१२ असार २०८३, शुक्रबार
मोदीको तेस्रो कार्यकाल

मोदीको शपथ सवा ७ बजे, चर्का आलोचक माल्दिभ्सका राष्ट्रपति मोइज्जुसमेत सहभागी हुने

जेठ २७, २०८१
काठमाडौं
मोदीको शपथ सवा ७ बजे, चर्का आलोचक माल्दिभ्सका राष्ट्रपति मोइज्जुसमेत सहभागी हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतवार भारतीय समयअनुसार साँझ सवा ७ बजे सपथ लिने कार्यक्रम रहेको छ ।

भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा बहुमत ल्याएको भाजपा नेतृत्वको गठबन्धनबाट मोदी प्रधानमन्त्री बन्ने भएका हुन् । लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नेमा मोदी जवाहरलाल नेहरूपछिका दोस्रो प्रधानमन्त्री हुन् ।

आजै प्रधामन्त्री मोदीसँगै उनको मन्त्रिपरिषद्का अन्य सदस्यहरूले पनि सपथ लिनेछन् ।

मोदीको मन्त्रिपरिषदमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागिसकेको छैन । तर भारतीय सञ्चारमाध्यमहरूले भाजपाबाट निर्मला सीतारमण, अमित शाह, राजनाथ सिंह, एमएल खट्टर र भाजपाका सहयोगी दलबाट एचडी कुमारस्वामी, रामदास आठवले र जयन्त चौधरीलगायतले सपथ ग्रहण गर्ने बताएका छन् । 

सँगै विदेशमन्त्रीका रूपमा एस जयशंकरले आफ्नो कार्यकाल दोहोर्याउने छन् ।

राष्ट्रपति द्रौपदी मुर्मुले साँझ सवा ७ बजे(नेपाली समयअनुसार साढे ७) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

राष्ट्रपति भवनमा आयोजना गरिने सपथग्रहण समारोहमा अहिले स्वदेशी र विदेशी पाहुनाहरूको बाक्लो उपस्थिति देखिएको छ । यससँगै सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विभिन्न मिडिया रिपोर्टका अनुसार आजको समारोहमा जम्मा ३० मन्त्रीले मात्र सपथ लिनेछन् । मन्त्रिपरिषदमा ७८ देखि ८१ जनासम्म रहन सक्ने अनुमान गरिएको छ ।

यसअघिका २ आम निर्वाचनमा जस्तो भाजपासँग यसपटक बहुमत छैन । एनडीए गठबन्धनका अन्य सहयात्री दलबाट यसअघि भन्दा बढी मन्त्रीहरू बन्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

को–को सहभागी हुँदैछन् ?

मोदीको सपथ ग्रहण समारोहमा छिमेकी राष्ट्र र अन्य राष्ट्रका शीर्ष नेताहरू सामेल हुनेछन् ।

समारोहमा सहभागी हुन श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', साथै मोरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगन्नाथ नयाँ दिल्ली पुगिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्