्न अप्ठेरो परिस्थितिबारे मात्र दलहरूले कुराकानी गरेका छन् ।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भएपनि भारतीयले अन्य देशको तुलनामा कम कार्बन उत्सर्जन गर्छन् । भारतमा प्रतिव्यक्ति १ दशमलव ९ टन कार्बन उत्सर्जन हुन्छ जुन प्रति व्यक्ति  ४ दशमलव ७ टनको विश्वव्यापी औसतको आधाभन्दा कम छ  । यो विकसित अर्थतन्त्रहरूको तुलनामा धेरै गुणा कम हो ।

कम प्रति-व्यक्ति उत्सर्जन र द्रुत रूपमा अघि बढिरहेको अर्थतन्त्रले भारतको जलवायु नीतिलाई पनि स्पष्ट पारेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको वर्तमान सरकार अर्थतन्त्रलाई शक्ति दिन जीवाश्म ईन्धनमा निर्भर छ तर रोजगारी सिर्जना गर्न नवीकरणीय ऊर्जा र घरेलु हरित उत्पादनको परिचालनलाई पनि जोड दिएको छ । यो काम विगतका सरकारले गरेजस्तै सामान्य काम हो ।

बीजेपी र कांग्रेसको चुनावी घोषणापत्रमा जलवायु नीतिअन्तर्गत दायर गर्न सकिने क्षेत्रमा दर्जनौं वाचाहरू फेला पर्छन् । तर यसलाई मुख्य मुद्दा बनाउन दुवै पार्टीले कसरत गरेका छैनन् ।

चुनावी अभियानमा गरिएको कुनै पनि दलको भाषणमा पनि जलवायुसम्बन्धी विषयहरू चर्चा गरिएन ।

भारतको राजनीतिले जलवायु परिवर्तनको मुद्दालाई भारतीय मतदाताको मनमा गहिरो प्रभाव पार्न सकेको छैन । सन् २०१८ मा दशौं हजार किसानहरूले भारतको विभिन्न भागमा धेरै वर्षको खडेरी पछि प्रदर्शन गरे । उनीहरूले बढ्दो कृषि ऋण, घट्दो उत्पादकता, कृषि सामग्री र अपर्याप्त सिँचाइविरुद्ध विद्रोह गरे ।

उत्तर बङ्गालकी एक गरिब मुस्लिम महिलाको दिल्लीस्थित झुपडी आगलागीमा पर्यो । त्यसको केही वर्षपछि बंगालमा रहेको उनको परिवारको घर मनसुनी बाढीले क्षतिग्रस्त भयो ।

उनी दिल्लीमा सरसफाई गर्ने काम गर्छिन । उनको अहिलेको हविगत जलवायु परिवर्तनकै असरका कारण निम्तिएको हो ।

जलवायु परिवर्तनको समस्याबारे भारतीय जनता पनि त्यति सचेत छैनन् । सन् २०२२ मा सीएनएनले ४ हजार ५ सय भन्दा बढी भारतीयलाई यसबारे सोधेको थियो ।

जसमा ५० प्रतिशत भन्दा बढी भारतीयले यसबारे केही थाहा नभएको बताएका थिए भने २० प्रतिशतले मात्र अलिअलि चासो भएको बताएका थिए ।

लेखक आदित्य वालिथान पिल्लाईले सीएनएनका लागि गरेको विश्लेषणलाई लोकान्तरका लागि ईश्वर अर्यालले भावानुवाद गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x