×

NMB BANK
NIC ASIA

ब्राजिललाई हराएसँगै बेल्जियमको बजारभाउ आकाशियो, डीब्रुएन पनि भए महंगा

असार २४, २०७५

NTC
Premier Steels

काठमाडौं, २४ असार – आफ्ना प्रतिभाशाली खेलाडीहरूका कारण गोल्डेन जेनरेसनयुक्त टीम भनी चिनिने बेल्जियम फूटबल विश्वकपमा ब्राजिललाई हराएर सेमिफाइनल पुगेको छ । यससँगै उसले विश्व फूटबलमा आफ्नो बलियो उपस्थिति जनाएको छ । 

थिबाउच कुर्टोआ, केभिन डीब्रुइन, इडन हजार्ड र रोमेलु लुकाकुको प्रतिभाशाली समूहले बेल्जियमलाई विश्वकप जिताउने क्षमता राख्छन् । बेल्जियमको ट्रम्पकार्ड उसको ६ फीट ६ इन्च अग्ला गोलकीपर कुर्टोआ साबित भएका छन् । 

प्रशिक्षक रोबर्टो मार्टिनेजले डीब्रुइनबाट सर्वश्रेष्ठ प्रदर्शन गराउन नसकेको भनी आलोचना भएकोमा उनलाई फर्वार्ड पोजिसनमा खेलाएर स्पेनी कोचले ब्राजिलविरुद्ध सफल रणनीति बनाएका थिए । 

बेल्जियमको टोली विश्वकपमा भाग लिन रुस पुग्दा उसका स्टार खेलाडीहरूका विषयमा बजारमा अत्यधिक चर्चा थिएन । तर बेल्जियमले एकपछि अर्को शानदार प्रदर्शन गर्दै गएपछि उसको मार्केट भ्याल्यु ह्वात्तै बढेको छ । 

ब्राजिललाई हराएपछि रेड डेभिल्स भनी चिनिने बेल्जियमको मार्केट भ्याल्यु लगभग ५४७ मिलियन युरो पुगेको छ । अनि स्ट्राइकर डीब्रुइनको मार्केट भ्याल्यु लगभग १५० मिलियन युरो पुगेको छ र टीममा उनको नै भ्याल्यु सबभन्दा धेरै छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x