×

NMB BANK
NIC ASIA

प्रदेशमा ‘नीतिगत भ्रष्टाचार’ : आफ्नै घरमा बस्ने सांसदलाई कानून बनाएरै घरभाडा सुविधा

पुस २०, २०७५

NTC
Premier Steels

जनकपुरधाम – धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् रामसरोज यादव  । नेपाली कांग्रेसको प्रदेशसभा संसदीय दलका नेता रहेका यादवको जनकपुरधामस्थित प्रदेश सभाबाट १ किलोमिटरको दूरीमा उनको निजी घर छ ।

Muktinath Bank

जनकपुरधाम उपमहानगरपालिका–४ क्याम्पस चोकस्थित निजी घरमा बस्ने भएपनि सांसद यादवले प्रदेश सभाबाट घरभाडाबापत मासिक १८ हजार रुपैयाँ लिँदै आएका छन् । यादवले आवासबापत कहीँकतै भाडा बुझाउनु पर्दैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यादव भन्छन्, ‘घर त मेरो निजी नै हो । तर सबै दाजुभाईको सझिया घर हो ।’ निजी घरमा बस्दै आएपनि घरभाडाबापत रकम लिनुलाई सांसद यादवले कानूनसम्मत् नै भएको बताए । ‘कानूनसम्मत नै मैले मात्र होइन, प्रत्येक सांसदले घरभाडा लिइरहेका छन् ।’


Advertisment
Nabil box
Kumari

प्रतिपक्षी संसदीय दलका नेताले सांसदको सेवासुविधा गलत ठाउँमा प्रयोग हुँदा खदरदारी गर्नुपर्नेमा आफूले समेत खान पाएपछि उल्टै बचाउमा उत्रिएका छन् । निजी घरमा बस्ने सांसदले समेत घरभाडा पाउने गरी प्रदेश सभाबाट कानून बनाएर सांसदहरूले अनावश्यक खर्चलाई पनि कानूनसम्मत् बनाएका छन् ।

Vianet communication

सांसदबाट नीतिगत भ्रष्टाचार

प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ५ (३) मा लेखिएको छ, ‘सभामुख र उपसभामुख बाहेकका अन्य पदाधिकारी तथा सदस्यले आवास सुविधा तथा फर्निचरबापत अनुसूची–१ बमोजिमको रकम पाउनेछन् ।’ यो व्यवस्था अनुसार सबै प्रदेशसभा सदस्यले आवास सुविधा पाउने भए ।

हेर्नुस् प्रदेश सांसदलाई मिल्ने आवास सुविधा सम्बन्धी कानूनी व्यवस्था :

यसै दफाको उपदफा (१) मा सभामुख र उपसभामुखलाई ‘प्रदेश राजधानीमा निजको आफ्नो उपयुक्त घर नभएमा’ मासिक रुपमा आवास सुविधाबापत रकम दिने भनिएको छ । तर सांसदको सन्दर्भमा राजधानीमा घर नभएमा मात्रै दिने व्यवस्था गरिएको छैन । जसले गर्दा ‘कानूनसम्मत्’ नै भनेर प्रदेशसभा नजिकै घर हुने सांसदले पनि सुविधा लिइरहेका छन् ।

संघीय संसदको प्रतिनिधि सभाका सदस्यले पाउने आवास सुविधा सम्बन्धी व्यवस्थामा ‘काठमाडौं उपत्यकामा घर नभएका प्रत्येक सदस्यलाई मासिक रुपमा’ आवास सुविधा रकम दिइने भनिएको छ ।

हेर्नुस् संघीय सांसदलाई मिल्ने आवास सुविधा सम्बन्धी कानूनी व्यवस्था :

तर प्रदेश सभाको सेवासुविधा लिने सम्बन्धी कानून बनाउँदा सबैलाई पूरै घरभाडा दिने गरी व्यवस्था गरिएको छ ।

सुविधा खान सबै दल एकजुट

कांग्रेसका सांसदले मात्रै होइन, प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दल र सांसद अनुचित रुपमा घरभाडा लिन एकमत छन् । सबैले कानून नै बनाएर घरभाडा लिइरहेका छन् ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित राजपा नेपालका सांसद परमेश्वर साहको पनि जनकपुरधाममा निजी घर छ  । उनी राजपा नेपालका प्रमुख सचेतक पनि हुन् । प्रदेश सभाबाट ३ किलोमिटर दूरीभित्रै उनको घर छ  । ‘हो, जनकपुरधाममा घर हुँदाहुँदै घर भाडा लिएको छु । तर कानूनसम्मत् नै लिएको छु,’ साहले लोकान्तरसँग भने ।

प्रदेश सभाका सदस्य, सचेतक तथा पदाधिकारीलाई प्रदान गरिने सेवासुविधा अन्तर्गत बनेको कानून अनुसार नै सुविधा लिँदा कुनै अपराध नगरेको उनको तर्क छ  ।

धनुषाको निर्वाचन क्षेत्र १ (२) बाट तत्कालीन नेकपा माओवादीका रामचन्द्र मण्डलले जिते । उनको पनि जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित राजौलमा निजी घर छ । उनको घर पनि प्रदेश सभाभन्दा ४ किलोमिटर दूरीभित्रै छ । माओवादीबाट उनी संसदीय दलको नेतामा निर्वाचित भएका थिए । दलको नेता हुँदा मासिक १८ हजार रुपैयाँ र हाल नेकपा हुँदा प्रदेशसभा सदस्यको हैसियतमा मासिक १५ हजार रुपैयाँ बुझ्दै आएका छन् ।

उनले भने, ‘घर त मेरो निजी नै हो । तर घरको जग्गाधनी अहिले पनि ललित बजाज नै रहेका छन् । तर हामीलाई संघीय सरकारसँग पनि समन्वय गर्न काठमाडौं जानुपर्ने हुँदा त्यहाँ पनि घर भाडामा लिनुपर्ने भएकाले घर भाडा आवश्यक परेको हो ।’ सांसद मण्डलले निजीघरमै बसेर पनि अनेक तर्क र बहाना देखाउँदै आफूले लिएको अनुचित सुविधालाई सही सावित गर्न खोजेका छन् ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित सुरीता साहको परिवार जनकपुरमा धनाढ्यका रुपमा चिनिन्छन् । प्रदेश सभाबाट २ किलोमिटर जतिको दूरीमा जनकपुरधाम उपमहानगरपालिका–७ स्थित भ्रमरपुरा चोकमा उनको ३ तले घर छ । 

उनले पनि मासिक १५ हजार रुपैयाँ घरभाडाबापत प्रदेश सभाबाट रकम बुझ्दै आएकी छन् । सांसद साहले भनिन्, ‘जति हाम्रो खर्च हुन्छ, त्यसका लागि घरभाडा मात्रै होइन, तलबभत्ता १ देखि २ लाख रुपैयाँसम्म हुनुपर्छ ।’ आफ्नै घरमा बसेर घरभाडा सुविधा लिइरहेकी सांसद साहले अझै सुविधा थप्नुपर्ने तर्क गरिन् ।

धनुषा निर्वाचन क्षेत्र २ (२) मा समाजवादी फोरम नेपालबाट निर्वाचित रामअशिष यादवले पनि जनकपुरधाममै घर भएर पनि घरभाडा सुविधा लिँदै आएका छन् । यादवले भने, ‘हामीले बुझेको होइन, प्रदेश सभाले हाम्रो खातामा पठाएको हो ।’ हामीले वैधानिक ढंगले कानूनसम्मत् सांसद आवासका नाममा घरभाडा बुझेको हो ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ (१) मा नेकपा एमालेबाट निर्वाचित किशोरी साह निर्माण व्यवसायी समेत हुन् । उनको जनकपुरधाम उपमहानगरपालिका–१४ मा घर छ । उनले पनि मासिक १५ हजार रुपैयाँ घरभाडा बुझ्दै आएका छन् ।

नेपाली कांग्रेसकी समानुपातिक सांसद प्रमिलादेवी दासको पनि जनकपुरधाममा छ । दलित कोटाबाट सांसद बनेकी दासले पनि घरभाडा बुझ्दै आएकी छन् । सांसद दासले भनिन्, ‘सरकारले दिएको सुविधा किन उपभोग नगर्ने ? सबैले लिएका छन्, त्यसैले मैले पनि लिएको हो ।’

घरभाडामा मासिक झण्डै १४ लाख

प्रदेश सभाका लेखा अधिकृत लालबाबु मिश्रका अनुसार सांसदलाई आवासबापत मासिक १३ लाख ९६ हजार रुपैयाँ भुक्तान हुने गरेको छ  । २०७४ पुस १ गतेदेखि प्रत्यक्ष सांसद र २०७४ फागुन १ गतेदेखि समानुपातिक सांसदलाई आवासबापत रकम भुक्तानी भइरहेको मिश्रले बताए ।

प्रदेशसभा पदाधिकारीलाई थप सुविधा

प्रदेशसभा सचिवालयका उपसचिव रञ्जितकुमार यादवका अनुसार विभिन्न ४ श्रेणीमा घरभाडा दिने गरिएको छ । विपक्षी दलका नेता, सत्तापक्षका प्रमुख सचेतकलाई मासिक २० हजार रुपैयाँ, विपक्षी दलका नेता, समितिका सभापतिलाई मासिक १८ हजार रुपैयाँ, दलका सचेतकलाई मासिक १६ हजार रुपैयाँ र प्रदेशसभा सदस्यलाई मासिक १५ हजार रुपैयाँ घरभाडाबापत दिने गरिएको छ ।

सभामुख, उपसभामुख, मुख्यमन्त्री, ६ जना मन्त्री र ६ जना राज्यमन्त्री बाहेक सबैले घर भाडा बुझिरहेका छन् । सरकारी आवासमा बस्नेलाई घरभाडा दिने गरिएको छैन भने मन्त्रीहरूले मन्त्रिपरिषद् कार्यालयबाट सुविधा लिने गरेका छन् । उपसचिव यादवले भने, ‘घरभाडा कानून अनुसार नै दिइएकाले त्यसमा आपत्ति जनाउने कुरा हुनुभएन ।’

घर भाडा फिर्ता गर्ने दाबी

नेकपाका सांसद किशोरी साह ‘कमल’ले आफ्नो घर हुँदाहुँदै पनि घरभाडा बुझ्नु ठीक नभएकाले आउँदो सदनको बैठकमा सुविधा कटौती गर्नुपर्ने भन्दै आवाज उठाउने बताए । ‘अरु सांसदले फिर्ता नगरेपनि म निवेदन नै दिएर घरभाडा बैंक खाताबाट फिर्ता झिक्न लगाउने छु,’ कमलले भने । सांसद रामअशिष यादवले भने, ‘यदि घरभाडा फिर्ता गर्नुपर्ने कुरा आए सबैभन्दा पहिले भाडा फिर्ता गर्नेमा मेरै नाम हुनेछ ।’

कांग्रेस संसदीय दलका नेता रामसरोज यादबले भने, ‘अहिलेसम्म खाईपाई आएको रकम फिर्ता गर्ने कुरा हुँदैन । तर विधेयकमा सुविधा कटौती गर्नका लागि साथीहरूसँग छलफल गरेर अलग संशोधनको विधेयक दर्ता गर्न सकिने छ ।’

हेर्नुस् प्रदेश सांसदले पाउने सेवासुविधा :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x