×

NMB BANK
NIC ASIA

२६ वर्षपछि नेपालमा ठूलो अन्तर्राष्ट्रिय विमान दुर्घटना– यस्तो छ इतिहास

फागुन २८, २०७४

NTC
Premier Steels

काठमाडौं, २८ फागुन– नेपाली हवाई आकाशमा दुर्घटनाको डरलाग्दो एक नयाँ श्रृंखला थपिएको छ ।  सोमबार विमानस्थलमा अवतरण हुने क्रममा एयर बंगलाको विमान दुर्घटनाहुँदा झण्डै ४ दर्जनको मृत्यु भएको छ । 

Muktinath Bank

सरकारी तथ्याङक अनुसार नेपालमा सन् १९५५ देखि हालसम्म ६ दशकको अवधिमा ८५ वटा विमान दुर्घटना भइसकेका छन् । जसमध्ये नेपाली आकाशमा ८ वटा अन्तर्राष्ट्रिय हवाई दुर्घटना भएको तथ्यांक छ । नेपाली भूमिमा अहिलेसम्म भएका ८ वटा अन्तर्राष्ट्रिय जहाज दुर्घटनामध्ये पछिल्लो समय सन् २०१४ मा भएको थियो । नेपाली हवाई आकाशमा भएको सवैभन्दा भयानक दुर्घटना सन् १९९२ मा काभ्रेको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को जहाज दुर्घटना हो । उक्त दुर्घटनामा १ सय ५७ जनाले ज्यान गुमाएको तथ्यांक छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसअघि ३१ जुलाई १९९२  मा थाई एयरको विमान घ्ङ्फेदीमा दुर्घटनाहुँदा त्यसमा सवार ११३ जनाको मृत्यु भएको थियो ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय सन् २०१४ को मार्चका टर्किस एयरको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । तर त्यस दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको थिएन । उक्त विमानलाई अहिले पहिलो विमान संग्रहालयको रुपमा सिनामंगलमा राखिएको छ । 

Vianet communication

टर्किस विमान दुर्घटना भएको चार वर्षपछि सन् २०१८ मार्च १२ सोमबार (आज) नेपालमा अन्तर्राष्ट्रिय विमान दुर्घटना दोहोरिएको छ ।

नेपाली हवाई दुर्घटनाको इतिहास

नेपाली आकाशमा पहिलो पटक सन् १९५५ को मार्चमा अन्तर्राष्ट्रिय उडानको कालिंगा एयरको भीटी–एजेटएक्स डीसी–३ जहाज बाराको सिमरामा दुर्घटना भएको थियो । त्यही नै नेपाली भूमिमा भएको पहिलो जहाज दुर्घटना रहेको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । त्यो दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका थिए । 

हवाई इतिहासमा यसअघि भएका ८४ वटा जहाज दुर्घटनामा परी ८ सय भन्दा बढी विदेशी र स्वदेशी नागरिकले नेपाली भूमीमा ज्यान गुमाइसकेको नागरिक उड्डयन प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

प्राधिकरणकाअनुसार नेपालमा सबैभन्दा धेरै आन्तरिक उडान गर्ने ४६ जहाज दुर्घटना भइसकेका छन् । यसबाहेक ३१ वटा हेलिकोप्टर र ८ वटा अन्तर्राष्ट्रिय उडानका जहाज दुर्घटना भइसकेका छन् । 

यसैगरी नेपालको हवाई इतिहासमा आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो जहाज दुर्घटना सन् २००० मा डडेल्धुरामा भएका नेपाल एयर लाइन्सको डीएचसी जहाज थियो । त्यसमा २५ जनाको मृत्यु भएको थियो ।

श्रृखलाबद्ध हवाई दुर्घटना

सन् १९५५ मा कालिंङगा एयरको बिमान सिमरा एयरर्पोटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो । जुन नेपालको इतिहासमा पहिलो हवाई मानिन्छ । त्यसपछि १९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाडौमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । सोही एयरलाइन्सको विमान १९५८ मा टिकाभैरभमा दुर्घटना हुँदा २० जनाको मृत्यु भयो ।

यस्तै सन् १९६० मा नेपाल एयरलाइन्सको बिमान भैरहवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो । यसैगरी नेपाल एयरलाइन्सकै विमान १९६२ मा ढोरपाटनमा दुर्घटना भयो, सो दुर्घटनामा परी १० जनाको मृत्यु भयो । नेपाल एयरलाइन्सकै विमान सोही स्थानमा फेरि त्यही वर्ष दुर्घटना भयो, जसमा ६ जनाको निधन भएको तथ्यांक छ ।

यस्तै सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान पाल्पाको बतासेडाँडामा दुर्घटना हुँदा ३५ जनाको ज्यान गयो । यसैगरी सन् १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । सोही बर्ष रोयल फ्लाईट जोमसोममा दुर्घटना भयो, जसमा १ जनाको मृत्यु भएको थियो । यस्तै १९७२ मा रोयल्फ्लाईट धुलिखेलमा दुर्घटना हुदा ३१ जनाको मृत्यु भयो ।

यसैगरी सन् १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडौको बौद्धमा दुर्घटना हुदा ५ जनाको ज्यान गयो भने त्यसको एक बर्षपछि नेपाल एयरलाइन्सको बिमान मेघौलीमा दुर्घटना हुदा ६ जनाको मृत्यु भयो ।

यस्तै सन १९७९ मा भिभिआईपी बिमान लाङलाङमा दुर्घना हुदा ६ जनाको मृत्यु भयो । बिराटनगरमा सन् १९८१ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भयो भने सोही एयरलाइन्सको बिमान १९८४ मा भोजपुरमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए । १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना भयो। जसमा २५ जनाको मृत्यु भयो  । १९९२ मा थाई एयरको विमान घाङ्फेदीमा दुर्घटना हुँदा त्यसमा सवार ११३ जनाको मृत्यु भयो भने सोही बर्ष पिआइएको विमान भट्टेडाडामा दुर्घटना हुदा १६७ जनाको ज्यान गयो, नेपाली आकाशमा भएको सबैैभन्दा ठूलो दुर्घटना हो ।

यसैगरी एभरेष्ट बिमान सिंङ्गापुरमा दुर्घटना हुदा १८ जनाको मृत्यु भयो । १९९५ मा नेपाल एयरलाइन्सको बिमान काठमाडौमा दुर्घटना भयो, जसमा २ जनाको मृत्यु भयो भने त्यसको २ बर्ष पछि कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा हवाई दुर्घटनामा मृतकको संख्या एक थपियो ।

१९९८ मा एटिएससि लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनु पर्यो भने सोही बर्ष एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुदा ३ जनाको मृत्यु भयो । १९९८ मा नै एनएसीको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा १ जनाले निधन भयो ।

सन् १९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना हुदा ५ जना र लुफ्थासा एयरको बिमान भसुमासुर डाडामा दुर्घटाना हुदा ५ जनाको नै मृत्यु भयो । सन् १९९९ मानै नोकेन एयरको विमान रामकोटमा दुर्घटना हुँदा १५ र सोही बर्ष स्काईलाईनको विमान कमवानपुरमा दुर्घटना हुदा १० जनाको ज्यान गयो । यसरी नेपाली आकाशमा हवाई दुर्घटना हुने क्रम जारी नै रह्यो । नेपाल एयरलाइन्सको विमान सन् २००० मा डडेलधुरामा दुर्घटना भयो जसमा पनि विमानमा सवार २५ जनाको ज्यान गयो ।

त्यसको एक वर्षपछि सन् २००१ मा फिष्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु भयो । २००२ मा स्काईलाईनको विमान फेरी सुर्खेतमा दुर्घटना भयो जसमा सवार ४ जनाको मृत्यु भयो भने सोही बर्ष कास्कीमा भएको सांग्रीला एयरको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भयो । २००३ मा सिम्रिक एयरको बिमान एभेरेष्ट बेशक्याम्पमा भएको दुर्घटनामा भयो जसमा २ जनाले ज्यान गुमाए ।

सन् २००४ मा लम्जुङ्गमा यति एयरलाइन्सको बिमान दुर्घटना हुदा ३ जनाको ज्यान गयो भने रामेछापमा २००५ मा एयर डाइनेष्टिकको विमान दुर्घटनामा पनि ३ जनाको नै मृत्यु भयो । जुम्लामा यती एयरलाइन्सको बिमान सन् २००६ मा दुर्घटना हुँदा ९ जनाको मृत्यु भयो भने सोही बर्ष श्री एयरलाइन्सको विमान ताप्लेजुङ्गमा दुर्घटनाग्रस्त हुदा २४ जनाको घटनास्थल मै ज्यान गयो । यसैगरी सन् सन् २००८ मा अनमिनको विमान रामेछापमा दुर्घनामा पर्दा त्यसमा सवार १० जनाको ज्यान गयो भने त्यही बर्ष लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी १९ जनाले ज्यान गुमाउनु पर्यो ।

त्यसपछि सन् २०१० मा भने २ ओटा हवाई दुर्घटना भए । जसमा मकवानपुरमा भएको अग्नी एयरको विमान दुर्घटनामा १४ जनाको मृत्यु भयो भने खोटाङ्गबाट काठमाडौंको लागि उडेको तारा एयरको विमान बिच बाटैमा दुर्घटना हुदा २२ जनाको मृत्यु भयो ।

२०११ मा बुद्ध एयरको बिमान ललितपुरमा दुर्घटना हुदा १९ जनाको मृत्यु भयो भने जोमसोममा भएको दुर्घटनामा १५ जनाको मृत्यु भयो ।

त्यसपछि आज (सोमबार) भएको ठूलो दुर्घटना करिब ४९ जनाको मृत्यु भइसकेको छ ।

यसरी नेपाली आकाश दुर्घटनामा ज्यान गुमाउने संख्या ९ सय नाघेको देखिन्छ ।

नेपाली हवाई आकाशको सुरक्षाको विषय फेरि बहसमा

सोमबार बिमानस्थल आइपुगेपछिको भएको विभत्स एक नयाँ दुर्घटनाले नेपाली हवाई आकाशको सुरक्षाको विषय फेरि बहसमा आएको छ ।  

अहिलेसम्मका विमान दुर्घटनाहरुको संख्याले नेपालमा हवाई उड्ययन निकै असुरक्षित भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपाली हवाई आकाशलाई कालो सूचीमा राखेको थियो ।  

आइकाओको टोलीले सन् २००९ मा सुरक्षा संवेदनशीलताका लागि केही सुझाव दिए पनि सन् २०१३ मा सुझाव कार्यान्वयन नभएको भन्दै कालो सूचीमा  राखेको थियो । यतिमात्र नभई उसले नेपालको उड्डयन खतरापूर्ण रहेको भन्दै २०१३ को डिसेम्बर ५ देखि नेपाली वायुसेवा कम्पनीलाई युरोप उडानका लागि बन्देज समेत लगाएको थियो ।

धावनमार्ग ठिक नहुनु, भौगोलिक बनावट र कतिपय रुटमा क्षणभरमै वदलिने मौसम, पुराना जहाज, सुरक्षा सम्वन्धि मापदण्डको पालनामा हेलचक्रयाईं नै नेपालमा दुर्घटना बढी हुने गरेको विज्ञहरु बताउँछन् । सोमबारको दुर्घटना क्याप्टेनको असावधानी र कन्ट्रोल रुमको आदेश पालन नगर्दा भएको प्रारम्भिक जानकारीहरु सार्वजनिक भएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x