×

NMB BANK
NIC ASIA

इजरायलका पूर्वमन्त्रीले इरानका लागि जासूसी गरेको खुलासा

पुस २६, २०७५

NTC
Premier Steels

काठमाडौं — इजरायलका एक पूर्वमन्त्री गोनेन सेगेभलाई इरानका लागि जासूसी गरेको मामिलामा ११ वर्षको कारावास सजाय सुनाइने भएको छ । इजरायलको न्याय मन्त्रालयले यसको जानकारी दिएको छ । 

सेगेभ सन् १९९० मा इजरायलमा ऊर्जामन्त्री थिए । उनले आफैं इरानका लागि जासूसी गरेको कुरा कबुलेका छन् । 

उनीमाथि इजरायली अधिकारी र सेनासँग जोडिएको जानकारी लीक गरेको आरोप लागेको थियो । 

सेगेभ नाइजेरियामा थिए र उनलाई मध्य अफ्रिकी देश इक्वेटोरियल गिनीबाट पक्राउ गरिएको थियो । इजरायलले मे महिनामा सेगेभलाई सुपूर्दगीमार्फत झिकाएको थियो । 

सेगेभलाई फेब्रुअरी ११ मा औपचारिक रूपमा सजाय सुनाइनेछ । यस विषयमा इरानी अधिकारीहरूको बयान आइसकेको छैन । 

यसअघि पनि सन् २००५ मा सेगेभलाई कूटनीतिक राहदानी प्रयोग गरेर नेदरल्यान्ड्सबाट ३० हजार शंकास्पद औषधिको तस्करी गरेको आरोपमा पाँच वर्षको जेल सजाय दिइएको थियो । 

उक्त घटनापछि उनको चिकित्सा प्राक्टिस गर्ने लाइसेन्स पनि रद्द गरिएको थियो । तर सन् २००७ मा जेलबाट छुटेपछि उनलाई नाइजेरियामा प्राक्टिस गर्ने अनुमति प्राप्त भएको थियो । 

इजरायलको आन्तरिक सुरक्षा सेवा अधिकारी शिन बेटले अघिल्लो वर्षको जुन महिनामा भनेका थिए, ‘सेगेभले सन् २०१२ मा इरानी उच्चायोगसँग सम्पर्क गरे र दुईचोटि इरान पनि गए । उनले आफैं यो कुरा स्वीकार गरे ।’

सेगेभले ऊर्जा क्षेत्रसँग सम्बन्धित जानकारी, इजरायलमा सुरक्षा साइट, सुरक्षा संस्थानका अधिकारीसँग जोडिएका जानकारी इरानलाई दिएका थिए ।

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x