×

अघिल्लो विश्वकपमा भोगेको नमिठो हारको बदला लिने दाउमा भारत, सोही नतिजा दोहोर्‍याउने लक्ष्यमा इंग्ल्यान्ड

काठमाडाैं | असार १३, २०८१

आईसीसी टी–२० क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनल खेल भारत र इंग्ल्यान्डबीच बिहीवार राति हुँदैछ । खेल नेपाली समय अनुसार साँझ सवा ८ बजे शुरू हुनेछ ।

वेस्ट इन्डिजको गुयनास्थित प्रोभिडेन्स रंगशालामा हुने खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ । यसको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग  प्रतिस्पर्धा गर्नेछ । 


Advertisment

बिहीवार बिहानै भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानमाथि एकतर्फी जीत निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ । 


Advertisment

सन् २०२२ मा भएको अघिल्लो संस्करणको टी–२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । त्यो भारतका लागि नमिठो हार थियो । भारतलाई आज सोहीको बदला लिने मौका रहेको छ । अहिले भारतको टोलीले विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ । यसर्थ यो सम्भव पनि छ ।

अर्कोतिर साविक विजेता इंग्ल्यान्ड भने आज २०२२ कै त्यही नतिजा दोहोर्याउन चाहन्छ । इंग्ल्यान्ड ठूला प्रतियोगितामा सम्हालिएर खेल्ने टोलीमा पर्छ । यसर्थ आज उसले भारतलाई हराउँदै टी–२० विश्वकपको लगातार उपाधि जित्ने लक्ष्य राखेको छ ।   

भारत यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ । समूह चरणपछि सुपर ८ मा पनि शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्दैछ । उसले सुपर ८ मा अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तानलाई हराएको थियो ।

उता इंग्ल्यान्ड दुई आयोजक राष्ट्र वेस्ट इन्डिज र अमेरिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । उ दक्षिण अफ्रिकासँग भने पराजित भएको थियो ।

नकआउट खेलमा भारतीय टोली फेरि एकपटक रोहित शर्माको नेतृत्वमा जोस बटलरको टोलीसँग भिड्नेछ । टी–२० क्रिकेटमा यी दुई टोली २३ पटक भिडेका छन्, जसमा भारतको अग्रता छ । भारतले १२ खेल जितेको छ भने इंग्ल्यान्डले ११ खेलमा विजयी भएको छ । 

टी–२० विश्वकपको इतिहासमा इंग्ल्यान्डले भारतसँग चारपटक सामना गरेको छ । दुवै टोलीले दुई–दुई खेल जितेका छन् ।

यस खेलमा वर्षा बाधक बन्ने सम्भावना भने रहेको छ । पहिलो सेमिफाइनलमा रिजर्ब दिन रहेपनि दोस्रो सेमिफाइनलमा आईसीसीले रिजर्ब दिन राखेको छैन ।

वर्षाका कारण खेल हुन नसकेको खण्डमा भारत फाइनल प्रवेश गर्ने नियम छ । भारतले सुपर ८ चरणमा समूहको शीर्ष स्थान हासिल गरेकाले समूह उपविजेता बनेको इंग्ल्यान्डभन्दा अघि रहँदै फाइनल प्रवेश गर्नेछ ।

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x