×

NMB BANK
NIC ASIA

सभागृहमा ७ घण्टा : रवीन्द्र मिश्रको उत्साहदेखि रमिलाको आक्रोशसम्म (फोटोफिचर)

कात्तिक २०, २०७४

NTC
Premier Steels
1509609659009_Pro_Ktm_20171102_Aकाठमाडौं, १६ कात्तिक— प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृह कुनै पनि राजनीतिक माहोलबाट अछुतो रहदैनँ । राष्ट्रिय राजनीतिका हरेक क्रियाकलापमा सधैं मूर्त झैं सहभागिता जनाउने सभागृह बिहिबार आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रको उम्मेद्वारी दर्ता स्थल बन्यो ।

संविधान कार्यान्वयनको महत्वपूर्ण कदमका रुपमा लिइएको आगामी निर्वाचनका लागि निकै उत्साहित बन्दै सभागृहको माहोल तताएका थिए, रबिन्द्र मिश्रले ।15

उनले काठमाडौं क्षेत्र नम्बर १ बाट विवेकशील साझा पार्टीका तर्फबाट आफ्नो उम्मेद्वारी दर्ता गराउँदै पत्रकारहरुसँग आफ्नो उम्मेद्वारी नयाँपनका लागि भएको दाबी गरे ।1_5

उनका प्रमुख प्रतिद्वन्दी काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह भने अपरान्ह २ बजे मात्रै उम्मेद्वारी दर्ताका लागि सभागृह प्रवेश गरेका थिए । लामो इतिहास बोकेको नेपाली काँग्रेसका प्रभावशाली नेता बिरुद्धको उम्मेद्वारी जितकै लागि हो त ? पत्रकारको यो प्रश्नमा मिश्रले भने, ‘जित्नकै लागि उम्मेद्वार बनेको ।’ अझँ उनले आफ्नो जित ११० प्रतिशत सुनिश्चित भएको दाबी समेत गरे ।6_1

सभागृहमा उम्मेद्वारी दर्ता गराएका नेपाली काँग्रेसका प्रतिनिधिसभाका अधिकांश उम्मेद्वार हेभिवेट नै रहेका छन् ।
यसैगरी वाम गठबन्धनका तर्फबाट पनि काठमाडौँमा क्षेत्र नं १ मा चर्चित माओवादी केन्द्र नेता जनार्दन शर्माका भाइ अनिल शर्मा, २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ४ मा डा राजन भट्टराई रहेका छन् ।

उम्मेद्वार र मतदाताका आ–आफ्नै अपील !
सभागृहमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भीडभाड थियो । यो ७ घण्टाको बीचमा उम्मेदवारी दर्ता गराउन आएका उम्मेद्वारहरुले आफूले जिते केही काम गर्ने अठोट गरे ।12

उम्मेदवारी दर्ता गराउने रवीन्द्र मिश्रको टोली पछ्याउने क्रममा सभागृहको गेटसम्म आइपुगेकी काठमाडौं क्षेत्र नम्बर चारकी एक महिला मतदाता रमिला शर्माले उम्मेद्वारप्रति आक्रोश पोखिन् ।3_2

लोकान्तरसँग उनले भनिन्, ‘नेताहरुले महंगा र गहु्रगा माला लगाएर आउँदैमा हामीलाई के हुन्छ ?’ उम्मेद्वारसँग के अपेक्षा छ भन्ने प्रश्नमा उल्टै प्रतिप्रश्न गर्दै उनले थपिन्, ‘हाम्रो चाबहिलमा धुलो धुँवाको अवस्था देख्नुभएको छ ?, यिनीहरुले सुधार्छन् भनेर अपेक्षा गर्नु ?’

रमिलाले आक्रोश पोख्दै गर्दा युवा तथा चर्चित नेता नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का उम्मेद्वार गगन थापाले अब युवाहरुको सहभागिता बढे सम्बृद्धि तथा विकासले फड्को मार्ने बताए ।16

थापाले सभागृहमा पत्रकारसँग कुरा गर्दै गर्दा गलाभरी लगाएका माला छाम्दै आफूलाई जिताउन अपील मात्रै गरिरहेका थिए । रमिलाजस्तै सभागृहको गेटसम्म पुगेका कयौं मतदाताहरुले विकासका लागि नेताहरुसँग अपील गरिरहेका थिए भने सबै उम्मेद्वारले चाहिँ आफूलाई जिताउन अपील गरिरहेका थिए ।

बिहिबार भीडभाड देखिएको सभागृह परिसरमा जसरी पनि आगामी चुनाव सम्पन्न भई संविधान कार्यान्वयन हुनुपर्ने आवाज भने सबैको एउटै थियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x