×

NMB BANK
NIC ASIA

वीरगन्जको ग्यास उद्योगमा आगलागी : कसको लापरवाहीले भयो घटना ?

पुस ५, २०७४

NTC
ग्यास उद्योगमा भएको आगलागीमा जलेर घाइते भएकाको काठमाडौँको वीर अस्पतालस्थित ट्रम्मा सेन्टरमा उपचार गरिँदै
Premier Steels

काठमाडौं, ५ पुस– बिहान ६ बजे झिसमिसेमै पर्साको वीरगञ्जस्थित पटेलनगरको  एक ग्यास उद्योगमा आगलागीको खबर फैलिएपछि स्थानीयहरु त्रसित भए । ग्यास उद्योगमा आगलागी भएपछि चिसो विहानीमै मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारियो । 

Muktinath Bank

स्थानीय प्रशासनले करिब ५ सय मिटरको दुरीमा रहेको मसिहानी बस्तीमा आगो फैलिन सक्ने भयले स्थानीयलाई तत्काल घर छोड्न उर्दी गर्यो । आगलागीका कारण २ जनाको जलेर निधन भयो, ३ जना घाइते भए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रशासनले जनाएको छ । घाइतेकोे अहिले उपचार भइरहेको छ । 
 
९ घण्टापछि आगलागी नियन्त्रणमा आएपछि बुधबार साँझ मात्रै स्थानीय घर फर्केका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करोडौंको क्षति


Advertisment
Nabil box
Kumari

पटेलनगरस्थित सुपर ग्यास उद्योगमा भएको सो भिषण आगालागीले २ जनाको ज्यान लिनुका साथै करोडौंको क्षति समेत पुर्याएको छ । ग्यास उद्योगमा बुधबार ६ घण्टासम्म भएको भिषण आगलागीका कारण भएको क्षतिको एकिन बिबरण नआए पनि करिब ४ करोड बराबर क्षति भएको अनुमान गरिएको छ । 

Vianet communication

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार आगलागीमा परी उद्योग परिसरमा रहेका ४ वटा भारतीय ग्यास बुलेट, २ वटा नेपाली ट्र«क, १ वटा दमकलमा क्षति पुगेको छ ।

उद्योग परिसरमा रहेका घर टहरा जलेर नष्ट भएका छन् ।  

यसअघि नेपाल एलपी ग्यास उद्योग संघले ग्यास बुलेट खरिदका लागि पहल गर्दा एउटा बुलेटको लागत करीव ७० लाख रुपैयाँ पर्ने बताएको थियो ।  
सो अनुसार हिसाब गर्दा ४ वटा ग्यास बुलेटकोे अनुमानित लागत २ करोड ८० लाख पर्न आउँछ ।  यद्यपि पूर्ण क्षति भने नभएको बताइएको छ । तर, ग्यास भरिएका सयौं सिलिण्डर पड्एिको बताइएको छ ।

यसैगरी ग्यास उद्योगमा रहेको घर टहरा मात्रै पनि लाखौंको क्षति भएको बताइएको छ ।  

जसअनुसार ग्यास उद्योगमा क्षति हुँदा करिब ४ करोड बराबरको क्षति भएको स्थानीय प्रशासनले अनुमान गरेको छ ।  उद्योग क्षेत्रले ठूलोक्षति ब्यहोर्नुपरे पनि आगलागीको कारण भएको क्षतिको एकिन बिबरण भने आइसकेको छैन । 

४५​ वर्ष यताकै ठूलो क्षति

वीरगन्ज महानगरपालिकास्थित सुपर ग्यास उद्योगमा लागेको आगो ४५ वर्षको इतिहासमा पहिलो रहेको नेपाल ग्यास उद्योग संघले जनाएको छ । 

उद्योगमा भएको भिषण आगलागी ९ घण्टापछि अपरान्ह ३ बजेपछि मात्रै नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ । ग्यास उद्योग संघकाअनुसार स्टोरेज ट्यांकरको प्रेसर भल्बबाट ग्यास लिक हुँदा आगलागी भएको हो । ग्यास अनलोड गर्ने क्रममा बिहान ६ बजे ग्यास लिक भएर आगलागी भएको बताइएको छ । यद्यपि के कति कारण आगलागी भयो तथ्यगत बिबरण भने आउन सकेको छैन ।   

छानबिन टोली घटनास्थलतर्फ

घटनाको छानबिन गर्न नेपाल ग्यास उद्योग संघले संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरेको छ । समितिका सदस्यमा कुशप्रसाद मल्ली, विजयहरी शर्मा, मनोज कुमार दास र राज कुमार सिन्धी रहेका छन् । 

छानबिन टोली घटनास्थल पुगेको छ । छानबिन समितिका अध्यक्ष घिमिरेले नेपाली उद्योग क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको बताए । लोकान्तरसँगको कुराकानीमा घिमिरेले भने, ‘चार दशकको इतिहासमा नेपाली ग्यास उद्योग क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपर्यो, के कति कारण क्षति भयो त्यसको छानबिन गरेर छिट्टै प्रतिवेदन ल्याउनेछौं ।’

सुरक्षा मापदण्ड कस्तो ? 

नेपालमा हाल ५७ वटा ग्यास उद्योग मध्ये अधिकांश उद्योग मानबस्तीको बिचमै रहेका छन् । तर ग्यास उद्योगले सुरक्षा मापदण्ड पूर्ण रुपमा नअपनाइएको बुधवारको घटनाबाटै प्रमाणित हुन्छ । 

नेपाल ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिब घिमिरे भने सुरक्षा मापदण्ड भित्रै रहेका ग्यास उद्योग सञ्चालनमा ल्याएको बताउँछन् । ग्यास उद्योग वरीपरीका बस्तीका मानिस सामान्यतया डराउने भए पनि ठूलो जोखम नरहेको उनको भनाइ छ । 

नेपालमा ग्यास उद्योग सुरु भएकोे ४५ वर्ष भइसक्दा पनि ग्यास उद्योग नियमन गर्ने गरी कुनै ऐन, कानुन र नियम नबन्दा मापदण्डको जवाफ नै गतिलो नभएको सरकारी अधिकारीहरु बताउँछन् ।

ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरे वीरगञ्जको घटनामा पनि उद्योगको लापरवाहीले हुनसक्ने बताउँछन् । ‘ग्यास अनलोडका क्रममा बुलेटको ब्याट्रीमा स्पार्क भएर आगो लागेको प्रारम्भिक अनुमान छ । त्यहाँ त्यत्रो आगो लाग्दा पनि भरिएका सिलिन्डरहरु मात्रै पड्किए ग्यास सबै जलेन यो सामान्यतया सुरक्षा सतर्कता नै थियो भन्ने अनुमान गर्न सकिन्छ,’ उनले भने ।

उद्योगको अनुमति दिँदा नै उद्योगको स्थापनाको अवस्था हेर्नुपर्नेमा हेल्चेक्र्याइँ भएको अधिकारीहरु बताउँछन् । 

उद्योग विभागले भने मापदण्डभित्रै रहेको उद्योग दर्ताको अनुमति दिने गरेको बताउँछ ।

पुराना बुलेट, निरिह सरकार ! 

यता नेपाल ग्यास उद्योग संघले बुधबार दिउँसो गरेको पत्रकार सम्मेलनमा नेपालमा चल्ने अधिकांश ग्यास ट्यांकर पुराना भएकाले आगलागी भएको दाबी गरेको थियो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोकुल भण्डारीले भनेका थिए, ‘नेपालमा चल्ने सबै भारतीय ट्यांकर हुन् र ती बिसौं वर्ष पुराना छन् ।’ भारतीय मापदण्डअनुसार त्यहाँ चलाउन नपाइने भएकाले ती ट्यांकर नेपालमा चलाइएका उनको आरोप थियो । 

यसअघि ग्यास बुलेटको सञ्चालनका लागि भारतले अनुमति नदिँदा सरकारले पहल गर्न नसकेको भन्दै चर्को आलोचना भएको थियो ।  

बुलेट सञ्चालनका लागि भारतले अनुमति नदिँदा व्यवसायीको झण्डै ५ अर्ब रुपैयाँ लगानी जोखिममा परेको उद्योगीहरु बताउँछन् । बुलेट तयार भए पनि सञ्चालनका लागि विस्फोटन खतरामुक्त प्रमाणपत्र (एक्स्प्लोसिभ सर्टिफिकेट) जारी नगरिदिँदा विगत १ वर्षदेखि ती बुलेट प्रयोगका आउन सकेका छैनन् । 

ग्यास ढुवानीमा भारतीय एकाधिकार तोड्न भन्दै सरकारले गत वर्ष असारमा ७ सय ७५ थान ग्यास बुलेट खरिदका लागि व्यवसायीलाई स्वीकृति प्रदान गरेको थियो । सोही अनुरुप व्यवसायीले भारतमा ती बुलेटको अर्डर दिएकोमा करिब ४ सय बुलेट तयार भए पनि सञ्चालनमा आउन नसकेको संघले जनाएको छ  ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x