×

NMB BANK
NIC ASIA

सेवाका नाममा लूट !

एयर एसियाका नेपाली एजेन्टको ‘ठगी’ : ३० करोड तिरेनन्, १८ लाखको नक्कली चेक बुझाए

आइतवारदेखि एयर एसियाको उडान रोक्छौं : विमानस्थल महाप्रबन्धक

पुस २१, २०७४

NTC
Premier Steels

काठमाडौं, २१ पुस – निजी क्षेत्रका विभिन्न हवाईसेवा कम्पनीहरूले तिर्नुपर्ने विभिन्न शीर्षकअन्तर्गतको करोडौं शुल्क तिर्न बाँकी रहेको खुलेको छ । यसमध्ये एयर एसिया एक्सले त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने विभिन्न शुल्कबापतको २३ करोड रुपैयाँभन्दा बढी रकम तिर्न अटेर गरेको खुलासा भएको छ । 

Muktinath Bank

उक्त एयरलाइन्सले विमानस्थललाई तिर्नुपर्ने अवतरण शुल्क (ल्यान्डिङ चार्ज), सञ्चार तथा उड्डयन सहायक सेवा (एयर नेभिगेसन), विमानस्थल विकास शुल्क, कोठाभाडा लगायतको शुल्क तिर्न बाँकी रहेको पत्ता लागेको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार, यो बक्यौता रकम तीन वर्षयताको हो । उनका अनुसार, आउने आइतवारसम्म सबै रकम दाखिला नगरे उडान समेत रोकिनेछ ।  लोकान्तरसँग कुरा गर्दै उपाध्यायले भने, ‘पटकपटक ताकेता गर्दा पनि एयरलाइन्सले तीन वर्षदेखि विभिन्न शुल्क तिर्न अटेर गरेको छ । अब सिधै कारवाहीको प्रक्रियामा अगाडि बढेका हौं ।’ 


Advertisment
Nabil box
Kumari

उपाध्यायका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा धेरै तिर्न बाँकी विदेशी एयरलाइन्समा एयर एसिया एक्स पर्छ । हाल यो एयरलाइन्सले एयरबसको वाइडबडी विमानबाट सातामा चार उडान भर्दै आएको छ ।   
एयर एसियाले सातामा चार दिन क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर सीधा उडान भर्दै आएको छ । सो एयरलाइन्सको नेपाली सेल्स एजेन्ट (जीएसए) लाजिम्पाटमा रहेको इन्सेन्टिभ टुर्स एन्ड ट्राभल्स प्रालि हो । नेपाली सेल्सका प्रमुख हरिमान लामा हुन् । उनी विवादास्पद छविका व्यापारी हुन् ।

Vianet communication

आन्तरिक उडान गर्ने एयरलाइन्समध्ये सिम्रिक एयरलाइन्स र सौर्य एयरलाइन्सले पनि डेढ–डेढ करोड रुपैयाँ हाराहारीमा ल्यान्डिङ, पार्किङ, एयर नेभिगेसन, कोठा बहाललगायत सेवाको शुल्क तिर्न बाँकी रहेको उपाध्यायले जानकारी दिए । 

यसैबीच एयर एसियाले पर्यटन बोर्डलाई पनि ७ करोड २३ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ । एयरलाइन्सले बोर्ड र विमानस्थललाई गरी ३० करोड तिर्न बाँकी रहेको देखिएको छ ।

पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाका अनुसार, यात्रुबाट टिकटमार्फत लिइसकेको रकम एयरलाइन्सले पटक–पटक ताकेता गर्दा पनि तिरेको छैन ।  

पर्यटकहरूले नेपाल प्रवेश गरेबापत तिर्नुपर्ने शुल्क नेपाल पर्यटन बोर्डलाई तिर्नुपर्ने हुन्छ । एयारलाइन्सले  सो रकम हवाई टिकटमै समावेश गरी बोर्डलाई बुझाउनुपर्छ । 

सो एयरलाइन्सको नेपाली सेल्स एजेन्ट (जीएसए) इन्सेन्टिभ टुर्स एन्ड ट्राभल्स प्रालिले पनि पर्यटक सेवा शुल्क लिइसकेको जनाएको छ ।

नेपालबाट हवाईजहाजमा फर्किने हरेक विदेशीले एक हजार रुपैयाँ पर्यटन सेवा शुल्क अनिवार्य तिर्नुपर्छ । यो रकम एयरलाइन्सहरूले बोर्डको खातामा जम्मा गर्नुपर्ने हुन्छ । यो नै पर्यटन बोर्डको प्रमुख आयस्रोत भएकाले समयमा तिर्नुपर्ने सापकोटाको भनाइ छ ।

बोर्डले पटकपटक ताकेता गर्दा पनि कम्पनीले शुल्क तिर्न नमानेपछि गत महिना पर्यटन मन्त्रालयलाई समेत जानकारी गराएको सापकोटाले बताए ।

एजेन्सीले नेपाल पर्यटन बोर्डलाई १८ लाखको चेक पर्यटन बोर्डमा बुझाएपनि चेक बाउन्स भएको समेत खुलेको छ । 

यसैबीच विमानस्थल कार्यालयका अनुसार, एयर एसियाले उक्त रकम नतिरे उडान भर्न नदिने निर्णय भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, आगामी आइतवारभित्र शुल्क नतिरे सोमवारदेखि उडान गर्न नदिने निर्णय भएको हो । 

यस विषयमा बुझ्न खोज्दा एयर एसियाका नेपालस्थित एजेण्ट हरिमान लामा सम्पर्कमा आउन चाहेनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x