माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
मंसिर १९, २०७५
काठमाडौं– वाइडबडी विमान खरिदका बारेमा यसअघि नै ४१ वटा प्रश्नको जवाफ माग गरेको सार्वजनिक लेखा समितिले अर्को प्रश्नावली तयार पारेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायु सेवा निगमबाट स्पष्ट जवाफ माग गर्नका लागि प्रश्नावली तयार पारेको हो ।
प्रश्नावलीमा विमान खरिद प्रक्रियामा एयरबस ३३०–२०० भनेर किटान गर्नुले नै सार्वजनिक खरिद ऐन २०६३ को उल्लंघन गरेको उल्लेख गरिएको छ ।
‘सार्वजनिक खरिद ऐन २०६३ अनुसार सार्वजनिक निकायले खरिद विवरण तयार गर्दा कुनै उपाय नभएको अवस्था बाहेक कुनै खास ब्राण्ड, ट्रेड मार्क, पेटेन्ट डिजाइन प्रकार उत्पत्ति वा उत्पादकको नाम उल्लेख गर्न मिल्दैन । र उल्लेख नगरी नहुने अवस्थामा पनि ‘सो सरह’ भन्ने शब्द उल्लेख गर्नु पर्नेमा एयरबसको ३३०–२०० नै किटान गरिएको छ । किन यसो गरिएको ?’ भन्दै प्रश्न उठाइएको छ ।
त्यस्तै ‘आरएफपीमा उल्लिखित शर्तहरुका केही प्रावधानहरु एमओयुमा प्रिवर्तन गरिएका र सार्वजनिक खरिद ऐन अनुसार यसो गर्न मल्दिैन । कुन नियमका आधारमा यसो गरिएको हो ?’ प्रश्न सोधिएको छ ।
यसको बारेमा औचित्य पुष्टि गर्ने कानूनी आधारहरु समितिमा उलब्ध गराउन समेत प्रश्नावलीमा उल्लेख गरिएको छ ।
वाइडबडी विमान खरिदमा सार्वजनिक खरिद ऐनको उल्लंघन गरिएको आशंकामा प्रश्नावली तयार गरेर बुधबार समितिका सदस्यहरुले आपसमा छलफल गरेका थिए ।
छलफलपछि समितिका सभापति भरत शाहले आगामी शुक्रवार मन्त्रालयका प्रतिनिधि र निगमका प्रतिनिधिहरुलाई बोलाएर जवाफ माग गरिने बताए ।
समितिले ऐन मिचेर विमान खरिद गरिएको उल्लेख गर्दै ‘खरिद विवरण (स्पेसिफिकेसन) तयार गर्दा लिइएका आधार जनाउने कागजातहरु र विमान खरिदका लागि स्वीकृत गरिएको स्पेसिफिकेसन उपलब्ध गराउन समेत माग गरेको छ । बुधवार नै समितिले संस्कृति, पर्यटन तथा नागकिर उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई बोलाएको थियो ।
यसअघि समितिले मन्त्रालय तथा मातहतको वायु सेवा निगमलाई ४१ वटा प्रश्न गर्दै जवाफ माग गरेको थियो । उक्त ४१ वटा प्रश्नको लिखित जवाफ समितिमा पेश नभएको समितिका सदस्यहरु बताउँछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...