×

प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा यस्तो छ धादिङका उम्मेदवारको प्रतिस्पर्धा

कात्तिक २४, २०७४

काठमाडौं, २४ कात्तिक– धादिङमा आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको सरगर्मी बढेको छ । राजनीतिक दलहरुले चुनावी प्रचारलाई तीब्र बनाएसँगै चुनावी माहोल तातेको छ । उम्मेदवारहरु सामाजिक सञ्जालदेखि मेलापातमा रहेका मतदाताको खेतसम्म पुगेर भोट मागिरहेका छन् । 

प्रतिनिधिसभाका लागि २ र प्रदेश सभाका लाग ४ वटा निर्वाचन क्षेत्र रहेको धादिङमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 


Advertisment

प्रतिनिधि सभा क्षेत्र नं १ मा काँग्रेसका तर्फबाट युवा व्यवसायी विश्व अर्याल र एमालेका जिल्ला अध्यक्ष भूमि त्रिपाठी प्रतिस्पर्धामा छन् । अर्याल राजनीतिसंगै व्यवसायी छविबाट निकै चर्चामा रहेका व्यक्ति हुन् भने त्रिपाठी अधिबक्ता हुन् । त्रिपाठी नेकपा एमालेका जिल्ला अध्यक्ष पनि हुन् ।
 
गत बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट वाम गठबन्धनले ५९ हजार ८ सय ६८ मत प्राप्त गरेको थियो । यस्तै लोकतान्त्रिक गठबन्धनले १४ हजार ५ सय ६५ मत प्राप्त गरेको थियो । 


Advertisment

स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार धादिङ क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धन वाम गठवन्धनभन्दा ४५ हजार ३ सय ३ मतले पछाडि रहेको छ । यसलाई हेर्दा हालको निर्वाचन क्षेत्र नं १ मा तुलनात्मक रुपमा नेपाली काँग्रेसलाई जीत हासिल गर्न चुनौतीपूर्ण छ । 

प्रदेशसभातर्फ क्षेत्रनम्बर १ को (क) मा काँग्रेसको तर्फबाट मुधकुमार श्रेष्ठ, एमालेका तर्फबाट पूर्व सांसद राजेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् । 


पाण्डे उम्मेदवार रहेको धुनीबेसी नगरपालिका, थाक्रे र गल्छी गाउँपालिका तीनै स्थानीय तहमा गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए । स्थानिय चुनावको मतपरिणाम हेर्दा १ को (क)मा बामगठबन्धनको जम्मा मत ३२ हजार १ सय ८४ छ । लोकतान्त्रिक गठबन्धनको जम्मा मत ९ हजार ८ सय छ । यो क्षेत्रमा वाम गठबन्धन लोकतान्त्रिक गठवन्धनभन्दा २२ हजार ३ सय ८४ मतले अगाडि छ ।

यस्तै क्षेत्र नम्बर १ को (ख)मा लोकतान्त्रिक गठवन्धनका तर्फ काँग्रेसका प्रभातकिरण सुवेदी र वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका जिल्ला अध्यक्ष शालिकराम जमरकट्टेलको उम्मेदवारी रहेको छ  । लोकतान्त्रिक गठवन्धनका उम्मेदवार सुवेदी गत संविधान सभाको निर्वाचनको बेला माओवादी केन्द्रबाट काँग्रेस प्रवेश गरेका थिए । पार्टी परित्याग पछि जम्मरकट्टेलका सम्पर्क बाहिर रहेका सुवेदी र जम्मरकट्टेलबीच आगामी मंसिर १० गते हुने चुनावमा प्रतिस्पर्धा हुने छ ।

उक्त क्षेत्रमा पर्ने तीन गाउँपालिका मध्ये स्थानीय निर्वाचनमा एक गाउँपालिकामा माओवादी केन्द्र र दुई वटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।  

सो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारले २७ हजार ६ सय ८४ मत प्राप्त गरेका थिए भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले ४ हजार ७ सय १८ मत प्राप्त गरेका थिए । बामगठबन्धनले लोकतान्त्रिक गठबन्धनको तुलनामा २२ हजार ९ सय ६६ मत बढी ल्याएका थिए ।

यस्तै निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका कानुन न्याय तथा संसदीय ब्यवस्था राज्यमन्त्री दिलमान पाख्रिन र बाम गठबन्धनबाट एमालेका  केन्द्रिय सदस्य खेम लोहनी प्रतिस्पर्धामा रहेका छन् । पाख्रिन काँग्रेसका पुराना दिवंगत नेता दामन पाख्रिनका छोरा हुन । लोहनी एमाले धादिङको अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका हुन् । लोहनी पूर्व जिल्ला विकास समिति धादिङका सभापति समेत भएका थिए । 

प्रतिनिधि सभा २ मा स्थानीय चुनावमा लोकतान्त्रिक गठबन्धनले ३४ हजार १ सय ५६ मत पाप्त गरेको थियो  । यस्तै वामगठबन्धनका उम्मेदवारले ३० हजार ९ सय दुई मत पाएका थिए ।  लोकतान्त्रिक गठबन्धन ३ हजार दुई सय ५४ मतले अगाडि छन् ।  २ नंबर क्षेत्रमा लोकतान्त्रिक र वामगठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रदेश २(क) मा काँग्रेसबाट जिल्ला अध्यक्ष रमेश धमला र एमालेबाट डा. रामकुमार अधिकारीको उम्मेदवारी रहेको छ । यस क्षेत्रमा धमला र अधिकारी दुवै पहिलो पटक  उम्मेदवारी दिएका हुन् । 

धमला नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुन् । धमला युवाहरुका माझमा लोकप्रिय नताको रुपमा चिनिन्छन् । स्थानिय चुनावमा यस क्षेत्रमा पर्ने नीलकण्ठ नगरपालिका र ज्वालामुखीमा काँग्रेसले जितेको थियो ।  यस्तै नेत्रावती गाउँपालिकामा एमालेले जित हासिल गरेको थियो ।
 
यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले २१ हजार छ सय ३४ मत प्राप्त गरेका थिए भने बामगठबन्धनले १६ हजार ७६ मत पाएका थिए । लोकतान्त्रिक गठबन्धन ५ हजार ५ सय ५८ मतले अगाडि छ ।

प्रदेश २(ख) मा माओवादी केन्द्रबाट जगत सिम्खडा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट डम्बर तामाङको प्रतिस्पर्धा रहेको छ । सिम्खडा माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य हुन् भने  तामाङ राप्रपाका नेता एवम् पूर्व मन्त्री बुद्धिमान तामाङका सहोदर भाई हुन् । 


स्थानिय चुनावमा प्रदेश २ को (ख) मा बामगठबन्धनले १४ हजार आठ सय २६ मत पाएका थिए भने लोकतान्त्रिक गठबन्धनले १२ हजार  ५ सय ३ मत  प्राप्त गरेका थिए । यस क्षेत्रमा बामगठबन्धन २ हजार ३ सय २३ मतले अगाडि छ ।

गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा १३ स्थानीय तह मध्ये ८ वटामा एमाले, ३ वटा नेपाली काँग्रेस, १ वटामा माओवादी केन्द्र र १ वटामा राप्रपाका उम्मेदवार विजयी भएका थिए । गत स्थानीय निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी एकल चुनावी प्रतिस्पर्धामा थिए भने नेपाली काँग्रेस र माओवादी केन्द्रबीच अधिकांश स्थानीय तहमा तालमेल भएको थियो । 

आगामी मंसिर १०  गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । यस्तै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठवन्धनका नाममा तालमेल गरेका छन् । 

स्थानिय तहको निर्वाचनसम्म एकअर्कामा शुत्रुता जस्तो देखिएका एमाले र माओवादीको वाम गठवन्धनले कांग्रेसलाई प्रदेश र प्रतिनिधिसभाको चुनावमा जित हासिल गर्न चुनौती थपिएको छ । 
 

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x