×

मोदीको तेस्रो कार्यकाल

मोदीको शपथ सवा ७ बजे, चर्का आलोचक माल्दिभ्सका राष्ट्रपति मोइज्जुसमेत सहभागी हुने

काठमाडाैं | जेठ २७, २०८१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतवार भारतीय समयअनुसार साँझ सवा ७ बजे सपथ लिने कार्यक्रम रहेको छ ।

भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा बहुमत ल्याएको भाजपा नेतृत्वको गठबन्धनबाट मोदी प्रधानमन्त्री बन्ने भएका हुन् । लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नेमा मोदी जवाहरलाल नेहरूपछिका दोस्रो प्रधानमन्त्री हुन् ।


Advertisment

आजै प्रधामन्त्री मोदीसँगै उनको मन्त्रिपरिषद्का अन्य सदस्यहरूले पनि सपथ लिनेछन् ।


Advertisment

मोदीको मन्त्रिपरिषदमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागिसकेको छैन । तर भारतीय सञ्चारमाध्यमहरूले भाजपाबाट निर्मला सीतारमण, अमित शाह, राजनाथ सिंह, एमएल खट्टर र भाजपाका सहयोगी दलबाट एचडी कुमारस्वामी, रामदास आठवले र जयन्त चौधरीलगायतले सपथ ग्रहण गर्ने बताएका छन् । 

सँगै विदेशमन्त्रीका रूपमा एस जयशंकरले आफ्नो कार्यकाल दोहोर्याउने छन् ।

राष्ट्रपति द्रौपदी मुर्मुले साँझ सवा ७ बजे(नेपाली समयअनुसार साढे ७) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

राष्ट्रपति भवनमा आयोजना गरिने सपथग्रहण समारोहमा अहिले स्वदेशी र विदेशी पाहुनाहरूको बाक्लो उपस्थिति देखिएको छ । यससँगै सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विभिन्न मिडिया रिपोर्टका अनुसार आजको समारोहमा जम्मा ३० मन्त्रीले मात्र सपथ लिनेछन् । मन्त्रिपरिषदमा ७८ देखि ८१ जनासम्म रहन सक्ने अनुमान गरिएको छ ।

यसअघिका २ आम निर्वाचनमा जस्तो भाजपासँग यसपटक बहुमत छैन । एनडीए गठबन्धनका अन्य सहयात्री दलबाट यसअघि भन्दा बढी मन्त्रीहरू बन्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

को–को सहभागी हुँदैछन् ?

मोदीको सपथ ग्रहण समारोहमा छिमेकी राष्ट्र र अन्य राष्ट्रका शीर्ष नेताहरू सामेल हुनेछन् ।

समारोहमा सहभागी हुन श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', साथै मोरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगन्नाथ नयाँ दिल्ली पुगिसकेका छन् । 

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x