२६ जेठ २०८३, मंगलबार

मोरङ र झापामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

असार ४, २०८१
काठमाडौं
मोरङ र झापामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मोरङ र झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । पछिल्लो चार घण्टामा मोरङको लेटाङ, झापाको दमक, कन्काइ र अनारमनी बिरता वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

यी क्षेत्रमा थप वर्षा हुनसक्ने भएकाले स–साना खोलाहरूमा बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । यी क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

यस्तै, गएरातिदेखि नै गोरखा, धादिङ, नुवाकोट, काठमाडौं, सुनसरी, मोरङ, झापा र आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

यी क्षेत्र आसपास भई बहने स-साना खोलामा समेत बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्