×

NMB BANK
NIC ASIA

कतारी राजाको नेपाल भ्रमण

नेपाल र कतारबीच ८ सम्झौताः सांस्कृतिकदेखि खेलकुदसम्म

काठमाडाैं | बैशाख १२, २०८१

NTC
Premier Steels

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले गरेको नेपालको राजकीय भ्रमणका क्रममा विभिन्न ८ क्षेत्रमा सम्झौता र एमओयू भएको छ । 

Muktinath Bank

बुधवार काठमाडौंस्थित द्वारिकाज होटेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच भएको भेटवार्तापछि ८ वटा विभिन्न क्षेत्रमा सहयोग आदानप्रदान गर्ने समझदारी भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री प्रचण्डको सचिवालयले उपलब्ध गराएको सम्झौता र समझदारीमा सांस्कृतिक क्षेत्रदेखि संयुक्त व्यापार परिषद् स्थापना गर्नेसम्मका सम्झौता भएका छन् । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication

यी हुन् ८ सम्झौताः 

सांस्कृतिक र कला क्षेत्रमा सहयोगका लागि सम्झौताः यो सम्झौता नेपालको सांस्कृतिक, पर्यटन र नागरिक उड्डयन मन्त्रालय र कतारको सांस्कृतिक मन्त्रालयबीच भएको छ । यसको माध्यमबाट दुवै देशबीच सांस्कृतिक र कला क्षेत्रमा एक अर्थपूर्ण सहयोग आदानप्रदान गर्नेछन् । 

समाचार तथा तथ्यांक विनिमयको सम्झौताः यो सम्झौता राष्ट्रिय समाचार संस्था नेपाल (आरएसएस) र कतार समाचार संगठन (क्यूएनए) बीच भएको छ । यस सम्झौताअनुसार दुवै देशबीच समाचार तथा तथ्यांक आदानप्रदान गर्ने लक्ष्य रहेको छ ।

शिक्षा, उच्च शिक्षा, र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि सम्झौताः यो सम्झौता नेपाल सरकार र कतार राज्यको बीचमा भएको छ । यसले दुवै देशबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोग आदानप्रदान गरिने छ । 

युवा र खेलकुदको क्षेत्रमा सहयोगका लागि सम्झौताः यो सम्झौता नेपाल सरकार र कतार राज्यको बीचमा भएको छ । यसले दुवै देशबीच युवा र खेलकुदको क्षेत्रमा सहयोग आदान–प्रदान गर्ने लक्ष्य राखेको छ ।

महान्यायाधिवक्ता कार्यालय र कतारको पब्लिक प्रोसिक्युसनबीच सहयोगका लागि सम्झौताः यो सम्झौता नेपालको महान्यायाधिवक्ता कार्यालय र कतारको पब्लिक प्रोसिक्युसन भएको छ । यसले दुवै देशबीच ’अभियोजन’ विषयक सहयोग आदानप्रदान गर्ने लक्ष्य राखेको छ ।

कूटनीतिक तालिम र शिक्षाका क्षेत्रमा सहयोगका लागि सम्झौताः यो सम्झौता नेपाल सरकारको इन्स्टिच्युसन अफ फरेन अफेयर्स (आईएफए) र कतार राज्यको विदेश मन्त्रालयको डिप्लोम्याटिक इन्स्टिच्युसनबीच भएको छ । यसले दुवै देशका बीच कूटनीतिक तालिम र शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदान गर्ने लक्ष्य राखेको छ ।

संयुक्त व्यापार परिषद् स्थापना गर्ने सम्झौताः यो सम्झौता कतार च्याम्बर र नेपाली उद्योग तथा वाणिज्य महासंघ (एफएनसीसीआई) बीच भएको छ । यसले दुवै देशबीच संयुक्त व्यापार परिषदको स्थापना गर्ने लक्ष्य राखेको छ ।

सम्झौता पुनर्नवीकरण: यो सम्झौता कतार च्याम्बर र नेपाली उद्योग तथा वाणिज्य महासंघ (एफएनसीसीआई) बीच भएको छ । यसले पुरानो सम्झौता नवीकरण गर्ने लक्ष्य राखेको छ ।

मंगलवार अपरान्ह ४ बजे नेपाल आएका कतारका अमिर बुधवार दिउँसो २ः३० बजे स्वदेश फर्किएका छन् । उनको दुई दिने नेपाल भ्रमणलाई नेपालमा निकै चासोका साथ हेरिएको छ । 

उनले मंगलवार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।
 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x